चैत्र १६, २०८२ सोमबार | १८:४७:२७
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य
शनिबारको दिन भारतीय क्रिकेट

निर्णायक सिड्नी टेस्ट, कलहमा भारतीय टोली

काठमाडौं । अहिले सिड्नीमा अस्ट्रेलिया र भारतबीच पाँचौं टेस्ट क्रिकेट चलिरहेको छ । तय छ, यो नै निर्णायक हुनेछ, शृंखला कतातिर मोडिने हो भनेर । यति बेला शृंखलामा अस्ट्रेलिया २-१ ले अगाडि छ । त्यसको अर्थ बोर्डर–गावस्कर ट्रफी भारतले आफूसँगै कायम राख्ने भने सिड्नी टेस्ट जित्नुपर्नेछ । तर, यही बेला भारतीय टिममा कलह छाएको छ ।

जतिबेला भारतले प्रशिक्षकमा गौतम गाम्भिर नियुक्त गर्ने निर्णय गरेको थियो, त्यही बेला डर थियो टिममा मतभेद निस्कन सक्नेछ । यस्तो किनभन्दा गौतम निकै पुराना प्रशिक्षक होइनन् । बरू भारतीय टोलीकै दुई प्रमुख खेलाडी रोहित शर्मा र विराट कोहलीका समकालीन जस्तै हुन् । ठ्याक्कै भन्दा उमेरले केही जेठो मात्रै ।

गौतमको खेलजीवन त्यति सफल रहेन, जति रोहित र विराटको रह्यो । गौतमले खेल्न छोडेपछि रोहित र विराटको सक्दो आलोचना नै गरे । अहिले तिनै गौतम प्रशिक्षक छन् । रोहित त कप्तान भइहाले । विराट टिमका प्रमुख खेलाडी कायमै छन् । संयोग कस्तो भने ठीक यही बेला ती दुवै खेलाडी ब्याटबाट लयमा छैनन् । त्यसैले अरूलाई पनि आलोचना गर्ने बाटो खुलेको छ ।

अस्ट्रेलिया आउनु अगाडि भारतले खेलेका दुई शृंखलाको नतिजा निकै खराव रह्यो । श्रीलंकाविरुद्धको एकदिवसीय र न्युजिल्यान्डविरुद्धको टेस्ट शृंखलामा भारत नराम्रोसँग पराजित रहेको थियो ।

सिड्नी टेस्टमै पनि रोहितले खेल्न पाएनन् । किन र कसरी पाएनन्, त्यो महत्त्वपूर्ण छ । रोहितलाई ‘ड्रप’ गरिएको हुनसक्छ या उनी आफैंले खेल्दिनँ भनेको पनि हुनसक्छ । यी दुवै स्थितिमध्ये जुनसुकै भए पनि रोहितले खेल्न पाएनन् भने विराटले मात्र कसरी पाए ? त्यो त प्रश्न बन्छ नै । विराटलाई किन कसैले प्रश्न गर्न सक्दैन, यो पनि त छ ।

अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा पराजित भएपछि रोहित र विराट । 

दुवै खेलाडी संन्यासको संघारमा छन् । तिनीहरुलाई जति सम्मान चाहिने हो, त्यति पाइरहेका छैनन् । ठीक यही बेला प्रशिक्षकका रूपमा गौतममाथि पनि त अनेक प्रश्न उठेका छन् । उनको परम्पराबाट बाहिर गएर गर्ने निर्णयप्रति कहाँ सबै खुसी हुन सकेका छन् र ? अझ पछिल्लो समय भारतको खस्कँदो प्रदर्शनको मुख्य जिम्मेवार उनी नै हो भनिन्छ ।

अस्ट्रेलिया आउनु अगाडि भारतले खेलेका दुई शृंखलाको नतिजा निकै खराव रह्यो । श्रीलंकाविरुद्धको एकदिवसीय र न्युजिल्यान्डविरुद्धको टेस्ट शृंखलामा भारत नराम्रोसँग पराजित रहेको थियो । अझ न्युजिल्यान्डविरुद्धको तीन टेस्ट शृंखलामा त भारत ‘ह्वाइटवास’ नै भएको थियो । त्यो पनि आफ्नै भूमिमा । त्यसको जिम्मेवारी चाहिँ गौतमले बोक्नुपर्ने थियो कि थिएन ?

त्यही बेला नै उनलाई प्रशिक्षक पदबाट हटाउनुपर्ने प्रसंग निस्केकै थियो । अब धेरै दिन पर्खिनुपर्ने छैन । धेरै दिन भए मंगलबारसम्म । त्यति बेलासम्म अस्ट्रेलियाविरुद्धको शृंखलाको निर्णय पनि आइसक्ने छ । शृंखला बराबरीमा टुंगियो भने त ठीक छैन, हैन भने भारतीय क्रिकेटमा भुइँचालो आउने छ । कि त कप्तान रोहित हुने छैनन्, होइन भने प्रशिक्षक गौतम हुने छैनन् । स्थिति यस्तै आउने छ ।