चैत्र १३, २०८२ शुक्रबार | ०९:५६:५४
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य
शनिबारको दिन युरोपियन च्याम्पियनसिप

युरोपियन च्याम्पियनसिप २०२४: दुई महाशक्तिबीच ‘ब्लकबस्टर’ फाइनल

काठमाडौं । यो भन्दा बढी त के अपेक्षा गर्ने र ? युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरोपियन च्याम्पियनसिपको फाइनल भोलि आइतबार राति हुँदै छ । त्यसमा भिड्दै छन्, विश्व फुटबलका दुई महाशक्ति स्पेन र इङ्ल्यान्ड ।

यिनै दुई टिम ठ्याक्कै फाइनल पुग्ने अपेक्षा त थिएन । जतिबेला तिनै टिमहरू फाइनलको प्रतिस्पर्धामा पाएका छौं, खेल मस्त हुने अनुमान भने गर्न सकिन्छ । सेमिफाइनलमा जहाँ स्पनेले फ्रान्सको चुनौती समाप्त पारेको थियो, त्यहीं इङ्ल्यान्ड नेदरल्यान्ड्सलाई पन्छाउन सफल रह्यो ।

दुवै टिमको फाइनल यात्रा समान भने रहेन । स्पेन यस युरोकै अहिलेसम्मको सबैभन्दा राम्रो टिम रहेकोमा कुनै शंका छैन । प्रशिक्षक लुइस डे ला फुन्टेको नेतृत्वमा स्पेनले एक प्रकारले मखमली खेल खेलेको छ । त्यसैले टोलीले अहिलेसम्म खेलेका सबै ६ खेल जितेको छ । यो आफैमा कम्तीको प्रदर्शन होइन, किनभने पूरा युरो इतिहासमै यसअघि कोही कसैले लगातार सबै ६ खेल जितेको थिएन । यही बेला स्पेनका किशोर खेलाडी लामिन यमलको चर्चा जताततै छ ।

स्पेनले भने तीनपल्ट युरो जितिसकेको छ । अब कीर्तिमानी चौथोपल्ट जित्ने प्रयासमा हुनेछ । दुई टिमबीचको इतिहास पल्टाउने हो भने फाइनलमा स्पेन र इङ्ल्यान्ड सन् २०१८ यता पहिलो पटक एकापसमा भिड्न लागेका हुन् ।

फुटबलका पण्डितले पनि स्पेनको प्रदर्शनप्रति प्रशंसा नै गरेका छन् । इङ्ल्यान्डको प्रदर्शन भने अलिकति फरक रह्यो । टोलीले यस यात्रामा त्यस्तो मोडको सामना गरेको छ, जसमा टिमको चुनौती झन्डै झन्डै समाप्त भइसकेको थियो ।

तर, कसरी हो कसरी इङ्ल्यान्ड कायम राख्न सफल रह्यो । केही आकर्षक फुटबल खेलेन भनेर प्रशिक्षक गारेथ साउथगेटको आलोचना पनि भइरहेको छ । तर सेमिफाइनलमा डच टिमलाई हराएपछि त्यो पनि शान्त भएको छ ।

इङ्ल्यान्डले युरोको फाइनल खेल्न लागेको यो लगातार दोस्रोपल्ट हो । यसअघि युरो २०२० मा पनि इङ्ल्यान्ड फाइनल पुगेको थियो तर इटालीसँग पराजित रह्यो । त्यो घरभित्रको प्रदर्शन थियो । यसपल्ट घर बाहिर जर्मन भूमिमा प्रतियोगिता भइरहेको छ ।

यस्तोमा इङ्ल्यान्ड पहिलो पटक विदेशी भूमिमा भएको ठूलो प्रतियोगिताको फाइनल पुगेको छ । सन् १९६६ मा इङ्ल्यान्डले विश्वकप जितेको थियो । यो नै टिमको एकमात्र ठूलो उपलब्धि रहेको छ । त्यो पनि घरमै प्राप्त भएको थियो ।

स्पेनले भने तीनपल्ट युरो जितिसकेको छ । अब कीर्तिमानी चौथोपल्ट जित्ने प्रयासमा हुनेछ । दुई टिमबीचको इतिहास पल्टाउने हो भने फाइनलमा स्पेन र इङ्ल्यान्ड सन् २०१८ यता पहिलो पटक एकापसमा भिड्न लागेका हुन् ।

यस्तो खेलमा एउटा खास विशेष मोड चाहिन्छ, जसमा खेलाडीले आफ्नो जीवनकै सबैभन्दा राम्रो प्रदर्शन दिन्छन् । त्यही टिमको जित हुनेछ । 

सन् १९२९ मा दुई टोलीबीच पहिलो खेल भएको थियो । त्यसयता अहिलेसम्म २७ खेल भएको छ । पछिल्लो प्रदर्शनलाई आधार मान्ने हो भने स्पेन एक पाइला अगाडि देखिन्छ तर समग्रमा भने इङ्ल्यान्डकै प्रभुत्व छ ।

अहिलेसम्मका खेलमा इङ्ल्यान्ड १४ पटक विजयी छ भने स्पेनको पक्षमा १० जित छ । अन्य तीन खेल भने बराबरीमा टुंगिएको छ । पछिल्ला ९ खेलमध्ये स्पेन ५ पटक विजयी छ ।

सन् १९६० देखि १९८० बीच त्यस्तो मोड आएको थियो, जतिबेला इङ्ल्यान्डले स्पेनविरुद्ध लगातार ७ खेल जितेको थियो । तर, सबैभन्दा महत्त्वपूर्ण तथ्य भने इङ्ल्यान्डको पक्षमा छ । युरोमा स्पेनले अहिलेसम्म इङ्ल्यान्डलाई हराउन सकेको छैन । फाइनलमा के होला त ?

जतिबेला दुई ठूला टिम भिड्ने गर्छ, यसबारे अनुमान गर्न सजिलो हुन्न । अझ यो त फलामको चिउरा चपाए जत्तिकै गाह्रो छ । तय छ, खेल १९-२० को हुनेछ ।

यस्तो खेलमा एउटा खास विशेष मोड चाहिन्छ, जसमा खेलाडीले आफ्नो जीवनकै सबैभन्दा राम्रो प्रदर्शन दिन्छन् । त्यही टिमको जित हुनेछ । यो फाइनल खेल त्यस्तै हो । फुटबलका पारखीहरू भने एउटा तथ्यमा ढुक्क हुन सक्छन्, फाइनल भिडन्त रोमाञ्चक, सनसनीपूर्ण र माथिल्लो स्तरको हुनेछ ।