मंसिर २३, २०८२ मंगलबार | ११:०८:५८
एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’
शनिबारको दिन

लय खोज्दै पोखरा एभेन्जर्स

काठमाडौं । नेपाल टी-२० क्रिकेट प्रालिको स्वामित्वमा रहेको पोखरा एभेन्जर्स गत वर्ष एनपिएल सुरु हुँदा सर्वाधिक चर्चितमध्ये एक टिम थियो । तर प्रतियोगिता सुरु भयो, टोलीको प्रदर्शनले त्यो चर्चा थेग्न सकेन । कमजोर प्रदर्शनका कारण पोखरा एभेन्जर्समाथिको अपेक्षामात्र कमजोर भएन, सहभागी आठमध्ये सातौं स्थानमा रहेर टोलीले पहिलो सिजन टुंग्याउनु परेको थियो ।

सुबोध त्रिपाठीको नेतृत्वमा रहेको टोलीले फ्रेन्चाइज खरिदका लागि सबैभन्दा धेरै ३ करोड ५७ लाख रुपैयाँ नेपाल क्रिकेट संघ (क्यान)लाई बुझाएको थियो । विगतको प्रदर्शन भुलाउँदै यो सिजन उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसाथ पोखराले तयारी गरिरहेको छ ।

टोलीले मुख्य प्रशिक्षकमा भारतीय राजीव कुमारलाई निरन्तरता दिएको छ । उनलाई रिजन प्रजुले सहायकका रूपमा साथ दिनेछन् ।

कुशल भुर्तेल मार्की रहेको पोखराले सागर ढकाल, आकाश चन्द, किरण ठगुन्ना, विपिन खत्री, तृतराज दास र दिनेश खरेललाई टोलीमै राख्ने निर्णय गरेको छ ।

मिनी अक्सनबाट चाहिँ टोलीले अर्जुन कुमाल, अभिषेक तिवारी, कृष्ण पौडेल र सन्दीप केसीलाई अनुबन्ध गरेको छ ।

टोलीले विदेशी खेलाडीका रूपमा न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसम, इङ्लिस विकेटकिपर एडम रोसिङटन र अलराउन्डर ड्यानियल डाउथवेट तथा बार्बाडोसका अलराउन्डर रेमन रेइफरलाई भित्र्याएको छ । टोलीले अझै दुई विदेशी खेलाडी अनुबन्ध गर्न बाँकी छ ।

रेइफरले गत सिजन पनि पोखराबाटै खेलेका थिए । निसमले च्याम्पियन जनकपुर बोल्ट्स र डाउवेथले काठमान्डु गोखौजबाट पहिलो सिजनको एनपिएल खेलेका थिए । रोसिङटन भने पहिलो पटक नेपालमा खेल्दैछन् ।

मार्की तथा कप्तान कुशल भुर्तेलका लागि पनि एनपिएल वान त्यति सम्झनलायक भएन । उनले सात खेलमा मात्र ५४ रन प्रहार गरेका थिए । कुशल यो सिजन पनि खराब लय कायम राख्न चाँहदैनन् । टोलीले उनीबाट ठूलो अपेक्षा गरेको छ ।

पोखरा एभेन्जर्सका मार्की कुशल भुर्तेल । 

पोखराले एनपिएलको तयारी भारतमा गरेको थियो । यसले पनि टोलीलाई फाइदा पुग्न सक्छ ।

गत सिजन दिनेश खरेलले ओपनिङमा एन्ड्रिस गौसलाई राम्रो साथ दिएका थिए । दिनेशले ७ खेलमा १ अर्धशतकसहित १६२ रन बनाएका थिए । गौसलाई भने पोखराले हालसम्म अनुबन्ध गरेको छैन ।

पोखराको ब्याटिङमा निसम, रेइफर र अर्जुन कुमाल जस्ता खेलाडी पनि रहनेछन् । तृतराज दास, किरण ठगुन्ना, अभिषेक तिवारी जस्ता खेलाडी विकल्पका रूपमा रहनेछन् ।

निसमले गत सिजन एक अर्धशतकसहित २४७ रन बनाएका थिए । रेइफरको नाममा १४६ रन थियो । टोलीसँग बलिङमा पनि राम्रा विकल्प हुनेछन् । पोखराले बलिङमा विपिन खत्री र सागर ढकाल, आकाश चन्द, निसम, रेइफरजस्ता खेलाडीलाई प्रयोग गर्न सक्छ ।

विपिनले गत सिजन ९ विकेट हात पारेका थिए । निसमको नाममा ७ विकेट थियो । कप्तान कुशल भुर्तेल र दिनेश खरेल पनि बलिङमा राम्रा विकल्प हुन् ।

पहिलो सिजनको प्रदर्शन

पहिलो सिजनमा पोखराले ७ खेल खेल्दा २ जित र ५ हारको नतिजा निकालेको थियो । टोली सहभागी आठमध्ये सातौं स्थानमा रहन पुग्यो ।

पहिलो सिजनमा पोखराको दुवै जितले चर्चा भने कमाएको थियो । पोखराले लुम्बिनी लायन्सविरुद्ध १० विकेटको जित निकाल्दा विराटनगर किंग्सलाई सुपर ओभरमा हराएको थियो ।

टोली जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, काठमान्डु गोर्खाज र कर्णाली याक्ससँग पराजित भएको थियो ।

पोखरा एभेन्जर्स टोली रिटेन खेलाडी: कुशल भुर्तेल (मार्की), दिनेश खरेल, सागर ढकाल, आकाश चन्द, तृतराज दास, विपिन खत्री, किरण ठगुन्नाअक्सनबाट अनुबन्ध भएका खेलाडी: अर्जुन कुमाल, सन्दीप केसी, कृष्ण पौडेल, अभिषेक तिवारीविदेशी खेलाडी: जिम्मी निसम, एडम रोसिङटन, ड्यानियल डाउथवेट र रेमन रेइफर

मुख्य प्रशिक्षक: राजीव कुमारसहायक प्रशिक्षक: रिजन प्रजु