फाल्गुन २, २०८२ शनिबार | ११:१५:५०
प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा
शनिबारको दिन साफ च्याम्पियनसिप

पहिलो अनुभवमै उपाधि लक्ष्यमा कुवेत

काठमाडौं । विश्वकप खेलिसकेको कुवेत यसपाली साफ च्याम्पियनसिपको १४ औं संस्करणमा दुई पाहुना टोलीमध्यको एक हो ।

कुवेत फिफा विश्वकप खेलिसकेको टिम हो । कुवेतले सन् १९८२ स्पेनमा भएको विश्वकप खेलेको थियो । त्यसको दुई वर्ष अगाडि कुवेतले एएफसी एसियन कपको उपाधि जितेको थियो । जुन कुवेत फुटबलले जितेको अहिलेसम्मकै ठूलो उपाधि हो । एसियाली फुटबलमा बलियो छवि बनाएको कुवेतको छवि २०१० पछि भने अन्तर्राष्ट्रिय फुटबलमा खास दमदार छैन । कुनैबेला फिफा वरियताको २४ औं स्थानसम्म पुगेको कुवेत अहिले १४३ औं स्थानमा छ ।

पश्चिम एसियाली मुलुक कुवेत आधिकारिक निमन्त्रणालाई स्वीकार गर्दै दक्षिण एसियाको सबैभन्दा ठूलो प्रतियोगिता खेल्न बेङ्लुरु आइपुगेको छ  । बेङलुरुमा उसको एउटै लक्ष्य हुनेछ पहिलो अनुभवमै उपाधि हासिल गर्ने । समूह ‘ए’मा कुवेतले जुन २१ मा नेपालसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्दैछ ।

सेमिफाइनलसम्मको यात्रा गर्न उसले नेपालसँगै आठपटकको च्याम्पियन आयोजक भारत र पाकिस्तानको चुनौती पन्छाउनु पर्नेछ । टोलीले दोस्रो खेलमा असार ९ गते पाकिस्तान तथा असार १२ गते तेस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

पर्चुगीज प्रशिक्षक रुइ बेन्टोको नेतृत्वमा रहेको कुवेत पछिल्ला ६ खेलमा अपराजित छ । बेङ्लुरुमा पनि टोली सोही लय कायम राख्ने लक्ष्यमा हुनेछ । टोलीमा अनुभवको कमि छैन । दुई खेलाडी बाहेक २१ सदस्यीय टोलीका सबैले अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलीसकेका  छन् । वरियताका हिसाबले हेर्ने हो भने प्रतियोगितामा कुवेतभन्दा अगाडि भारत र अर्को पाहुना टोली लेबनान मात्र छन् ।