मंसिर ६, २०८१ बिहीबार | १५:२१:५४
क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ
शनिबारको दिन बास्केटबल

'चलायमान बन्दै छ बास्केटबल'

काठमाडौं । लामा टेण्डी शेर्पा नेपाली खेलकुदका फुर्तिला प्रशासकमध्ये एक थिए । नेपाल ओलम्पिक कमिटी तथा नेकपा एमालेको खेलकुद भ्रातृ संगठन नेपाल खेलकुद महासंघको महासचिवमात्र उनले सम्हालेका पद थिएनन् । कुनै बेला नेपाली खेलकुदमै सबैभन्दा धेरै जिम्मेवारी भएका खेल प्रशासकको रूपमा परिचित शेर्पाको ‘खास’ साइनो बास्केटबलसँग थियो । उनी बास्केटबल संघका अध्यक्ष थिए ।

शेर्पा नेतृत्वमा थिए । बास्केटबल खेल पनि चलायमान थियो । राष्ट्रिय प्रतियोगिताहरू नियमित रूपमा हुन्थे । स्कुल, कलेज र क्लबस्तरीय गतिविधिको पनि राम्रै घुइँचो रहने गथ्र्यो । हरेक वर्ष नबिराइकन ट्यालेन्ट हन्ट (प्रतिभा खोज) कार्यक्रम हुने गर्थे । समग्रमा भन्ने हो भने देशैभर सहरी क्षेत्र बास्केटबलमय थियो । सहरका आधुनिक युवा/युवतीको बीचमा यो खेलको लोकप्रियता लोभलाग्दो थियो ।

तर, अचानक शेर्पा नराम्ररी बिरामी परे । अत्यन्तै दुर्लभ मानिने नशासम्बन्धी रोगले गाँजेपछि हट्टाकट्टा ज्यानका शेर्पा कर्कलोझै ओइलाए । सामान्य जीवनयापन नै कठिन बन्न थाल्यो । नियमित स्वास्थ्यकर्मीको निगरानीमा औषधोपचार चलिरहे पनि शरीरका विभिन्न अंगहरू विस्तारै निस्क्रिय बन्दै गए । बाँच्ने संघर्षका लागि आफन्त र परिवारको सहयोगमा देश–विदेशका अस्पताल चहार्दै दिनहरू बित्दा शेर्पाबाट बास्केटबलको नेतृत्व सम्भव हुन छाड्यो ।

शेर्पाको अस्वस्थतासँगै चलायमान बास्केटबलको गति सन् २०१८ बाट एकाएक रोकियो । प्रतियोगिताहरू हुन छाडे । अन्तर्राष्ट्रिय सहभागिता पनि रोकियो । प्रतिभा खोजलगायतका अन्य गतिविधिमा पज बटम थिचियो । बास्केटबल खेलाडीहरू बेरोजगारजस्तै बने । अहिले शेर्पा दिवंगत भएको पनि तीन महिना बितिसकेको छ ।

लगत्तैको वर्ष कोभिड–१९ को महामारीले पूरा विश्वलाई चपेटामा पार्यो । पूरा विश्व एकाएक ठप्प भयो । सार्वजनिक स्थलहरूमा मानिसको जमघटमाथि प्रतिबन्ध लाग्यो । खेल गतिविधि पूर्ण रूपमा बर्जित भयो । उसै विश्राममा रहेको नेपाली बास्केटबलको त के कुरा ?

तर, लामै समयपछि भए पनि बास्केटबल कोर्टमा फर्किएको छ । यो खेललाई चलायमान बनाइएको छ उनै पूर्वअध्यक्ष दिवंगत लामा टेण्डी शेर्पाको नाममा । लामो समयदेखि कोमामा रहेको बास्केटबलले यसै साता सम्पन्न शर्पाको स्मृतिमा भएको प्रतियोगितामार्फत पुनरागमन गर्ने संकेत देखाएको छ ।

शेर्पाले आफू अशक्त भएपछि उपाध्यक्ष भीमसिंह गुरुङलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएका थिए । शेर्पाको जीवनकालमै नेतृत्वको जिम्मेवारी पाएका गुरुङलाई अहिले कोभिड–१९ को त्रास कम हुँदै जाँदा बास्केटबललाई पुनर्जीवित गर्नुपर्ने जिम्मेवारी पनि थपिएको छ ।

थप जिम्मेवारीले गुरुङलाई सपनामा पनि लखेट्न थालेको छ । भन्छन्, ‘सपनामा पनि एउटा ठूलो भव्य अन्तर्राष्ट्रिय स्तरको कभर्डहलमा हाम्रा खेलाडीहरू खेलिरहेको देख्न थालेको छु । कहिले नेपालमा भव्य लिग भएको देख्छु । जिम्मेवारी लिएपछि कुनै पनि मूल्य चुकाएर त्यसलाई पूरा गर्नुपर्छ भन्ने मेरो मान्यता हो । अहिले मलाई लखेटिरहेका सबै सपना पूरा गरेरै छाड्छु ।’

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलुकद परिषद्को कभर्डहलमा लामा टेण्डी शेर्पा स्मृति बास्केटबल प्रतियोगिता बिहीबार सम्पन्न भइसकेको छ । संघले वैशाखमा ठूलो आकारको फ्रेन्चाइज प्रतियोगिता गर्ने योजना बनाएको छ । यो प्रतियोगितालाई त्यही फ्रेन्चाइज बास्केटबलको ‘रिहर्सल’को रूपमा लिएको बताउँछन् अध्यक्ष गुरुङ ।

‘नेपालमै पहिलो पटक हुन लागेको बास्केटबलको फ्रेन्चाइज लिग आयोजनाको मिति नजिकिँदै छ,’ अध्यक्ष गुरुङ भन्छन्, ‘यो पनि राष्ट्रिय स्तरको प्रतियोगिता हो । हामीले केही समयअघि पनि राष्ट्यि स्तरको थ्री अन थ्री बास्केटबल प्रतियोगिता गरेका थियौं । यो म नेतृत्वमा आएपछिको दोस्रो प्रतियोगिता हो । हाम्रा लागि यो प्रतियोगिता फ्रेन्चाइज लिगलाई खेलाडी छनोटको राम्रो माध्यम बन्यो ।’

संघले यसपालि पहिलो पटक फ्रेन्चाइज लिगमा पुरुषको मात्र प्रतिस्पर्धा गराउने योजना बनाएको छ । तर अर्को वर्षदेखि महिलाको विधा पनि थप्ने गुरुङले जानकारी गराए ।

‘हामी यस खेललाई एउटा व्यावसायिक उचाइमा लैजान चाहन्छौं । हामी फुटबल र क्रिकेटजस्तै बास्केटबल खेलेर पनि खेलाडीले सहजै जीविकोपार्जन गर्ने वातावरण बनाउने अभियानमा छौं,’ उनले थपे ।

नेपाली बास्केटबलको आधार भनेकै स्कुल र कलेजहरू हुन् । सहरी क्षेत्रमा सानो ठाउँमा पनि खेल्न सकिने भएकाले हरेकजसो स्कुल/कलेजमा बास्केटबल कोर्ट हुने गरेका छन् । अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नैपर्ने बाध्यताका कारण शिक्षण संस्थाहरूले सानो ठाउँ भए पुग्ने यही खेललाई महत्व दिँदा थुप्रै गतिविधि हुने गरेका छन् ।

नेपाली बास्केटबलको आधार भनेकै स्कुल र कलेजहरू हुन् । सहरी क्षेत्रमा सानो ठाउँमा पनि खेल्न सकिने भएकाले हरेकजसो स्कुल/कलेजमा बास्केटबल कोर्ट हुने गरेका छन् । अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नैपर्ने बाध्यताका कारण शिक्षण संस्थाहरूले सानो ठाउँ भए पुग्ने यही खेललाई महत्व दिँदा थुप्रै गतिविधि हुने गरेका छन् ।

गुरुङ स्कुल र कलेजमा लोकप्रिय हुनुको त्यही फाइदा उठाएर खेललाई नयाँ उचाइ दिने योजनामा छन् । स्कुल तथा कलेजलाई बास्केटबलको पर्याय मान्ने उनी त्यहींबाट राम्रा प्रतिभाहरू आइरहेको बताउँछन् । भर्खरै सम्पन्न लामा टेण्डी शेर्पा स्मृति बास्केटबल प्रतियोगितामा थुप्रै नयाँ खेलाडीको आगमन भएको र त्यसबाट संघ उत्साहित भएको उनले बताए ।

प्रतियोगिताको सफलताबाट उत्साहित भई संघले आगामी दिनमा निरन्तर यस्ता कार्यक्रम गरिरहने गुरुङको अठोट छ । उनको विचारमा पूर्वअध्यक्ष शेर्पा नेपाली बास्केटबलका गडफादर हुन् । शेर्पाले गरेभन्दा कम काम गर्ने छुट आफूहरूलाई नभएको बताउने गुरुङ थप कार्यक्रम ल्याएर बास्केटबललाई नयाँ उचाइ दिने चुनौतीका लागि तयार रहेको बताउँछन् ।

उमेर समूहमा जिल्ला हुँदै प्रदेश र राष्ट्रिय स्तरको नयाँ प्रतियोगिता संरचनाको योजना बुनिरहेका गुरुङले थपे, ‘नयाँ खेलाडीहरू आएको हिसाबले हेर्ने हो भने लामा टेण्डी शेर्पा स्मृति प्रतियोगिताबाट राष्ट्रिय टोलीमा स्थापित थुप्रै खेलाडीलाई प्रतिस्थापन गर्ने खालका नयाँ अनुहार धेरै देखिएको छ ।’

प्रतियोगिताको सफलताबाट उत्साहित भई संघले आगामी दिनमा निरन्तर यस्ता कार्यक्रम गरिरहने गुरुङको अठोट छ । उनको विचारमा पूर्वअध्यक्ष शेर्पा नेपाली बास्केटबलका गडफादर हुन् । शेर्पाले गरेभन्दा कम काम गर्ने छुट आफूहरूलाई नभएको बताउने गुरुङ थप कार्यक्रम ल्याएर बास्केटबललाई नयाँ उचाइ दिने चुनौतीका लागि तयार रहेको बताउँछन् ।

नयाँ चुनौतीका लागि आन्तरिक गतिविधिका वार्षिक योजना बनाइसकेका गुरुङले त्योभन्दा ठूलो योजनाका रूपमा आफ्नै एउटा अन्तर्राष्ट्रिय स्तरको कभर्डहल बनाउने संकल्प गरेका छन् ।

‘कभर्डहलका लागि चाहिने जग्गाको पहिचान गरेर सम्बन्धित निकायसँग कुराकानी अगाडि बढाइसकेका छौं । पूर्वअध्यक्ष लामा टेण्डी शेर्पाको सगरमाथा आधार सिविरमा बास्केटबल प्रतियोगिता आयोजना गर्ने सपना थियो । उहाँ विश्वको सबैभन्दा उचाइमा प्रतियोगिता गरेर गिनिज बुकमा नाम लेखाउने योजनामा हुनुहुन्थ्यो । म उहाँको त्यो चाहना पूरा गर्नेतर्फ पनि अघि बढिरहेको छु ।’

तीन वर्षअघि नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) नेपाली राष्ट्रिय टोलीले खेलेका पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगिता हुन् । नेपालमै भएको सागको उक्त संस्करणमा नेपाली महिला बास्केटबल टोलीले ऐतिहासिक रूपमा रजत पदक जितेको थियो भने पुरुष टोली कांस्य पदकमा सीमित भएको थियो ।

सागमा अहिलेसम्मकै उच्च नतिजा हासिल गरे पनि त्यसयता प्रतियोगिता आयोजनामा संघ उदासीन भएको खेलाडीहरूको गुनासो रहने गरेको थियो । तर, अध्यक्ष गुरुङ खेलाडीको गुनासो जायज नरहेको बताउँछन् ।

भन्छन्, ‘राष्ट्रिय टोली बलियो पार्नका लागि जिल्ला जिल्लाबाट खेलाडी पहिचान गर्दै उचित अभ्यासको व्यवस्था गर्ने काम पनि गरिरहेका छौं । हामी एसियाली खेकुदका साथै १८ वर्षमुनिको साफ च्याम्पियनसिप गर्ने तयारीमा छौं । कोभिड महामारीका कारण पछिल्ला वर्षहरूमा बास्केटबलमात्र नभई सबै खेलहरू प्रभावित भए ।’

बास्केटबलमा राज्य तथा अन्तर्राष्ट्रिय बास्केटबल महासंघ (फिबा)बाट पनि नियमित रूपमा बजेटको व्यवस्था नहुँदा भने काममा केही समस्या आउने गरेकोमा भने उनको स्वीकारोक्ति छ । त्यसमाथि लामो समयसम्म तत्कालिन अध्यक्ष शेर्पाको स्वास्थ्य अवस्था गम्भीर भएकाले पनि संघका वार्षिक कार्यक्रमहरू प्रभावित भएको उनको बुझाइ छ ।

राष्ट्रिय महिला बास्केटबल टोलीका प्रशिक्षक तथा लामा टेण्डी शेर्पा स्मृति प्रतियोगिताका संयोजक विकास शाही पनि पूर्वअध्यक्षको अस्वस्थता र कोभिड–१९ महामारीका कारण बास्केटबल संघ सुस्ताएको स्वीकार गर्छन् ।

‘प्रतियोगिता नभए पनि हाम्रो प्रशिक्षण भने निरन्तर सञ्चालन भइरहेको थियो । नयाँ कार्यसमिति फ्रेन्चाइज लिग आयोजना गर्न लागिपरेको छ । यो प्रतियोगिताले फ्रेन्चाइज लिगका लागि खेलाडी कुन अवस्थामा छन्, को खेलाडी लयमा छ, को छैन भन्ने थाहा पाउन सजिलो भयो,’ खेलाडीसँगको कुराकानीमा शाहीले भने, ‘यस प्रतियोगितामा आएका नयाँ खेलाडीको उच्च प्रदर्शनले राष्ट्रिय टोलीमा स्थान बनाउन चर्को प्रतिस्पर्धा हुने देखिएको छ । यो राम्रो संकेत हो ।’