पुस २०, २०८२ सोमबार | ०८:१५:११
पिएसजी अझै दोस्रो स्थानमै इन्टर शीर्ष स्थानमा फर्कियो फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी गाउँलेलाई ‘न्यु इयर’कपको उपाधि राष्ट्रिय लिग पाँच दिन धकेलियो, उद्घाटन खेलमा काँक्रे बिहार र फ्रेण्ड्स खेल्ने अवार्ड जित्ने अब्बल पुरुष खेलाडीहरु इन्दुको कप्तानीमा विश्वकप ग्लोबल छनोट खेल्ने महिला टिम घोषणा रञ्जन र रविनलाई उपाधि पिएसजी अझै दोस्रो स्थानमै इन्टर शीर्ष स्थानमा फर्कियो फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी गाउँलेलाई ‘न्यु इयर’कपको उपाधि राष्ट्रिय लिग पाँच दिन धकेलियो, उद्घाटन खेलमा काँक्रे बिहार र फ्रेण्ड्स खेल्ने अवार्ड जित्ने अब्बल पुरुष खेलाडीहरु इन्दुको कप्तानीमा विश्वकप ग्लोबल छनोट खेल्ने महिला टिम घोषणा रञ्जन र रविनलाई उपाधि
शनिबारको दिन इटालियन सिरी ए

इटालीमा फेरिएका प्रशिक्षकको हुल

काठमाडौं । यसपल्ट इटालीको घरेलु फुटबलमा अचम्म नै भयो भन्दा हुन्छ । त्यहाँको घरेलु लिग सिरी ‘ए’ शनिबार सुरु हुँदै छ । यस लिगमा २० टिम हुन्छन्, त्यो त सबैलाई थाहा छ । त्यसमध्ये १४ टिमले यसपल्ट लिगमा नयाँ प्रशिक्षकसहित खेल्नेछन् ।

त्यो भनेको यसपल्ट इटालीमा फेरिएका प्रशिक्षकको हुल रहेको छ भन्दा हुन्छ । यसरी नयाँ जिम्मेवारीसहित मैदानमा उत्रन लागेका एक प्रशिक्षक हुन्, एन्टोनियो कोन्टे ।

कोन्टे यसपल्ट नेपोलीका प्रशिक्षक छन् । गत सिजन नेपोलीले सबैभन्दा खराब तरिकाले उपाधि रक्षा गर्ने अभियान चलाएको थियो । डिफेन्डिङ च्याम्पियनका रूपमा नेपोली मैदानमा उत्रेको थियो । तर लिग समाप्तिमा पुग्दा टोली पुग्यो दसौं स्थानमा ।

कोन्टे युभेन्ट्सको प्रशिक्षक छँदा एक दशक जति समय यो क्लबले इटालीको घरेलु फुटबलमा वर्चस्व जमाएको थियो । 

यो भन्दा खराब अब के हुन सक्छ र ? यसपल्ट यस्तो हुने छैन, यी अनुभवी प्रशिक्षकले नेपोलीलाई फेरि उपाधिको प्रत्याशी बनाउने छन् । अन्तिम लिग तालिकामा नेपोली शीर्षको इन्टर मिलानभन्दा १९ अंकले पछाडि परेको थियो ।

कोन्टे युभेन्ट्सको प्रशिक्षक छँदा एक दशक जति समय यो क्लबले इटालीको घरेलु फुटबलमा वर्चस्व जमाएको थियो । पछि उनले चेल्सी हेरे अनि टोटनहम । लन्डनमा छँदा उनले टोटनहमका लागि भने राम्रो गर्न सकेनन् । त्यसैले यसपल्ट उनीसामु इख फेर्ने अवसर छ । लिगमा यस्ता ६ टिम छन्, जसले आफ्ना प्रशिक्षक फेरेनन्, पुरानामै कायम रहे ।

त्यसमा एक इन्टर पनि हो । गत सिजन सिमोन इन्जाघीको प्रशिक्षणमा इन्टरले उपाधि जितेको थियो । यसअघि उनी कप उपाधि जित्न माहिर थिए । इन्टरका लागि अन्ततः उनले लिग उपाधि पनि जिते । यसपल्ट उनमा पनि फेरि एकपल्ट उपाधि जित्ने धोको रहने छ ।

त्यसैले त इन्टरले केही नयाँ खेलाडी किनेर आफूलाई अझ बलियो बनाएको छ । त्यसैले सिधा-सिधा भन्दा यसपल्ट सिरी ‘ए’ मा इन्टर नै उपाधिको सबैभन्दा बलियो प्रत्याशी हो ।

इटालीको राष्ट्रिय टिमको प्रदर्शनसमेत आफैंमा कमजोर रहेको स्थिति छ । यस्तोमा यसपल्टको सिरी ‘ए’ ले धेरैको अपेक्षा पूरा गर्नुपर्ने हुन्छ ।

उपाधि होडमा रहने दुई क्लब पुरानै प्रशिक्षकमा कायम छन् । ती एटलान्टा र रोमा हुन् । एटलान्टाले फेरि एकपल्ट जियान पिएरो गास्पेरिनीकै नेतृत्वमा खेल्नेछ । रोमा भने फेरि डानियल डी रोसीकै जिम्मामा छ ।

इन्टरको छिमेकी तथा उपाधिको अर्को दाबेदार एसी मिलानमा भने प्रशिक्षकका रूपमा पाउलो फोनसेका आएका छन् । टोरिनोमा पाओलो भनोली भित्रिएका छन् ।युभेन्ट्सलाई भने थिएगो मोटाले हाँक्ने छन् । सिरी ‘ए’ मा पछिल्लो समय एउटै खास टिमलाई असाध्यै बलियो मान्न सकिने अवस्था छैन । यो लिगकै लागि राम्रो हो । तर, इटालीका टिम युरोपेली च्याम्पियन्स लिगमा भने केही कमजोर देखिने गरेका छन् ।

यो भने चिन्ताको विषय हो । इटालीको राष्ट्रिय टिमको प्रदर्शनसमेत आफैंमा कमजोर रहेको स्थिति छ । यस्तोमा यसपल्टको सिरी ‘ए’ ले धेरैको अपेक्षा पूरा गर्नुपर्ने हुन्छ ।