आश्विन ५, २०८१ शनिबार | ०७:०४:२७
राष्ट्रिय महिला लिगः पहिलो चरणमा विभागीय टोलीकै दबदबा ग्वार्डिओलासामु भविष्यबारे प्रश्न प्रशिक्षकको भूमिकामा जम्दै जीवेश र भोला चर्चा अङ्गीकृत फुटबलरको आरसिटीको नयाँ प्रयोग अलबिदा प्रिय सिलाची राष्ट्रिय भेट्रान च्याम्पियनसिप शनिबारदेखि हुने कुर्दन र समाज सेवा सेमिफाइनलमा ऐरिका एसियाली सिनियर कराते च्याम्पियनसिपको फाइनलमा गण्डकीले ‘ट्यालेन्ट हन्ट’ गर्ने राष्ट्रिय महिला लिगः पहिलो चरणमा विभागीय टोलीकै दबदबा ग्वार्डिओलासामु भविष्यबारे प्रश्न प्रशिक्षकको भूमिकामा जम्दै जीवेश र भोला चर्चा अङ्गीकृत फुटबलरको आरसिटीको नयाँ प्रयोग अलबिदा प्रिय सिलाची राष्ट्रिय भेट्रान च्याम्पियनसिप शनिबारदेखि हुने कुर्दन र समाज सेवा सेमिफाइनलमा ऐरिका एसियाली सिनियर कराते च्याम्पियनसिपको फाइनलमा गण्डकीले ‘ट्यालेन्ट हन्ट’ गर्ने
शनिबारको दिन पेप ग्वार्डिओला

ग्वार्डिओलासामु भविष्यबारे प्रश्न

काठमाडौं । म्यानचेस्टर सिटीमा प्रशिक्षक पेप ग्वार्डिओला यसपल्ट आफ्नो अन्तिम सिजन बिताइरहेका छन्, यदी उनले नयाँ अनुबन्ध नगर्ने हो भने । यस्तोमा स्वभाविक छ, उनको भविष्यलाई लिएर धेरै प्रश्न उठ्ने छन् नै । सिटीको पछिल्लो खेल इन्टर मिलानविरुद्ध इटालीमा थियो ।

युरोपेली च्याम्पियन्स लिगको यो खेल गोलरहित बराबरीमा सकिएको थियो । खेलपछि आयोजित पत्रकार सम्मेलनमा ग्वार्डिओलालाई इटालीका फुटबल पत्रकारले सोधिहाले, के एक दिन उनले इटालीको कुनै क्लब पनि सम्हाल्ने छन् त ? उनको उत्तर बढी कुटनीतिक पाराको रह्यो ।उनले भने, ‘मलाई इंग्लिस फुटबल मन पर्छ । यो खुबै रमाइलो पनि छ । इंग्ल्यान्डमा एक्लै आफू खुसी काम गर्न पाइन्छ । यस्तो स्वतन्त्रता भने अन्यत्र पाइन्न ।’ सायद उनले भनेको पनि ठीकै हो । त्यसैले त सिटीमा उनले यति धेरै वर्ष बिताइसके कि उनलाई पनि आश्चर्यलाग्दो हो ।

अबुधाबीले जति पनि खर्च गर्न सक्ने भएपछि ग्वार्डिओलाले पनि आफू खुसी टिम बनाउन पाएका छन् । त्यसैले घरेलु इङ्लिस प्रिमियर लिगमै सिटीको एक छत्र राज छ । 

सन् २०१६ मा उनी सिटी आएका थिए । यति धेरै समय उनी अन्यत्र कतै बसकेनन् । बार्सिलोनामा उनी चार वर्ष रहे भने बायर्न म्युनिकमा तीन । ग्वार्डिओला भन्छन्, ‘सिटी महान क्लब हो, म यहाँ खुसी महसुस गर्छुं ।’ फेरि एउटा तथ्य के पनि हो भने उनले सिटी जत्तिको क्लब दोहराएर पाउने पनि छैनन् ।

अबुधाबीले जति पनि खर्च गर्न सक्ने भएपछि ग्वार्डिओलाले पनि आफू खुसी टिम बनाउन पाएका छन् । त्यसैले घरेलु इङ्लिस प्रिमियर लिगमै सिटीको एक छत्र राज छ । तर यसबीच पनि सिटीका लागि पछिल्ला केही समय राम्रो रहेन्, आर्थिक आचार संहिता उलंघन गरेको गम्भीर आरोप क्लबमाथि छ ।अहिले नै यसको मुद्दा सुरु भइसकेको छ, हुन सक्छ, सिटीमाथि गम्भीर खाले कारवाही नै हुन सक्छ । ग्वार्डिओला आफैले भने क्लबको लगातार बचाउ गरिहेका छन् र भनिरहेका छन्, अन्य प्रतिद्वन्द्वी क्लबको इच्छा नै हो, सिटी कारवाहीमा परोस ।

सिटीको एकपल्ट युरोपेली च्याम्पियन्स लिग जित्ने सपना थियो, त्यो पनि पूरा भइसकेको छ । यस्तोमा प्रश्न स्वभाविक छ, ग्वार्डिओला कति समय अझ सिटीमा बस्ने छन्  ?

गत सिजनको अन्त्यमा लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले सबैलाई आश्चर्यमा पार्दै क्लब छाडे । उनको तर्क थियो, धेरै काम उत्तिकै धेरै तनावमा धेरै समयसम्म गर्न सकिन्न । यति धेरै गाह्रो छ, फुटबलमा प्रशिक्षक हुन् । सायद क्लोपको यो निर्णयले ग्वार्डिओलाई आफैलाई भविष्यबारे सोच्न बाध्य पारेको छ ।

सम्भवतः यो सिजन सिटीका लागि कस्तो निस्कने हो, त्यसले पनि ग्वार्डिओलाको भविष्य धेरै हदसम्म निर्धारण गर्न सक्नेछ । सिटी यसपल्ट लगातार पाँचौं पल्ट प्रिमियर लिग जित्ने अभियानमा छ । यस्तो उत्कृष्ट प्रदर्शन इंग्ल्यान्डमा अहिलेसम्म कसैले गर्न सकेका छैनन् । आर्सनल र लिभरपुलले यसमा अवरोध गर्ने काम सायद गर्नेछ ।

सिटीको एकपल्ट युरोपेली च्याम्पियन्स लिग जित्ने सपना थियो, त्यो पनि पूरा भइसकेको छ । यस्तोमा प्रश्न स्वभाविक छ,  ग्वार्डिओला कति समय अझ सिटीमा बस्ने छन् ? सिजनको अन्त्यमा उनले के कस्तो निर्णय गर्नेछन्, त्यो हेर्न लायक हुनेछ । आखिरमा त्यतिबेलासम्म उनको अनुबन्ध त सकिंदै छ नै ।