कार्तिक १५, २०८१ बिहीबार | ००:३४:५३
महिला टोली छाड्ने प्रशिक्षक तामाङको घोषणा नेपाललाई हराउँदै बंगलादेश लगातार दोस्रो पटक च्याम्पियन नेपाल र बंगलादेशबीचको पहिलो हाफ गोलरहित गीताले ५०औं अन्तर्राष्ट्रिय खेल खेल्दै बंगलादेशविरुद्ध नेपालकाे पहिलो रोजाई सार्वजनिक, रेखाको ठाउँमा सरु गण्डकीको सानदार जित लुम्बिनीको विजयी यात्रा जारी साफ महिला च्याम्पियनसिपः फाइनलका सबै टिकट विक्री न्युजिल्यान्डका स्कट कुग्गेलिनले सुदूरपश्चिबाट एनिपएल खेल्ने काठमाडौं महानगरले तीन स्थानमा साफ महिला च्याम्पियनसिपको फाइनल देखाउने महिला टोली छाड्ने प्रशिक्षक तामाङको घोषणा नेपाललाई हराउँदै बंगलादेश लगातार दोस्रो पटक च्याम्पियन नेपाल र बंगलादेशबीचको पहिलो हाफ गोलरहित गीताले ५०औं अन्तर्राष्ट्रिय खेल खेल्दै बंगलादेशविरुद्ध नेपालकाे पहिलो रोजाई सार्वजनिक, रेखाको ठाउँमा सरु गण्डकीको सानदार जित लुम्बिनीको विजयी यात्रा जारी साफ महिला च्याम्पियनसिपः फाइनलका सबै टिकट विक्री न्युजिल्यान्डका स्कट कुग्गेलिनले सुदूरपश्चिबाट एनिपएल खेल्ने काठमाडौं महानगरले तीन स्थानमा साफ महिला च्याम्पियनसिपको फाइनल देखाउने
शनिबारको दिन ब्राजिलियन फुटबल

ब्राजिली फुटबलले किन गुमाउँदै छ पहिचान ?

काठमाडौं । फुटबल खेललाई त्यसै सुन्दर भनिएको होइन । ब्राजिलले यो खेललाई यसरी खेल्ने गथ्र्यो कि त्यसलाई हेरेर सबै भन्ने गर्थे, कति सुन्दर फुटबल । तर, अब त यो सबै भनाइमै सीमित हुने डर भइसकेको छ ।

ब्राजिली फुटबलमा अचेल सुन्दरता रहेन । झन्डै झन्डै कुरूप हुने डर छ । खासमा ब्राजिली फुटबल दिन प्रतिदिन कमजोर भइरहेको छ । कति कमजोरभन्दा अब यो कुनै पनि ठूलो प्रतियोगितामा उपाधि दाबेदार रहेन । बरू ब्राजिललाई यस्ता ठूला प्रतियोगितामै छनोट हुन समेत गाह्रो हुन थालेको छ ।

 पेरिस ओलम्पिक २०२४ लाई नै बलियो उदाहरण मान्न सकिन्छ । किनभने ब्राजिल यो प्रतियोगिताको पुरुष फुटबलमा छनोट हुनसमेत सकेन ।

अहिले चलिरहेको दक्षिण अमेरिकी विश्वकप छनोटमै हेरौं न । विश्वास नहुन सक्छ, ब्राजिल अंकतालिकाको छैटौं स्थानमा छ । ब्राजिलले ६ खेल खेलेकामा दुईमै मात्र विजयी रहेको छ । जितभन्दा पनि बढी तीन खेलमा पराजित रहेको छ ।

त्यसैले त ब्राजिली टिम भेनेजुएला र इक्वेडर जस्ता टिमभन्दा पनि पछाडि छ । अर्जेन्टिना, उरुग्वे र कोलम्बियाजस्ता टिमभन्दा पछाडि पर्ने नै भयो । दक्षिण अमेरिकाबाट ६ टिमले सिधै विश्वकपमा प्रवेश पाउने छ ।

जम्मा १० टिमको छनोटमा यति धेरेले सिधै प्रवेश पाउने भनेको एक प्रकारले सजिलो समीकरण हो । अझ सातौं हुने टिमले अन्तर महादेशीय प्लेअफ पनि खेल्नेछ । भनेपछि असाध्यै खराब खेलेको स्थितिबाहेक दक्षिण अमेरिकाबाट विश्वकपमा प्रवेश पाउन गाह्रो छैन । यही एक प्रमुख कारणबाहेक स्थितिमा ब्राजिललाई गाह्रै हुनुपर्ने हो । तर ब्राजिल छनोट नै हुन नसक्ने अकल्पनीय स्थिति पनि नभएको होइन । यति खराब छ, टिम ।

यसका लागि पेरिस ओलम्पिक २०२४ लाई नै बलियो उदाहरण मान्न सकिन्छ । किनभने ब्राजिल यो प्रतियोगिताको पुरुष फुटबलमा छनोट हुनसमेत सकेन । यसले देखाउँदैन् र ब्राजिली फुटबल साँच्चै कमजोर छ भनेर ? कोपा अमेरिका २०२४ पनि ब्राजिली फुटबलको प्रदर्शन कहाँ ठीक रह्यो र ? टिम सेमिफाइनल पनि पुगेन । क्वार्टरफाइनलमा उरुग्वेविरुद्ध टाइब्रेकरमा पराजित भयो । समूह चरणबाट अगाडि बढ्न नै ब्राजिललाई गाह्रो भएको थियो । कोलम्बियासम्मिलित समूहमा ब्राजिल दोस्रो स्थानमा मात्र रह्यो ।

ब्राजिली फुटबलको यो अवनतिका कारण के हुनसक्छ त ? यसका धेरै कारण हुन सक्छ । पहिलो कारण, ब्राजिली फुटबलमा अचेल स्टार खेलाडी जन्मिन छाडेका छन् । नेयमर नै त्यस्ता अन्तिम खेलाडी हुन्, जसलाई सबैले चिन्छन् । अरू त अपरिचित जस्तै हुन थाले । ब्राजिली फुटबल स्वयंले आफ्नो वास्तविक खेल्ने शैली गुमाइसकेको छ । त्यो भनेको पहिले ब्राजिलले जसरी खेल्थ्यो, अचेल खेल्दैन । रनभुल्लमा छ ब्राजिल । कसरी कुन शैलीमा खेल्ने भनेर अलमलमा छ ।

ग्राफिटले ब्राजिलका पुराना खेलाडी हुन् । अहिले उनी फुटबल पण्डितका रूपमा काम गर्छन् । उनको दाबी छ, ब्राजिली फुटबलले पछिल्लो समय आफ्नो परिचय नै गुमाएको छ । 

सन् २०१४ को विश्वकपमा ब्राजिल जर्मनीको हातबाट ७-१ ले पराजित भएको थियो । यही यो विन्दु रह्यो, जहाँबाट ब्राजिली फुटबल ठ्याक्कै पछाडि पर्न गयो । ब्राजिली फुटबलका लागि यो निर्मम प्रहार थियो, मानसिक रूपमा पनि । यो हारपछि ब्राजिली फुटबल उठ्नै सकेन, अहिलेसम्म पनि ढलपल ढलपल गर्दै छ । लगातारको खराब प्रदर्शनकै कारण पछिल्ला दुई वर्षमा ब्राजिली टिमको प्रशिक्षक संख्या ६ पुगिसकेको छ ।

अवनतिका धेरै कारणमध्ये प्रमुख भने ब्राजिली फुटबलले आफ्नो वास्तविक परिचय गुमाउनु नै हो । ग्राफिटले ब्राजिलका पुराना खेलाडी हुन् । अहिले उनी फुटबल पण्डितका रूपमा काम गर्छन् । उनको दाबी छ, ब्राजिली फुटबलले पछिल्लो समय आफ्नो परिचय नै गुमाएको छ । यसको पनि प्रमुख कारण भनेको ब्राजिली खेलाडी जति युवा उमेरमै युरोप जाने र त्यहाँ व्यावसासिक फुटबल खेल्ने रहेको मानिन्छ । यसले एकातर्फ यी खेलाडी युरोपेली शैलीमै अभ्यस्त हुन्छन् ।

अर्कोतर्फ ब्राजिली घरेलु फुटबल आफैंमा कमजोर भएको छ । ब्राजिलको घरेलु फुटबलको स्तर नै आजभोलि कमजोर रहेको मानिन्छ । लिगमा राम्रा खेलाडीकै अभाव हुन थालेको छ । फेरि आजभोलि ब्राजिली फुटबल व्यवस्थापन पनि असाध्यै कमजोर रहेको मानिन्छ । क्लबस्तरमै मात्र होइन, ब्राजिली फुटबल संघमै समेत कमजोर व्यवस्थापनको जगजगी छ । यसले पनि ब्राजिली फुटबललाई कमजोर बनाउन निर्णायक भूमिका खेलिरहेको छ ।