फाल्गुन ८, २०८२ शुक्रबार | ०७:३९:३९
जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान
शनिबारको दिन

हजार गोल पछ्याउँदै रोनाल्डो

काठमाडौं । ‘म त झन पो राम्रो खेलिरहेको छु,’ यो त्यो खेलाडीको भनाइ हो, जसले भर्खरै आफ्नो ४०औं जन्मदिन मनाए । दिन थियो, फेब्रुअरी ५ ।

पछिल्लो साता विश्व फुटबलमा एउटा समाचारले राम्रै स्थान पायो र त्यो हो, क्रिस्टियानो रोनाल्डो साँच्चै ४० वर्षका भए । आफ्नो जन्मदिन मनाउने क्रममै उनले भनेको हो, ‘सायद म आफ्नो खेल जीवनमा अहिले जत्तिको फिट कहिल्यै थिइन ।’

रोनाल्डोले जितेका उपलब्धिहरुको चर्चा पनि लामै हुन्छ । व्यवसायिक खेलाडीका रूपमा उनले ३३ ठूला उपाधि चुमेका छन् । व्यक्तिगत कीर्तिमान त झन कति हो कति । 

के यो घमण्ड हो त ? होइन् । ठ्याक्कै होइन् । रोनाल्डोलाई जति पनि मन नपराउन पाइन्छ, तर उनले जसरी आफूलाई ‘फिट एन्ड फाइन’ राखेका छन्, त्यसको त प्रशंसा गर्नु नै पर्छ । भनिन्छ के भन्दा रोनाल्डो आफ्नै मेहनतले बनेका खेलाडी हुन्, अरु जस्तो उनलाई ‘गड गिफ्ट’ प्राप्त भएन् । अनि उनले गर्ने कडा मेहनत कहिल्यै रोकिएन् पनि ।

त्यसैले पनि ४० वर्षको उमेरमा पनि उनी उस्तै खेलाडी देखिन्छन्, जस्तो अरु छन् । अरु खेलाडी ४० वर्षको हुँदा हुन त संन्यास लिएर कता हो कता हुने गरेर हराइसक्थे । तर यी पोर्चुगाली खेलाडी अहिले पनि साउदी प्रो–लिगमा तहल्का मच्चाइरहेका छन् । अल-नासरका लागि मात्र होइन्, आफ्नै राष्ट्रिय टिममा पनि उनको स्थान अहिले पनि मज्जाले सुरक्षित छ ।

पोर्चुगलको जर्सीमा रोनाल्डो । 

यति भन्दा भन्दै उनीसँगै केही खेलाडीको नाम भने उल्लेख गर्नु नै पर्छ, जसले ४० वर्ष पुग्दा पनि अहिलेसम्म खेलिरहेकै छन् । जस्तो, बास्टेकबलमा लेब्रोन जेम्स । उनी पछिल्लो डिसेम्बरमा ४० वर्ष पुगे । फुटबलमै ४० वर्षको उमेरसम्म सक्रिय रहनेमा जियानलुइजी बुफोन, ज्लाटानन इब्राहिमोभिच र पेपे पनि पर्छन् । उमेरले चार दशक पार गर्दा पनि खेलिरहन सक्नु आफैमा ठूलो उपलब्धि हो नै ।

यसबीच रोनाल्डोले जितेका उपलब्धिहरुको चर्चा पनि लामै हुन्छ । व्यवसायिक खेलाडीका रूपमा उनले ३३ ठूला उपाधि चुमेका छन् । व्यक्तिगत कीर्तिमान त झन कति हो कति । यस्तोमा एउटा प्रश्न बन्छ, अब के त ? रोनाल्डोको मनमा अझै एउटा लोभ छ भने त्यो हजार गोलको कोशेढुंगा छुने उपलब्धी नै हुनेछ । उनले अहिलेसम्म नौ सय गोलको आँकडा भने पार गरिसकेका छन् ।

रोनाल्डोले पोर्चुगलका लागि युरोपेली च्याम्पियनसिप र नेसन्स लिग दुवै जिते । उनले जित्न नसकेको भनेको विश्वकप मात्रै हो ।

अहिलेसम्म कोही पनि व्यवसायिक फुटबल खेलाडीले हजार गोलको उपलब्धी आत्मसात् गरेका छैनन् । भन्न त पेलेले हजार गोल गरेको भनिन्छ । पेले आफै यस्तै दाबी गर्थे । तर कसैले पनि आधिकारिक रूपमा यसलाई पुष्टि गर्न सकेका छैनन् । त्यसैले पेलेको हजार गोल ठ्याक्कै आधिकारिक होइन् । रोनाल्डो आफैले भनेका पनि छन, ‘म हजार गोलको उपलब्धी छुन चाहन्छु ।’

अल नसारका लागि गोल गरेपछि खुसीयाली मनाउँदै रोनाल्डो । 

यसका लागि पहिलो ठूलो शर्त हो, उनी घाइते हुनु भएन् र यत्तिकै गतिले थप दुई सिजन जति खेल्न सक्नु पर्नेछ । रोनाल्डो भन्छन् पनि, ‘म पनि यही चाहन्छुं ।’ सायद उनको क्लब खेल जीवन साउदी अरेबियाबाट अगाडि बढ्ने छैन् । उनी दोहराएर फेरि युरोप फर्कने छैनन् । फर्के पनि त्यो उनको माउ क्लब स्पोर्टिङ लिस्वन मात्र हुनेछ ।रोनाल्डोले पोर्चुगलका लागि युरोपेली च्याम्पियनसिप र नेसन्स लिग दुवै जिते । उनले जित्न नसकेको भनेको विश्वकप मात्रै हो । जति बेला अर्को विश्वकप अमेरिका, मेक्सिको र क्यानाडामा हुनेछ, त्यति बेला उनी ४१ वर्षमा हुनेछन् । त्यसैले रोनाल्डोलाई लिएर अर्को प्रश्न के पनि भन्दा के उनले अबको विश्वकप खेल्ने छन् त ?

युइएफए नेसन्स लिगको ट्रफीका साथ रोनाल्डो ।