मंसिर २७, २०८२ शनिबार | ०२:२२:४५
एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत
शनिबारको दिन

‘अन्डरडग’ लुम्बिनी लायन्स

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा धेरैले आस नगरेको र सोच्दै नसोचेको सफलता लुम्बिनी लायन्सले यसपटक प्राप्त गरेको छ । पछिल्लो पटक पुछारमा रहेको लुम्बिनीले यसपालि सुरुमा प्लेअफ पुग्ने रणनीति बनाएको थियो । त्यहाँभन्दा माथि पुग्न नसक्ने धेरैको आँकलन थियो । कागजमा पनि टोलीको खेलाडी सूची त्यस्तै नै थियो ।

तर, औसत खेलाडीबाट लुम्बिनी अप्रत्यासित नतिजाहरू निकाल्दै फाइनलमा स्थान बनाउन सफल भएको छ । दोस्रो संस्करणमै लुम्बिनीका लागि यो ठूलो सफलता हो ।

फेरि टोलीले प्रभावशाली प्रदर्शन गर्दै आफ्ना सशक्त विपक्षीलाई पछाडि धकेल्दै फाइनलमा स्थान बनायो ।

अब, रोहितकुमार पौडेलको कप्तानीमा रहेको टोली एउटा गजबको अविस्मरणीय खेलको पर्खाइमा छ । त्यो क्षणको पर्खाइ आज (शनिबार) मात्र हो । भौगोलिक हिसाबले मध्यपश्चिमको टोलीले सुदूरको सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि खेल्दै छ । सिमाना जोडिएको यी दुई प्रदेशबीचको लडाइँपछि नेपाल प्रिमियर लिग (एनपिएल)ले नयाँ च्याम्पियन पाउनेछ ।

गत सिजन सातमध्ये एक खेलमा मात्रै जित निकालेको लुम्बिनी यसपालि सानदार प्रदर्शन गर्न सफल भयो । सुरुवात सानदार गरे पनि त्यसपछि लगातार खराब प्रदर्शन गर्यो । फेरि टोलीले प्रभावशाली प्रदर्शन गर्दै आफ्ना सशक्त विपक्षीलाई पछाडि धकेल्दै फाइनलमा स्थान बनायो ।

लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले हराउँदै प्रतियोगितामा सुखद सुरुवात गर्यो । तर, त्यसपछि लगातार तीन खेलमा पराजित हुँदा टोलीको प्लेअफमा पुग्ने सपना नै अधुरो जस्तै देखिएको थियो । दोस्रो खेलमा अप्रत्यासित नतिजा निकाल्दै कर्णाली याक्ससँग ९ विकेटले पराजित भयो । तेस्रो खेलमा पनि काठमाडौ गोर्खाजसँग २२ रन तथा चौथो खेलमा सुदूरपश्चिमसँग ७ विकेटले पराजित भएपछि लुम्बिनी संकटमा परेको थियो । तर, पाँचौं खेलपछि टोलीले गति समात्यो । पोखरा एभेन्जर्सविरुद्ध ३ विकेटको सनसनीपूर्ण जित निकाल्यो ।

छैटौं खेलमा विराटनगरविरुद्ध ५ विकेटको जित निकालेपछि टोलीको प्लेअफ सम्भावना बढेको थियो । जित्नैपर्ने खेलमा साबिक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएपछि लुम्बिनीको प्लेअफ पक्का भयो । यो खेलमा लुम्बिनी विजयी भएपछि जनकपुर र पोखरा दुवैको प्लेअफ पुग्ने सपना तुहिएको थियो ।  

लुम्बिनीलाई उपाधि जित्ने मात्रै हैन, फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै शेर र रोहित दुवैलाई शीर्षस्थानमा उक्लने अवसर पनि छ ।

लिग चरणमा सातमध्ये चार खेलमा जित निकालेको लुम्बिनीले ८ अंक जोड्यो । समूह चरणमा टोलीले ३ खेल हारेको हो । तालिकाको चौथो स्थानमा रहँदा इलिमिनेटरका लागि छनोट भयो । समान १० अंक भए पनि विराटनगर किंग्ससँग पछि परेको काठमान्डु गोर्खाज र लुम्बिनीबीचको भेट इलिमिनेटर पक्का भयो । जहाँ लुम्बिनी उत्कृष्ट प्रदर्शन गर्दै दाबेदार टोलीको छवि बनाइरहेको काठमाडौंमाथि ४ विकेटले जित निकाल्न सफल भयो ।

दोस्रो क्वालिफायरमा टोलीको भेट विराटनगरसँग भयो । चर्चित स्वदेशी र विदेशी खेलाडीको कारण विराटनगर खेलमा हाबी हुने सबैको आँकलन थियो । लुम्बिनीलाई मैदान बाहिर नै हारिसकेको जस्तो व्यवहार गरियो । तर, कप्तान रोहित पौडेल, अस्ट्रेलियन ब्याटर डीआरसी शट, बलरहरू शेर मल्ल, तिलक भण्डारी, अभिषेक गौतम, जेजे स्मिट, रुबेन ट्रम्पलमनको प्रभावशाली प्रदर्शनपछि टोलीलाई फाइनल पुग्न विराटनगरले रोक्न सकेन ।

प्रतियोगितामा लुम्बिनी लायन्स फाइनल पुग्दा कप्तान रोहित नै सर्वाेत्कृष्ट खेलाडीको दौडमा देखिएका छन् । उनले ८ इनिङ्समा २६४ रन बनाएका छन् । रोहित पोखराका एडन रोसिङ्टन (३२३) र सुदूरपश्चिमका विनोद भण्डारी (२६४) पछि धेरै रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन् । उनले दुई अर्धशतक बनाइसकेका छन् । त्यसमा २३ चौका र ८ छक्का समावेश छ । यता, उनले सात विकेट पनि हात पारेका छन् । रोहित जस्तै डार्सी पनि २४२ रन बनाउँदै पाँचौं स्थानमा छन् ।

बलिङतर्फ पनि लुम्बिनीका स्पिनर शेर मल्ल धेरै विकेट लिने खेलाडी सूचीमा तेस्रो स्थानमा छन् । उनले ८ इनिङ्समा १४ विकेट लिइसकेका छन् । उनीअघि विराटनगरका सन्दीप लामिछाने १७ र सुदूरपश्चिमका अभिनाश बोहरा १६ विकेटसहित पहिलो र दोस्रो स्थानमा छन् । रुवेन ट्रम्पलमनले १२ विकेट लिएका छन् । लुम्बिनीलाई उपाधि जित्ने मात्रै हैन, फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै शेर र रोहित दुवैलाई शीर्षस्थानमा उक्लने अवसर पनि छ ।

रोड टु फाइनल–लुम्बिनीलिग चरणचितवन राइनोजविरुद्ध ६ विकेटले विजयीकर्णाली याक्ससँग ९ विकेटले पराजितकाठमान्डु गोर्खाजसँग २२ रनले पराजितसुदूरपश्चिम रोयल्ससँग ७ विकेटले पराजितपोखरा एभेन्जर्सविरुद्ध ३ विकेटले विजयीविराटनगर किंग्सविरुद्ध ५ विकेटले विजयीजनकपुर बोल्ट्सविरुद्ध ४ विकेटले विजयीइलिमिनेटरकाठमान्डु गोर्खाजविरुद्ध  ४ विकेटले विजयीक्वालिफायर २विराटनगर किंग्सविरुद्ध ४० रनले विजयी