पुस ११, २०८२ शनिबार | ०१:०५:१७
एनभिए पुरुष च्याम्पियनसिपः नेपाल पुलिस र हेल्प नेपालको विजयी सुरुआत एनपिएलमा छक्का र चौकाबाट बनेका रनबराबर कफी रोपिने नेपाली क्रिकेटका सदावाहर गुरु टमाटा सहित पाँच खेलकर्मी राखेप सदस्य नियुक्त एन्फा यु-१६ युथ लिगः सातदोबाटोको पोस्टमा फ्रेन्ड्सको ९ गोल, शेर्पाले पुलिससँग सात खायो रोहित ‘ओमोडा एन्ड जेको’को ब्रान्ड एम्बासडर आर्मीको सहज जित पुलिसको विजयी सुरुआत अस्ट्रेलिया १५२ रनमै समेटियो, इङ्ल्यान्डको पनि कमजोर सुरुआत अस्ट्रेलियाको कमजोर सुरुआत आजबाट एनभिए च्याम्पियनसिप, पहिलो दिन चार खेल एनभिए पुरुष च्याम्पियनसिपः नेपाल पुलिस र हेल्प नेपालको विजयी सुरुआत एनपिएलमा छक्का र चौकाबाट बनेका रनबराबर कफी रोपिने नेपाली क्रिकेटका सदावाहर गुरु टमाटा सहित पाँच खेलकर्मी राखेप सदस्य नियुक्त एन्फा यु-१६ युथ लिगः सातदोबाटोको पोस्टमा फ्रेन्ड्सको ९ गोल, शेर्पाले पुलिससँग सात खायो रोहित ‘ओमोडा एन्ड जेको’को ब्रान्ड एम्बासडर आर्मीको सहज जित पुलिसको विजयी सुरुआत अस्ट्रेलिया १५२ रनमै समेटियो, इङ्ल्यान्डको पनि कमजोर सुरुआत अस्ट्रेलियाको कमजोर सुरुआत आजबाट एनभिए च्याम्पियनसिप, पहिलो दिन चार खेल
शनिबारको दिन साफ च्याम्पियनसिप

पहिलो अनुभवमै उपाधि लक्ष्यमा कुवेत

काठमाडौं । विश्वकप खेलिसकेको कुवेत यसपाली साफ च्याम्पियनसिपको १४ औं संस्करणमा दुई पाहुना टोलीमध्यको एक हो ।

कुवेत फिफा विश्वकप खेलिसकेको टिम हो । कुवेतले सन् १९८२ स्पेनमा भएको विश्वकप खेलेको थियो । त्यसको दुई वर्ष अगाडि कुवेतले एएफसी एसियन कपको उपाधि जितेको थियो । जुन कुवेत फुटबलले जितेको अहिलेसम्मकै ठूलो उपाधि हो । एसियाली फुटबलमा बलियो छवि बनाएको कुवेतको छवि २०१० पछि भने अन्तर्राष्ट्रिय फुटबलमा खास दमदार छैन । कुनैबेला फिफा वरियताको २४ औं स्थानसम्म पुगेको कुवेत अहिले १४३ औं स्थानमा छ ।

पश्चिम एसियाली मुलुक कुवेत आधिकारिक निमन्त्रणालाई स्वीकार गर्दै दक्षिण एसियाको सबैभन्दा ठूलो प्रतियोगिता खेल्न बेङ्लुरु आइपुगेको छ  । बेङलुरुमा उसको एउटै लक्ष्य हुनेछ पहिलो अनुभवमै उपाधि हासिल गर्ने । समूह ‘ए’मा कुवेतले जुन २१ मा नेपालसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्दैछ ।

सेमिफाइनलसम्मको यात्रा गर्न उसले नेपालसँगै आठपटकको च्याम्पियन आयोजक भारत र पाकिस्तानको चुनौती पन्छाउनु पर्नेछ । टोलीले दोस्रो खेलमा असार ९ गते पाकिस्तान तथा असार १२ गते तेस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

पर्चुगीज प्रशिक्षक रुइ बेन्टोको नेतृत्वमा रहेको कुवेत पछिल्ला ६ खेलमा अपराजित छ । बेङ्लुरुमा पनि टोली सोही लय कायम राख्ने लक्ष्यमा हुनेछ । टोलीमा अनुभवको कमि छैन । दुई खेलाडी बाहेक २१ सदस्यीय टोलीका सबैले अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलीसकेका  छन् । वरियताका हिसाबले हेर्ने हो भने प्रतियोगितामा कुवेतभन्दा अगाडि भारत र अर्को पाहुना टोली लेबनान मात्र छन् ।