फाल्गुन २, २०८२ शनिबार | ११:१४:०१
प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा
शनिबारको दिन साफ च्याम्पियनसिप

छवि सुधारको लक्ष्यमा पाकिस्तान

काठमाडौं । पाकिस्तानले फिफाको निलम्बनमा परेका कारण साफ च्याम्पियनसिपको अघिल्लो संस्करण गुमाएको थियो । फुटबलमा राजनीतिक हस्तक्षेप धेरै भएको भन्दै अक्टोबर २०१७ मा फिफाले पाकिस्तानी फुटबलका सबैखाले गतिविधिमाथि निलम्बन गरेको थियो । एक वर्षपछि निलम्बन फुकुवा भए पनि अप्रिल २०२१ मा संघ पुनः निलम्बनमा परेको थियो ।

निलम्बन फुकुवा भएपछि १६ नोभेम्बर २०२२ मा नेपालविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै पाकिस्तानले अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गर्यो । त्यतिबेला काठमाडौंमा टोली १-० ले पराजित भएको थियो । त्यसयता टोलीले पाँच अन्तर्राष्ट्रिय खेल खेलेको छ । जसमध्ये उसले कुनै पनि खेलमा जित हासिल गर्न सकेको छैन ।

साफको तयारी स्वरुप पाकिस्तानले गत साता मात्र मौरिससमा चार देश सम्मिलित अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो । तर, सबै खेलमा टोली पराजित भयो ।

यसपाली पाकिस्तानको एउटै लक्ष्य हुनेछ, त्यो हो अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छवि सुधार्ने । पाकिस्तान हाल फिफा वरियताको १९५ औं स्थानमा छ । जुन साफ च्याम्पियनसिपमा सहभागी आठ राष्ट्र मध्येकै सबैभन्दा तल्लो वरियता हो । दक्षिण एसियाली खेलकुद(साग) मा पाकिस्तानले फुटबलमा दुईपटक स्वर्ण पदक जितेको छ । यसबाहेक पाकिस्तानको सिनियर टोलीले अन्तर्राष्ट्रिय फुटबलमा कुनै पनि उल्लेख्य उपलब्धि हासिल गर्न सकेको छैन ।

पाकिस्तान फुटबल यसरी दयनीय हुनुमा मैदान भित्रका कमजोरी मात्र नभएर बाहिरी राजनीतिको पनि भूमिका देखिन्छ । यसपाली पनि प्रतियोगिता सुरु हुनुभन्दा केहि दिन अगाडि मात्र टोलीले भारत भ्रमणका लागि सरकारबाट नो अब्जेक्सन सर्टिफिकेट(एनओसी) प्राप्त गरेको थियो । राजनीतिक अवरोधका बावजुद टोलीले बेङ्लुरुमा राम्रो प्रदर्शनको अपेक्षा गरेको छ ।

पाकिस्तानले बुधबार आयोजक भारतसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । असार ९ गते कुवेत तथा असार १२ गते नेपालसँग पाकिस्तानी टोलीले प्रतिस्पर्धा गर्नेछ ।