पुस १५, २०८२ बुधबार | ११:२९:५४
एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित ‘म्याजेस्टीक लेक फ्रन्ट’ पल्सर स्पोर्टस अवार्डको अफिसियल होटल साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको टचलाइन श्रेष्ठले सम्हाल्ने क्यानोइङका पदक विजेतालाई खेलकुदमन्त्रीको बधाई एनभिए च्याम्पियनसिपः ढोरपाटनलाई हराउँदै खिल्जी क्वार्टरफाइनलमा प्रशान्त फ्रेन्ड्सको जर्सीमा देखिने एनभिए च्याम्पियनसिपः मणिमुकुन्दलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित ‘म्याजेस्टीक लेक फ्रन्ट’ पल्सर स्पोर्टस अवार्डको अफिसियल होटल साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको टचलाइन श्रेष्ठले सम्हाल्ने क्यानोइङका पदक विजेतालाई खेलकुदमन्त्रीको बधाई एनभिए च्याम्पियनसिपः ढोरपाटनलाई हराउँदै खिल्जी क्वार्टरफाइनलमा प्रशान्त फ्रेन्ड्सको जर्सीमा देखिने एनभिए च्याम्पियनसिपः मणिमुकुन्दलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो
शनिबारको दिन

‘इतिहास बन्दै गर्छ, देशका लागि खेल्न पाउनु ठूलो हो’

काठमाडौं, (खेलाडी)- कोलम्बियाको फनोम पेन्थमा २४ मे २००८ का दिन किरणका लागि जीवनको सबभन्दा महत्वपूर्ण क्षण थियो । किनकी त्यो दिन उनले पहिलो पटक नेपाली राष्ट्रिय फुटबल टिमको जर्सी लगाएका थिए । तर उनको खुशी लामो समय टिकेन । अझ भनौं मैदान छिरेको आधा घण्टा नहुँदै किरणको चिउडो फुट्यो । मैदानबाट बाहिरिए । 

त्यतिबेला किरणलाई लाग्यो ‘अब मेरो फुटबल करियर सकियो ।’ कोलम्बियाको नेशनल ओलम्पिक रंगशालाको मैदानबाट २४औं मिनेटमा बाहिरिँदै गर्दा किरणले सोचेजस्तो उनको करियर भएन । त्यतिबेला भर्खरै उदाउँदै गर्दा सूर्यको किरण जस्तै किरण अहिले चकमन्न उज्यालो भएका छन् । नेपाली फुटबलमा प्रकाश छर्न सफल भएका छन् । 

एन्फा एकेडेमीदेखि नै सँगै खेलेका सहकर्मी विराज महर्जनको सर्वाधिक ७३ अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमानसँग उनले बिहीबार भारतसँग खेल्दै बराबरी गरिसकेका छन् ।

किरण । किरण चेम्जोङ । नेपाली गोल पोस्टको रक्षा गर्ने सिपाही । विपक्षी खेलाडीका लागि पर्खाल । उनै किरण आइतबार नेपाली फुटबलको एउटा अनुपम कोशेढुंगा छुने तयारीमा छन् । 

नेपाली राष्ट्रिय टोलीबाट सबभन्दा धेरै खेल खेल्ने खेलाडीको कीर्तिमान आइतबारबाट उनको नाममा हुनेछ । एन्फा एकेडेमीदेखि नै सँगै खेलेका सहकर्मी विराज महर्जनको सर्वाधिक ७३ अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमानसँग उनले बिहीबार भारतसँग खेल्दै बराबरी गरिसकेका छन् ।

‘राष्ट्रिय टोलीको को जर्सी लगाउन पाउनु हरेक खेलाडीका लागि गर्वको कुरा हो । १८ वर्षको थिएँ । देशको प्रतिनिधित्व गर्ने मौका पाएँ । खुशीको सिमाना थिएन,’ डेब्यूको क्षण सम्झँदै किरणले भने, ‘तर पहिलो खेल मेरो लागि सुखद रहेन । चिउडोमा चोट लागेर फर्किनु पर्यो । लाग्यो, अब मेरो बाँकी फुटबल करियर सकिन्छ की के हो ।’

अल्लारे उमेरको त्यो केटोले हिम्मत हारेन । मेहनत गरिरहयो । त्यही लगनशिलता र कडा परिश्रमले आज किरण इतिहास रच्ने संघारमा छन् ।

भारतमा हुने एएफसी च्यालेन्ज कपको छनोट खेलका लागि किरणले मकाउविरुद्ध ‘डेब्यू’ गरेका थिए । त्यतिबेला रितेश थापा नियमित गोलकिपर थिए । तर तत्कालिन प्रशिक्षक थोमस फ्लाथले किरणलाई विश्वास गरे । त्यो प्रतियोगितामा उनले खेल्न सकेनन् । त्यसपछि किरणलाई पुनः राष्ट्रिय टोलीमा फर्किन तीन वर्ष लाग्यो । 

तीन वर्षसम्म अल्लारे उमेरको त्यो केटोले हिम्मत हारेन । मेहनत गरिरहयो । त्यही लगनशिलता र कडा परिश्रमले आज किरण इतिहास रच्ने संघारमा छन् । आइतबार भारतविरुद्ध खेल्दा उनी नेपाली फुटबलमा आफ्नो नाम स्वर्ण अक्षरले लेखाउने छन् । नेपालबाट सबभन्दा धेरै खेल खेल्ने खेलाडी, किरण चेम्जोङ । फुटबलको कुरा गर्दा सधै सम्झिरहने नाम । 

१७ मार्च २०११ मा नेपालले पोखरा रंगशालामा भुटानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै थियो । त्यही खेलबाट किरणले राष्ट्रिय टोलीमा पुनरागमन गरे । त्यसपछि उनले पछाडी फर्केर हेर्नु परेन । उनले सुरुको २ सय ८० मिनेट गोल खाएनन् । उनीविरुद्ध पहिलो गोल गर्ने खेलाडी हुन्, उत्तर कोरियाका जङ उल क्लान ।

नेपाली फुटबलको चार धाम, पशुपतिनाथ, मक्का, मदिना वा अरु जे भने पनि त्यो दशरथ रंगशाला हो । दशरथ रंगशालामा भने किरणले अफगानिस्तानविरुद्ध ७ अप्रिल २०११ मा ‘डेब्यू’ गरेका थिए । त्यो खेल पनि एएफसी च्यालेन्ज कप छनोट नै थियो । 

त्यही दशरथ रंगशालामा किरणले बिहीबार कीर्तिमानसँग बराबरी गरे । 

यसबीचमा उनले नेपालका लागि दुई उपाधि जितेका छन् । २०१६ को एएफसी सोलिडारिटी कप गत चैतमा नेपालमै सम्पन्न थ्री नेसन्स कप । नेपालले थ्री नेसन्स कप किरणकै कप्तानीमा जितेको थियो । त्यो पनि दशरथ रंगशालामै । 

टाइब्रेकरमा सबै प्रहार जोगाउने किरण नेपालका एक मात्र गोलकिपर हुन् ।

२०१६ को एएफसी सोलिडारिटी कपको किरणसँग विशेष स्मरण छ । मलेसियाको राजधानी कुचिङमा सम्पन्न उक्त प्रतियोगिताको  सेमिफाइनलमा नेपालले लाओसविरुद्ध खेलेको थियो । निर्धारित समय २-२ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा किरणले तीन वटा पेनाल्टी बचाए । नेपाल ३-० ले विजयी भयो । टाइब्रेकरमा सबै प्रहार जोगाउने किरण नेपालका एक मात्र गोलकिपर हुन् । फाइनलमा नेपालले मकाउलाई १-० ले हराउँदै उपाधि जितेको थियो ।

२०१८ को साफ च्याम्पियनसिपमा भुटानविरुद्ध किरणले पहिलो पटक नेपालको कप्तानी सम्हालेका हुन् । उनलाई प्रशिक्षक बालगोपाल महर्जनले ‘आर्म ब्यान्ड’ थमाएका थिए । त्यसयता किरणले अहिलेसम्म १६ पटक नेपालको कप्तानी गरिसकेका छन् । गोलकिपर भएर सबभन्दा धेरै पटक नेपालको कप्तानी गर्ने सुचीमा किरण दोस्रो स्थानमा छन् । पूर्व गोलकिपर उपेन्द्रमान सिंहले १७ पल्ट नेपालको कप्तानी गरेका थिए ।

नेपालका लागि धेरै कीर्तिमान बनाइसकेका किरणको नाममा अझ धेरै कीर्तिमान बन्न बाँकी नै छ । किरणलाई पनि थाहा छ, यात्रा लामो छ भनेर ।

गोलकिपरको भुमिकामा नेपालबाट सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमान पनि किरणकै नाममा छ । दोस्रो स्थानमा रहेका उपेन्द्रमानले नेपालबाट ५० खेल खेलेका छन् । किरणको नाममा सर्वाधिक २४ खेलमा गोल नखाएको कीर्तिमान छ । 

नेपालका लागि धेरै कीर्तिमान बनाइसकेका किरणको नाममा अझ धेरै कीर्तिमान बन्न बाँकी नै छ । किरणलाई पनि थाहा छ, यात्रा लामो छ भनेर ।

‘यो बीचमा मैले आफैसँग युद्ध लडिसकेँ । त्यो चिउडो फुटेको पहिलो दिनदेखी आजसम्मको मेरो यात्रा पक्कै सहज थिएन् । भोली मेरो नाममा सबभन्दा धेरै खेल खेल्ने खेलाडीको कीर्तिमान बन्नेछ,’ किरण भावुक हुन्छन्, ‘इतिहास भनेको त बन्दै गर्छ । तर देशका लागि खेल्न पाउनु सबभन्दा ठूलो कुरा हो । मैले अझ धेरै गर्न बाँकी छ ।’