चैत्र ७, २०८२ शनिबार | ०५:११:५२
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने
शनिबारको दिन टेस्ट क्रिकेट

टेस्ट क्रिकेटमा कामिन्दुको कमाल

धेरैले पछिसम्म पनि यो नामलाई सम्झिने छ, यदि कोही टेस्ट क्रिकेटको प्रशंसक हो भने । नाम हो, कामिन्दु मेन्डिस । धेरैले उनको कमाल देखेपछि प्रश्न गरे, को हुन यी खेलाडी ? अनि केहीले अर्को प्रश्न पनि गरे, कहाँ थिए, यिनी जत्तिको खेलाडी । खासमा कामिन्दुको प्रदर्शन नै यस्तो छ कि सबै त्यसअघि नतमस्तक हुनुपर्छ । उनको प्रदर्शन एक जुगमा एकपल्ट आउने गर्छ । त्यसैले पनि उनको प्रदर्शनलाई असाध्यै दुर्लभ मान्न सकिन्छ ।भयो के भन्दा यी श्रीलंकाली ब्याटरले १३ इनिङ्स मात्र खेलेर टेस्ट त्रिकेटको हजार रन पूरा गरेका छन् । न्युजिल्यान्डविरुद्ध पछिल्लो साता सकिएको दोस्रो टेस्टमा उनले ब्याटबाट अझ उत्कृष्ट खेलेर बनाए १८२ रन । त्यो पनि नटआउट रही । यसक्रममा उनले त्यस्ता खेलाडीको बराबरी गरेका छन्, जसलाई विश्व क्रिकेटले पाएका अहिलेसम्मकै महान खेलाडी मानिन्छ । उनी हुन्, अस्ट्रेलियाका डन ब्रेडम्यान ।

ब्रेडम्यानलाई हजार टेस्ट रन पूरा गर्न ७ टेस्ट मात्रै चाहिएको थियो । कामिन्दुलाई भने आठ अनि स्टक्लिफ र विक्सलाई भने ९ टेस्ट । यसबीच एउटा कीर्तिमानमा भने कामिन्दु नै अगाडि रहे । उनी आठौं टेस्ट खेलिरहेका छन् । 

ब्रेडम्यानलाई पनि हजार टेस्ट रन पूरा गर्न १३ इनिङ्समात्रै चाहिएको थियो । इतिहास नै पल्टाउने हो भने त्यस्ता दुई अरू ब्याटर छन्, जसलाई हजार टेस्ट रन पूरा गर्न यो भन्दा पनि कम इनिङ्स आवश्यक पर्यो । ती थिए, इङ्ल्यान्डका हबर्ट स्टक्लिफ र वेस्ट इन्डिजका एभरटन विक्स । उनीहरू दुवैले १२ टेस्ट इनिङ्समात्रै खेलेर हजार रन पूरा गरेका छन् । तर टेस्टको संख्या गन्ने हो भने कामिन्दु दोस्रो स्थानमा छन्, ब्रेडम्यानको पछाडि ।

न्युजिल्यान्डविरुद्ध ब्याटिङ गर्दै कामिन्दु मेन्डिस ।

ब्रेडम्यानलाई हजार टेस्ट रन पूरा गर्न ७ टेस्ट मात्रै चाहिएको थियो । कामिन्दुलाई भने आठ अनि स्टक्लिफ र विक्सलाई भने ९ टेस्ट । यसबीच एउटा कीर्तिमानमा भने कामिन्दु नै अगाडि रहे । उनी आठौं टेस्ट खेलिरहेका छन् । यी सबैमा उनले कम्तीमा १ इनिङ ५० रनमाथिको खेलेका छन् । यसअघि यस्तो कीर्तिमान पाकिस्तानका सइद सकिलको नाममा थियो । उनले लगातार सात टेस्टमा लगातार ५० रनमाथिको इनिङ् खेलेका थिए ।

यस्तोमा अब जति-जति बेला श्रीलंका टेस्ट क्रिकेट खेल्न मैदानमा उत्रनेछ, सबैको ध्यान कामिन्दुमा केन्द्रित हुनेछ । अब चाहिँ उनको प्रदर्शन कस्तो हुने हो, त्यसमा सबैको रुचि रहनेछ । अन्तर्राष्ट्रिय क्रिकेटमा उनको प्रवेश लामो समय भएको छैन । उनले सबैभन्दा पहिले सन् २०१८ मा श्रीलंकाका लागि ट्वान्टी-२० क्रिकेट खेले । त्यसको एक वर्षपछि उनले सन् २०१९ मा एकदिवसीय क्रिकेटमा पनि श्रीलंकाका लागि डेब्यू गरे ।

टेस्ट डेब्यूका लागि भने उनले सन् २०२२ सम्म कुर्नुपर्यो । उनको पहिलो टेस्ट अस्ट्रेलियाविरुद्ध थियो । ठ्याक्कै तथ्यांकमा जाने हो भने उनले खेलेका आठ टेस्टमा बनाएको रनसंख्या १ हजार ४ पुगेको छ । औसत छ, ९१.२७ । यसमा ५ शतक र ४ अर्धशतक समावेश छ । उच्च स्कोर त त्यही १ सय ८२ रन नै रह्यो । उनी बलिङ पनि गर्छन् । तीन विकेट लिइसकेका छन् अहिलेसम्म । उनीबारे एउटा रमाइलो तथ्य के भने कामिन्दु १३ औं दक्षिण एसियाली खेलकुदमा सहभागी हुन नेपाल पनि आएका थिए ।