फाल्गुन २१, २०८२ बिहीबार | १५:४७:५२
फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो
शनिबारको दिन इङ्लिस फुटबल

प्रशिक्षक एरिक्सनले बाँचेको अन्तिम वर्ष

काठमाडौं । एक वर्षअगाडि नै समाचार आइसकेको थियो, स्वेन गोरान एरिक्सन लाई त क्यान्सर छ । त्यो पनि डरलाग्दो प्यान्क्रियाटिक क्यान्सर । भनेपछि अब उनी धेरै बाँच्दैनन् । धेरै भए एक वर्ष । यस्तोमा यसै साता समाचार आयो, यी इङ्ल्यान्डका पूर्वव्यवस्थापक रहेनन् । सबैले उनलाई सम्झे । इङ्लिस फुटबल मनपराउनेले त उनी छुटाउनै नहुने नाम हो । उनी इङ्लिस टिम सम्हाल्ने पहिलो विदेशी प्रशिक्षक थिए । समय थियो, सन् २००१ देखि २००६ ।

अहिले यहाँ चर्चा गर्न लागेको उनको फुटबलको योगदानबारे होइन । एउटा तथ्य भने तय छ, उनी असाध्यै माथिल्लो दर्जाका प्रशिक्षक हुन् । उनले आफ्नो खेलजीवनमा धेरै क्लब सम्हाले । केही नभए पनि १८ उपाधि जितेका छन् । उनको नेतृत्वमा विश्व फुटबलमा इङ्ल्यान्डको प्रदर्शन पनि माथिल्लो स्तरकै रह्यो । जम्माजम्मी २७ वर्षको उमेरदेखि उनले प्रशिक्षक जीवन सुरु गरेका थिए । सक्दो समयसम्म त्यसलाई कायम राखे । निधन हुँदा उनी ७६ वर्षका थिए ।

इङ्ल्यान्डका पूर्व कप्तान वायन रुनीसँग एरिक्सन । 

उनको जीवनकै अन्तिम एक वर्षजतिको समय अविश्वसनीय रह्यो । खुसी खुसीले बाँचे । यसबीच उनले आफूले सम्हालेका अधिकांश क्लब घुमे । त्यहाँका समर्थकसँग भलाकुसारी पनि गरे । विशेषतः लाजियो र साम्पडोरियामा उनको भ्रमण असाध्यै मन पराइयो । मार्चमै मात्र उनी लिभरपुल पनि गए । उनको सबैभन्दा प्रिय क्लब हो, लिभरपुल । तर, उनले यही क्लब भने सम्हाल्न पाएनन् । लिभरपुल र अयाक्सका भेट्रान खेलाडीबीचको एउटा खेलमा उनलाई सम्मानस्वरूप प्रशिक्षक बनाइयो ।

एरिक्सनले बेन्फिका, रोमा, फियोरेन्टिना, म्यानचेस्टर सिटी, लेस्टर सिटीदेखि मेक्सिको, आइभोरी कोस्ट र फिलिपिनी राष्ट्रिय टिम पनि हेरेका छन् । 

यसरी उनी लिभरपुलका प्रशिक्षक पनि भए र आफूलाई धन्य माने । त्यही अवसरमा उनले भनेका थिए, ‘मैले राम्रै जीवन पाएँ । म मात्र होइन, हामी सबैलाई आफ्नो मृत्युबारे डर हुने रहेछ । आखिरमा यही विन्दुमा जीवन समाप्त हुने रहेछ । तर, जीवन भनेकै मृत्यु पनि त रहेछ । सबैले यसलाई स्वीकार्नैपर्छ ।’

निधनको समाचार आएपछि धेरैभन्दा धेरैले उनलाई सम्झनुको कारण पनि छ । त्यो हो, उनको व्यक्तित्व । उनी असाध्यै भलाद्मी थिए, ‘ट्र्यु जेन्टलम्यान’ ।

लिभरपुलको प्रशिक्षक रहँदा एरिक्सन । 

एरिक्सनले बेन्फिका, रोमा, फियोरेन्टिना, म्यानचेस्टर सिटी, लेस्टर सिटीदेखि मेक्सिको, आइभोरी कोस्ट र फिलिपिनी राष्ट्रिय टिम पनि हेरेका छन् । आफ्नो मृत्युको तयारी गरिरहेका एरिक्सनले यत्तिको भन्ने बहादुरी पनि देखाए, ‘मलाई विश्वास छ, मेरो मृत्युपछि मलाई यो त भलाद्मी थियो भनोस । मलाई थाहा छ, सबैले मलाई यस्तो भन्ने पनि छैनन् । कम्तीमा मलाई सबैले यो मान्छे सकारात्मक थियो भनेर सम्झोस् । जसले आफूले सक्दो भने गरेका थिए ।’

परिवारका अनुसार एरिक्सनले मृत्यु आत्मसात् गरेको क्षण पनि शान्त थियो । उनले बहादुरीपूर्वक रोगसँग लडे । डरलाग्दो रोगलाई पनि उनले सहर्ष स्वीकारे । उनको अन्तिम सन्देश थियो, ‘कसैले पनि मेरो मृत्युमा दुःख नमान्नु । बरू सकिन्छ भने हाँस्नु । सबैलाई म धन्यवाद नै भन्न चाहन्छु । प्रशिक्षक, खेलाडी, समर्थक सबैलाई । मेरो यात्रा वास्तवमै अद्वितीय रह्यो । आफ्नो ध्यान राख्नु । आफ्नो जीवनबारे सचेत रहनु । सुखले बाँच्नु । म बिदा चाहन्छु ।’