आश्विन ५, २०८१ शनिबार | ०६:५८:०१
राष्ट्रिय महिला लिगः पहिलो चरणमा विभागीय टोलीकै दबदबा ग्वार्डिओलासामु भविष्यबारे प्रश्न प्रशिक्षकको भूमिकामा जम्दै जीवेश र भोला चर्चा अङ्गीकृत फुटबलरको आरसिटीको नयाँ प्रयोग अलबिदा प्रिय सिलाची राष्ट्रिय भेट्रान च्याम्पियनसिप शनिबारदेखि हुने कुर्दन र समाज सेवा सेमिफाइनलमा ऐरिका एसियाली सिनियर कराते च्याम्पियनसिपको फाइनलमा गण्डकीले ‘ट्यालेन्ट हन्ट’ गर्ने राष्ट्रिय महिला लिगः पहिलो चरणमा विभागीय टोलीकै दबदबा ग्वार्डिओलासामु भविष्यबारे प्रश्न प्रशिक्षकको भूमिकामा जम्दै जीवेश र भोला चर्चा अङ्गीकृत फुटबलरको आरसिटीको नयाँ प्रयोग अलबिदा प्रिय सिलाची राष्ट्रिय भेट्रान च्याम्पियनसिप शनिबारदेखि हुने कुर्दन र समाज सेवा सेमिफाइनलमा ऐरिका एसियाली सिनियर कराते च्याम्पियनसिपको फाइनलमा गण्डकीले ‘ट्यालेन्ट हन्ट’ गर्ने
शनिबारको दिन राष्ट्रिय महिला लिग

राष्ट्रिय महिला लिगः पहिलो चरणमा विभागीय टोलीकै दबदबा

काठमाडौं । राष्ट्रिय महिला लिगको पहिलो चरण समाप्त हुन मात्र १३ खेल बाँकी छन् । अब, एक सातामा पहिलो चरण सकिने छ । पहिलो पटक दश टोली समावेश गरिएको लिगबाट शीर्ष पाँच टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । पहिलो चरण एकले अर्कासँग प्रतिस्पर्धा गर्दा दोस्रो चरणमा एकले अर्कासँग दुई पटक खेल्नेछन् ।

पहिलो चरण सम्पन्न हुँदा लिगमा तीन विभागीय टोलीकै दबदबा छ । विभागीय टोलीहरु नै उपाधिका दाबेदार देखिएका छन् ।

प्रतियोगितामा शसस्त्र प्रहरी बलको एपिएफ, नेपाल प्रहरीको पुलिस क्लब र नेपाली सेनाको त्रिभुवन आर्मीसँगै डिभिजन लिगबाट संकटा एफसी र बागमती युवा क्लबको सहभागिता छ ।

नेपाल राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक हरि खड्का महिला लिगमा विभागीय टोलीकै दबदबा रहेको बताउँछन् । ‘यस पटक पनि विभागीय टोलीकै दबदबा देखेको छु,’ एन्फा प्राविधिक निर्देशक खड्काले भने, ‘विभागीय टोलीलाई पहिलाको जस्तो सहज त छैन । नतिजा र अंक भने उनीहरुकै पक्षमा छ । उपाधि पनि विभागीय टोलीले नै जित्छ । विभागीय डर्बीमा जस्ले पनि जित्न सक्ने सम्भावना देख्छु ।’

संकटा र बागमतीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमिति बैठकले सिधै राष्ट्रिय लिगमा अवसर दिएको हो । यसबाहेक कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशले सुर्खेतमा भएको छनोटबाट लगमा स्थान बनाए । ०७८ सालमा सम्पन्न लिग खेलेका चन्द्रपुर र वालिङ नगरपालिकालाई पनि एन्फा कार्यसमितिले सिधै महिला लिगमा तानेको हो ।

सुर्खेतमा भएको छनोटमा चन्द्रपुर र बागमतीका खेलाडीले मधेश तथा वालिङका खेलाडीले लुम्बिनी प्रदेशबाट खेलेका थिए । तर, खराब प्रदर्शन गरेका दुबै टोली छनोटमा स्थान बनाउन सकेनन् । त्यसैले पनि उमेर समूहमा बाहुल्यता रहेको प्रदेशलाई एन्फा कार्यसमितिले सिधै लिगमा तानेको हो ।  

आर्मी र संकटा भिड्दै, तस्विरः एन्फा । 

जारी लिगमा सबै सोचेकै नतिजा निस्केका छन् । केही आकल झुक्कल नतिजालाई छाड्ने हो भने अन्य सात टिमलाई विभागीय टोलीले दबाबमा राखेका छन् । नेपाल पुलिसलाई चन्द्रपुरले गोलरहित बराबरीमा रोक्दाबाहेक सबै खेलका नतिजा विभागीय टोलीको पक्षमा गएको छ ।

नेपाल राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक हरि खड्का महिला लिगमा विभागीय टोलीकै दबदबा रहेको बताउँछन् । ‘यस पटक पनि विभागीय टोलीकै दबदबा देखेको छु,’ एन्फा प्राविधिक निर्देशक खड्काले भने, ‘विभागीय टोलीलाई पहिलाको जस्तो सहज त छैन । नतिजा र अंक भने उनीहरुकै पक्षमा छ । उपाधि पनि विभागीय टोलीले नै जित्छ । विभागीय डर्बीमा जस्ले पनि जित्न सक्ने सम्भावना देख्छु ।’

खड्काले भनेजस्तै विभागीय टोलीले अधिकांश खेलमा तीन अंक सहजै जोडेका छन् । पुलिसले चन्द्रपुरसँग बराबर खेल्दा,  एपिएफले वालिङविरुद्ध २०१ को कठिन जित निकालेको थियो । त्यसबाहेक अधिकांश खेलमा विभागीय टोलीले गोलका वर्षा नै गरेका छन् ।

विदेशी खेलाडी अनुबन्ध भएसँगै लिगको प्रतिस्पर्धा बढेको नेपाल पुलिस क्लबका प्रशिक्षक भोलानाथ सिलवाल बताउँछन् । ‘विभागीय टोलीले वर्षभरी प्रशिक्षण गरेका छन् । तर, विभाग बाहिरका टोलीले विदेशी खेलाडी अनुबन्ध गरेपछि प्रतिस्पर्धा बढेको छ । विभागीय टोलीलाई गोल निकाल्दै समस्या परेको छ ।’

लिगमा आर्मीले सुदूरपश्चिमविरुद्ध निकालेको नतिजा १४-१ नै सबैभन्दा ठूलो जित हो ।  यसैगरी आर्मीले चन्द्रपुरविरुद्ध १०-०, सुदूरपश्चिमविरुद्ध नेपाल पुलिसले ९-०, एपिएफले कोशीविरुद्ध ८-० तथा चन्द्रपुर र कर्णालीविरुद्ध समान ६-० को जित निकालेका छन् ।

केही प्रदेश र डिभिजन लिग क्लबले पनि नियमअनुसार विदेशी खेलाडी अनुबन्ध गरेका छन् । त्यसैले पनि लिगमा ठूलो स्कोर निस्कन सकेको छैन भने विभागीय टोलीलाई खेल्न सहज पनि छैन ।

एपिएफ र संकटा भिड्दै, तस्विरः एन्फा । 

विदेशी खेलाडी अनुबन्धसँगै वालिङ, कोशी, संकटा र बागमतीको प्रदर्शन धेरै राम्रो भएको छ । वालिङबाट खेलेकी युगान्डाकी ज्याकलिन नसालीले कर्णाली र बागमतीविरुद्ध ह्याट्रिक नै गरेकी छन् ।

विदेशी खेलाडी अनुबन्ध भएसँगै लिगको प्रतिस्पर्धा बढेको नेपाल पुलिस क्लबका प्रशिक्षक भोलानाथ सिलवाल बताउँछन् । ‘विभागीय टोलीले वर्षभरी प्रशिक्षण गरेका छन् । तर, विभाग बाहिरका टोलीले विदेशी खेलाडी अनुबन्ध गरेपछि प्रतिस्पर्धा बढेको छ । विभागीय टोलीलाई गोल निकाल्दै समस्या परेको छ ।’

प्रशिक्षक नियुक्तीको विषयलाई लिएर पेचिलो बनेको सुदूरपश्चिम प्रदेश भने लिगकै कमजोर टोली बन्यो । प्रशिक्षक नियुक्तीपछि नियमित खेलाडीले प्रतियोगिता नै नखेल्ने अढान लिए । तेस्रो रोजाईको खेलाडीले लिग खेल्दा ६ खेलमा ४० गोल बेहोरेको छ ।

विभागबाहिरको खेलाडीमा कोशीकी समिक्षा मगर र बागमतीकी अस्मिता खवासले चार गोल गर्दै आफूलाई भविष्यको स्टारको रुपमा उभ्याएका छन् ।

दुई खेलअघि नै एपिएफ दोस्रो चरणमा प्रवेश गरिसकेको छ । अब, नेपाल पुलिस, आर्मी, कोशी र वालिङबीच शीर्ष पाँचमा स्थान बनाउन चर्काे प्रतिस्पर्धा छ । चन्द्रपुर, संकटा र बागमतीको पनि सम्भावना उत्तिकै छ । तर, निकै कठिन यात्रा तय गर्नुपर्ने देखिन्छ । कर्णाली र सुदूरपश्चिमको भने कागजीरुपमा सम्भावना निकै कम छ ।

नेपालमै प्रभावशाली प्रदर्शन  गरिरहेकी सावित्रा भण्डारी, रेखा पौडल र अञ्जिला तुम्बाप्पो सुब्बा नहुँदा पनि विभागीय टोलीलाई लिगमा गाह्रो भइरहेको एपिएफकै प्रशिक्षक जिवेशकुमार पाण्डे बताउँछन् । दोस्रो सिजन फ्रेन्च लिग खेल्ने तयारीमा रहेकी सावित्रा हुँदा एपिएफ प्रतियोगिता भर हाबी हुने गरेको थियो । विभागीय डर्बीमै एपिएफले सहजै ३–४ गोल गथ्र्याे । अञ्जिला ग्रिसको लिग खेल्न जाने तयारीमा छिन् ।

पुलिस र चन्द्रपुर प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा । 

यसपटक विभागीय प्रतिस्पर्धामा पुलिसले दुवै खेल बराबरी खेल्यो । एपिएफले भने आर्मीविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्यो । सावित्राको अभावमा रश्मीकुमारी घिसिङ, सविता रानामगर, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, अनिता बस्नेत, अनिता केसी लगायतले एपिएफको आक्रमण सम्हालेका छन् ।

त्यस्तै, रेखा युएईको आबुधाबी काउन्ट्रीबाट खेलिरहेकी छन् । प्रभावशाली प्रदर्शन गर्दै रेखाले टोलीलाई एएफसी च्याम्पियन्स लिगमा छनोट गराइन् । रेखाको अभावमा पुलिसको अग्रपंक्ती निकै कमजोर बनेको छ । कप्तान निरु थापा बढ्दो उमेरसँगै लयमा छैनन् । निर्मला उपाध्याय, अनुष्का शेर्पा र दीपा न्यौपानले स्वभाविक प्रदर्शन गरेका छैनन् । गोलकिपर उषा नाथले चन्द्रपुरविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै हार टारेकी थिइन् । उनले एक पेनाल्टी रोकेपछि चन्द्रपुर पुलिसविरुद्ध दोस्रो जितबाट टाढा रह्यो ।

यता, आर्मीबाट विमल चौधरी, दीपा शाही, अनिता लम्जेल र चन्द्रा भण्डारीले सानदार प्रदर्शन गरिहेका छन् । ज्याकलिनपछि विमलाले ६ तथा दीपा र अनिताले समान पाँच गोल गरिसकेका छन् । गोलकिपर अञ्जना राना मगरले पनि यसपटक आफूलाई ब्यस्त रहेको पाइन् । विदेशी खेलाडीको आगमनसँगै उनी बक्सबाहिर अन्य सिजन झै आराम गर्न पाएकी छैनन् ।

विभागबाहिरको खेलाडीमा कोशीकी समिक्षा मगर र बागमतीकी अस्मिता खवासले चार गोल गर्दै आफूलाई भविष्यको स्टारको रुपमा उभ्याएका छन् ।

वालिङ र बागमती प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा । 

एपिएफका प्रशिक्षक पाण्डे सावित्रा नहुँदा स्कोरको समस्या भएको बताउँछन् । ‘सावित्रा नहुँदा हामीलाई स्कोरिङमा  समस्या छ,’ पाण्डेले भने, ‘हामी स्कोर निकाल्न मै केन्द्रित छौं । फेरी यसपटक बाहिरका टोलीहरु पनि राम्रा छन् । विदेशी खेलाडी अनुबन्ध हुँदा लिग  प्रतिस्पर्धात्मक पनि बनेको छ ।’

लिगमा निस्केका ठूला जित

खेल न. टिम नतिजा
१५ सुदूरपश्चिमविरुद्ध त्रिभुवन आर्मी क्लब  १-१४
३२आर्मीविरुद्ध चन्द्रपुर १०-०
 नेपाल पुलिसविरुद्ध सुदूरपश्चिम९-०
३१ एपिएफविरुद्ध कोशी८-०
१४ चन्द्रपुरविरुद्ध एपिएफ०-६