काठमाडौं । अब त लामै समय भयो, सेरी पाल्किनले आफ्नो क्लब सामान्य परिस्थितिमा नदेखेको । हो, शाख्तर डोनेस्क आफ्नो देशमा सबैभन्दा सफल र महत्वकांक्षी क्लब हो । त्यसकारण, पाल्किनका लागि क्लब व्यवस्थापन सामान्य जागिर थिएन । सधैँ केही न केही विषयलाई समाधान गर्नु पर्ने नै हुन्थ्यो । तर हरेक विषयमा फुटबल नै जोडिएको हुन्थ्यो ।
तर पाल्किनले हुँदै गरेको वा हुन लागेको खेल रोक्नु पर्दैन थियो । त्यो पनि रुसी ड्रोन आक्रमणको भयले । खेलाडीलाई कसरी खुसी बनाइराख्ने भन्ने कुरा पनि उनका लागि त्यति धेरै टाउको दुखाईको विषय थिएन । अहिले त सबै खेलाडीलाई होटलमा राखिएको छ । जो अभ्यासका लागि मात्र बाहिर निस्किन पाउँछन् । अर्को देशको सहरमा हुने युरोपेली लिगका खेलमा भिड्न पाल्किन र उनको टिम बस चढी पोल्यान्ड सीमामा पुग्नु पर्दैन थियो । लगभग हर रात रुसी आक्रमणको चेतावनी दर्शाउने साइरन त किन बज्थ्यो र ? त्यसको आवाजले निद्रा त किन भंग हुन्थ्यो र ? पाल्किनले कहिल्यै सोचेका थिएनन्, उनको क्लब एकदिन युक्रेनको परिचय बन्छ भनेर । परिचय रुसी हमलामा परेको युक्रेनको । आफूभन्दा कयौँ गुणा विशाल छिमेकीले छेडेको युद्धको प्रतिरोधको । कुनै दिन शाख्तारले फुटबल खेलेरयुद्ध पीडित युक्रेनीका लागि चन्दा उठाउनु पर्ला भनेर पनि पाल्किनले कल्पना गरेका थिएनन् । यसरी उठाइएको चन्दा युद्धले घरबार ध्वस्त भएका युक्रेनीको व्यवस्थित बासका लागि खर्च गरिँदैछ ।
नयाँ भूमिकालाई शाख्तर र पाल्किनले सहर्ष स्वीकार गरेका छन् । हुन पनि स्वीकार गर्नुबाहेकको के विकल्प थियो र ? चन्दा उठाउन शाख्तरले युरोपभर मैत्रीपूर्ण खेल खेलेको छ । यसरी खेलबाट उठ्ने चन्दा युद्धपीडित क्षेत्रका लागि मात्र होइन, हालसम्म रुसी बमको बाछिटा परिनसकेका युक्रेनी क्षेत्रमा पनि खर्च गरिँदैछ । ‘यो हाम्रो सामाजिक दायित्व हो,’ पाल्किन भन्छन् ।
रुसले फेब्रुअरी, २०२२ बाट युक्रेनमाथि हमला सुरु गरेपछि शाख्तरको पीडा थप गहिरिएको थियो । यो हमलाले शाख्तरको डोनेस्क सहर फर्कने सपनामा पूर्णविराम लागेको हो ।
शाख्तरले अहिले विश्वलाई रोमन ओलेक्सिभको कथा सुनाइरहेको छ । ओलेक्सिभ त्यसबेला आठ वर्षका हुँदा हुन्, एक दिन उनी आमासँग अस्पताल पुगेका थिए । त्यहीबेला अस्पताल रहेको भवनमाथि रुसी क्षेप्यास्त्र बभारियो । आमा तत्काल मारिइन् । ओलेक्सिभ जोगिए, तर उनको शरिरको ४५ प्रतिशत हिस्सा जल्यो, कति हड्डी भाँचिए त्यसको के हिसाब ?
शाख्तरमा लामो समयदेखि निर्देशक रहेका डारियो सार्नाको नजरमा ओलेक्सिभ असली शाख्तर समर्थक हुन् । हाल ११ वर्ष पुगेका ओलेक्सिभलाई शाख्तारका निकै खेलमा बोलाइएको छ । उनले शाख्तारका खेलाडीसँग भेट्ने, समय व्यतित गर्ने अवसर पनि पाउने गरेका छन् । गत महिना डिनामो किएभसँगको खेलमा ओलेक्सिभलाई मस्कट बनाइएको थियो ।
‘हामी फगत फुटबल क्लबमा मात्र सीमित हुँदैनौँ । सामाजिक क्रियाकलापमार्फत देशलाई योगदान गरिरहेका छौँ । विश्वका धेरै मान्छेले युक्रेनलाई उसबेला खेलकुदका कारण चिनेका हुन् । फुटबल पनि यसको हिस्सा हो । शाख्तर, डिनामो किएभ, आन्द्रे सेभेचेन्को, सेरिभ रेब्रोभ, क्लिच्को दाजुभाई, अलेक्जान्डर उसेक सबैले आआफ्नो स्थानबाट युक्रेनलाई विश्वभर चिनाएका हुन्,’ पाल्किन भन्छन् ।
रुसले फेब्रुअरी, २०२२ बाट युक्रेनमाथि हमला सुरु गरेपछि शाख्तरको पीडा थप गहिरिएको थियो । यो हमलाले शाख्तरको डोनेस्क सहर फर्कने सपनामा पूर्णविराम लागेको हो । सन् २०१४ मा रुसी सेना डोनबास क्षेत्रमा पसेपछि शाख्तारले आफ्नो आधार सहर परिवर्तन गर्नुपरेको थियो । त्यसपछि शाख्तार शरणार्थी क्लब बनेको हो । हाल राजधानी किएभमा कार्यलय राखेको शाख्तर आफ्ना घरेलु खेल लिभमा खेल्छ । अनि युरोपेली खेलका लागि भने उसले पोल्यान्ड र जर्मनी रोजेको छ ।
युद्ध सुरु भएपछि युक्रेनमा शाख्तर एकहदसम्म देशको सामाजिक मुहारमा परिणत भएको छ । फुटबल खेल्न युरोपमा विभिन्न सहर पुग्दा शाख्तरमार्फत युक्रेनप्रति सहानुभूति देखाइने गरिएको छ ।
डोनबास क्षेत्रमा पहिलेबाटै चलेको हिंसाले पिल्सिएको शाख्तर रुसको पूर्णमालीन युद्धका कारण क्षतविक्षत नै भयो । शाख्तरको यो पीडा आखिरमा पूरै युक्रेनी फुटबलमै सरेको छ । रुसी ड्रोन आक्रमणको भयका कारण युक्रेनी प्रिमियर लिगका खेलमा उपस्थित हुने समर्थकको संख्या व्यापक कटौति गरिएको छ । टेलिभिजनमा खेल त देखाइन्छ । तर त्यहाँबाट हुने गरेको आम्दानी लगभग शून्यमा झरेको छ । साइरन बज्नसाथ खेल सार्नुपर्ने वा हुँदै गरेको खेल नै स्थगित गर्नुपर्ने समस्या त छँदैछ ।
युक्रेनी फुटबलमा सबैभन्दा भयानक क्षति त त्यसबेला पुग्यो जब फिफाले भन्दियो, युद्धको स्थिति रहेकाले रुसी र युक्रेनी क्लबमा आबद्ध विदेशी खेलाडीले आफूखुसी करार अन्त्य गर्न सक्छन् । फिफाले यो निर्णय गरेको तीन वर्ष भइसक्यो । तर पाल्किनको आक्रोश सेलाएको छैन । आक्रोश किन पनि नसेलाएको हो भने, फिफाको त्यो निर्णयले शाख्तरलाई निकै घाटा लाग्यो । शाख्तर त्यो क्लब हो, जसले ब्राजिलबाट प्रतिभाशाली तर नाम नचलेका खेलाडी ल्याई उनीहरुको वृत्ति विकास गरेर युरोपका ठूला क्लबलाई महँगोमा बेच्ने गथ्र्यो । यसरी शाख्तरबाट निस्किएका केही ठूला ब्राजिलेली खेलाडी हुन्, फर्नान्डिन्हो, विलियान, एलानो आदि ।
‘हामीले कयौँ क्लबलाई पैसा तिर्न बाँकी थियो । अब भएका खेलाडी पनि सित्तैमा हिँडेपछि हामी त डुब्ने नै भयौँ । एक्कासी हामी करिब ४० करोड युरो ऋणमा पर्यौँ,’ पाल्किनको भनाई छ । फिफाविरुद्ध शाख्तर अहिले अदालतमा छ । फिफाका कारण आफूलाई करिब ४३ करोड पाउन्ड क्षति पुगेको शाख्तरको दलिल छ ।
युद्ध सुरु भएपछि युक्रेनमा शाख्तर एकहदसम्म देशको सामाजिक मुहारमा परिणत भएको छ । फुटबल खेल्न युरोपमा विभिन्न सहर पुग्दा शाख्तरमार्फत युक्रेनप्रति सहानुभूति देखाइने गरिएको छ । शाख्तरलाई विषय बनाईएको डकुमेन्ट्रीले त केही समयअघि एम्मी अवार्ड नै जितेको थियो । युद्ध सुरुभएपछिको केही महिना शाख्तरले झेलेको पीडालाई चलचित्रमा उतार्ने पाल्किनको योजना छ ।
हाल शाख्तरको प्रशिक्षक छन्, आर्दा तुरान । जो कुनै समय बार्सिलोनाका मिडफिल्डर थिए । जारी युक्रेनी प्रिमियर लिगमा तुरानले शाख्तरलाई शीर्ष स्थानमा राखेका छन् ।
‘युद्धपछि हामीले यो टिम फेरि शून्यबाट निर्माण गर्नुपर्यो । हामीसँग एकेडेमीमा मात्र युक्रेनी खेलाडी छन् । यी युवा खेलाडीको बलमा हामीले फेरि घरेलु लिग जित्यौँ । च्याम्पियन्स लिग खेल्यौँ । यो चक्र च्याम्पियन्स लिगमा फेरि एकपटक आरबी लाइपजिगलाई हराएपछि पूर्ण हुनेछ,’ पाल्किन भन्छन् । २५४ दिनपछि (सेप्टेम्बर, २०२२) मा मैदान फर्कदा शाख्तारले च्याम्पियन्स लिगमा लाइपजिगलाई ४–१ ले स्तब्ध बनाएको थियो ।
हरेक युक्रेनीको जस्तै पाल्किनको मानसपटाल र योजना युद्धकै वरपर छ । युक्रेनीका लागि हालको जाडो अझ कष्टकर बनाउन रुसले युक्रेनी ऊर्जा संरचनामाथि हमला गर्ने आँकलन छ । यस्तोमा युक्रेनका लागि फुटबल किन प्राथमिकतामा पथ्र्यो र ? पाल्किनका लागि पनि स्वाभाविक रुपमा फुटबल अहिले पहिलो विषय होइन । लगभग दुई दशकदेखि शाख्तरको व्यवस्थापन सम्हालिरहेका पाल्किन पहिलो पटक फुटबलबाहेकको विषयलाई प्राथमिकतामा राख्ने स्थितिमा पुगेका हुन् ।
यहाँ अचम्मलाग्दो त यो छ कि युद्धका कारण युक्रेनमा फुटबल मरेको छैन । हो, देश क्षतविक्षत भएको छ । अरु हरेक क्षेत्रमा जस्तै फुटबलमाथि पनि व्यापक क्षति पुगेको छ । तर लिग भने जारी छ । भलै फुटबल पहिलेभन्दा कम खेलिन्छ, तर खेल्न चाहिँ खेलिन्छ । र, तमाम समस्याका बाबजूद हरेक खेलाडी र टिम खेल जित्न चाहन्छन् । शाख्तर त झनै जित्न चाहन्छ ।
हाल शाख्तरको प्रशिक्षक छन्, आर्दा तुरान । जो कुनै समय बार्सिलोनाका मिडफिल्डर थिए । जारी युक्रेनी प्रिमियर लिगमा तुरानले शाख्तरलाई शीर्ष स्थानमा राखेका छन् । यो टिम उता युरोपेली कन्फ्रेन्स लिगको नकआउट चरणको संघारमा छ । मैदानबाहिर पनि शाख्तर सफलताउन्मूख नै छ । किनभने उसले ब्राजिलेली फुटबल बजारसँग आफ्नो सम्बन्ध पुनः स्थापित गरेको छ । यसको उदाहरण हो, शाख्तारको हालको टिममा १२ ब्राजिलेली खेलाडीको उपस्थिति । ‘शाख्तरलाई सन्तुलित बनाउने सूत्र यही हो, टिममा आधा खेलाडी ब्राजिलेली, आधा युक्रेनी,’ पाल्किन स्पष्ट छन् ।
शाख्तारका लागि अर्को चुनौति हो, ब्राजिलमा फेरिएको नियम । अहिले ब्राजिलेली फुटबलमा निजी लगानीलाई प्रोत्साहन गर्न थालिएको छ ।
उही पुरानो तरिका अपनाउँदा शाख्तरका सामू केही नयाँ चुनौति भने आइपरिरहेका छन् । जस्तै खेलाडीको सुरक्षा । पहिले त बस् खेलाडीको तलब, र कसरी उसको वृत्ति विकास गरिनेछ भन्ने मात्र प्रश्नको जवाफ दिए पुग्थ्यो । ‘केही महिनाअघि म एक १७ वर्षीय खेलाडीलाई अनुबन्ध गर्न कुराकानीमा थिए । सबै कुरामा सहमति भयो, तर अन्तिममा उसका अभिभावक मानेनन्,’ पाल्किन भन्छन् ।ब्राजिलबाट युवा खेलाडी अनुबन्धन गर्नेमा पोर्चुगलका दुई क्लब पोर्टो र बेनफिका पनि माहिर छन् । उनीहरु पहिलेबाटै शाख्तरका लागि प्रतिस्पर्धी हुन् । अहिलेको बजारमा यी तीन क्लबबाहेक अरु क्लब पनि अगाडि आइरहेका छन् । कुनै समय पोर्टो वा बेनफिका जस्ता क्लबले स्टार बनाएका खेलाडी खरिद गर्ने रियल म्याड्रिड र चेल्सी जस्ता धनी क्लब अब आफैँ ब्राजिल पसिरहेका छन् । भिनिसियस जुनियर, रोड्रिगो, एन्ड्रिक, एस्टेभाओ, विलियान र आन्द्रे सान्तोसलाई रियल र चेल्सीले सीधै ब्राजिलबाट युरोेप पुर्याएका हुन् ।
शाख्तारका लागि अर्को चुनौति हो, ब्राजिलमा फेरिएको नियम । अहिले ब्राजिलेली फुटबलमा निजी लगानीलाई प्रोत्साहन गर्न थालिएको छ । जसकारण ब्राजिलका क्लबसँग भनेजति पैसा छ, यसो भएपछि उनीहरुले पहिले जस्तो आफूसँग भएका प्रतिभावान् युवा खेलाडी थोरै रकममा तत्कालै बिक्री गर्नु पर्दैन । त्यस्ता खेलाडी होल्ड गरिन्छन् । यति मात्र होइन, ब्रजिलेली लिगका ठूला क्लबले साना क्लबसँग भएका प्रतिभावान् खेलाडी अनुबन्धन गरिरहेका छन् । जो यसअघि शाख्तार जस्ता क्लब जाने गर्थे ।
‘खेलाडीको स्थान्तरण रकम बढेको छ । रियल म्याड्रिड र प्रिमियर लिगका टिम आफैँ ब्राजिल पुगिरहेका छन् । पहिले डेढ करोड तिरे पुग्ने खेलाडीका लागि अहिले चार करोड तिर्नुपर्छ । त्यसमाथि ब्रजिलेली क्लब निकै धनी भइसकेका छन् । फ्लामेंगकोकै वार्षिक बजेट २० करोड युरो भइसक्यो,’ पाल्किनको भनाई छ ।
हुन त फुटबल बजार शाख्तरले चाहे अनुसारले मात्र चल्दैन । यो तथ्यप्रति पाल्किन जानकार छन् । उसो त पूरै युक्रेन नै अहिले तीतो सत्यमा संघर्षरत छ ।
यो नयाँ तथ्यसँग शाख्तर हातेमालो गर्दै अघि बढ्ने प्रयासमा छ । यो सिजन सुरुहुनुअघिको सरुवा बजारमा शाख्तरले आफूसँग भएका केभिनलाई तीन करोड ६० लाख पाउन्डमा फुलहमलाई बिक्री गरेको थियो । शाख्तरसँग भएका विदेशी खेलाडीमध्ये दुई वा तीन जना यति नै वा अझ धेरै स्थान्तरण रकममा बिक्री गर्न सकिने पाल्किनको विश्वास छ ।
पाल्किनको नजरमा महँगा दरमा बिक्री हुनसक्ने खेलाडी कुनै न कुनै बिन्दूमा अर्को क्लबमा पुग्ने नै छन् । हुनसक्छ उनीहरु पूर्ववर्तिहरु भन्दा अलि चाँडै ठूला लिगमा पुग्नेछन् । यसो किन पनि हुनसक्छ भने शाख्तरलाई आफ्नो आर्थिक स्थितिमा सुधार ल्याउनु छ । फेरि स्थान्तरणबाट प्राप्त हुने रकम नै शाख्तरका लागि ‘प्राइज मनी’ बाहेकको मुख्य आम्दानी स्रोत हो ।
यस्तोमा शाख्तर युवा खेलाडीमाथि गरिएको लगानी उठाउन पहिलेभन्दा हतारिएको छ । ‘किनभने युद्ध जारी छ, हामीसँग पर्खने समय छैन,’ पाल्किन भन्छन् । फुलहम पुगेका केभिन शाख्तरमा मात्र १८ महिना बस्न पाएका थिए । जबकि एक समयका ठूला स्टार विलियानले युक्रेनमा ६ खेल खेलेका थिए ।
हुन त फुटबल बजार शाख्तरले चाहे अनुसारले मात्र चल्दैन । यो तथ्यप्रति पाल्किन जानकार छन् । उसो त पूरै युक्रेन नै अहिले तीतो सत्यमा संघर्षरत छ । यसकारण हालका लागि शाख्तरसँग भएको उपाय यही हो, बाँचिरहने । फुटबल खेलिरहने ।
बेलायती अखबार द अब्जर्भरबाट