फाल्गुन ११, २०८२ सोमबार | २२:१९:३४
साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो १० वर्षमा विश्वकप जित्ने लक्ष्यसहित धनगढीबाट ‘ग्रासरुट टू ग्लोरी’ अभियान सुरु ब्रिटिश गोर्खाली क्रिकेट लिगको 'टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो १० वर्षमा विश्वकप जित्ने लक्ष्यसहित धनगढीबाट ‘ग्रासरुट टू ग्लोरी’ अभियान सुरु ब्रिटिश गोर्खाली क्रिकेट लिगको 'टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल
शनिबारको दिन

तेन्दुलकरको एउटा बाटो, काम्बलीको अर्कै बाटो

काठमाडौं । भारतीय क्रिकेटका महान खेलाडी सचिन तेन्दुलकर र विनोद काम्बलीको सुरुआत लगभग एउटै जस्तै रह्यो । एउटै गुरुका चेला हुन् उनीहरु । ती गुरु हुन्, रमाकान्त आचरेकर ।

मुम्बई शिवाजी पार्कबाट सुरु भएको उनीहरुको खेलजीवनको यात्रा भने नितान्त फरक रह्यो । तेन्दुलकरले तय गरेको बाटो एउटा रह्यो, काम्बलीले तय गरेको बाटो अर्कै भयो । दुवैले खेल्न छाडेको पनि धेरै समय भइसकेको छ । यस्तोमा प्रश्न हुन्छ, अहिले यिनीहरूको चर्चा किन त ? खासमा चर्चा हुनुपर्ने त तेन्दुलकर र काम्बलीकै हो । किनभने समयले यस्तै स्थिति बनाएको छ ।

ती क्रिकेटका गुरु आचरेकरको पनि निधन भइसकेको छ । उनको स्मृतिमा मुम्बईमा एउटा स्मृतिस्थल बनाइएको छ । त्यसको उद्घाटन कार्यक्रममा तेन्दुलकर र काम्बली दुवै उपस्थित हुने त भए नै । त्यसमा जे जस्तो स्थिति देखियो, त्यसपछि त उनीहरूको चर्चा चुलिएको हो । कार्यक्रमको मञ्चमा तेन्दुलकर र काम्बली दुवै थिए । त्यसमध्ये काम्बलीको स्थिति दयनीय थियो । उनी शारीरिक रूपमा निकै कमजोर देखिए । उनले आफ्नो गुरुको सम्भनामा एउटा गीत गाए ।

सुरुआती दिनमा काम्बलीलाई तेन्दुलकरभन्दा पनि उम्दा खेलाडी मानिन्थ्यो । तर, उनले आफूलाई त्यसअनुसार स्थापित गर्न सकेनन् । 

तर उनको बोली पनि प्रस्ट थिएन । अझ मानसिक रूपमा उनी दरिलो देखिएनन् । तेन्दुलकरले हात मिलाउन खोज्दा काम्बलीले उनलाई सुरुमा चिनेनन् । केही दिनअगाडि उनलाई अझ कमजोर शारीरिक अवस्थामा देखिएको थियो, अरूले समातेर हिँडाउनुपर्ने स्थिति नै देखियो । खासमा काम्बलीको शारीरिक मात्र होइन, पारिवारिक र आर्थिक स्थिति दुवै असाध्यै कमजोर बनेको छ । अहिले उनको एउटै आर्थिक स्रोत भनेको बीसीसीआईले दिने पेन्सन मात्रै भएको छ ।

यसको ठीक विपरीत तेन्दुलकर विश्व क्रिकेटकै सबैभन्दा धनी खेलाडीमा पर्छन् । उनको कति सम्पत्ति छ, त्यसको लेखाजोखा नै छैन । उनको खेलजीवन त असाधारण नै रह्यो । उनलाई विश्व क्रिकेटकै सबैभन्दा महान खेलाडी मानिन्छ ।

सुरुआती दिनमा काम्बलीलाई तेन्दुलकरभन्दा पनि उम्दा खेलाडी मानिन्थ्यो । तर, उनले आफूलाई त्यसअनुसार स्थापित गर्न सकेनन् । जहाँ तेन्दुलकरको निजी जीवन संयमित र व्यवस्थित रह्यो, त्यहीं काम्बलीले असाध्यै बेफिक्री जीवन बिताए ।

विनोद काम्बलीको परिवारका साथ सचिन तेन्दुल्कर । 

आफ्नो खेल जीवनको चरम अवस्थामा हुने बेला पनि उनको ध्यान क्रिकेटभन्दा बढी बाहिर थियो । उनी रंगीन जीवन बिताउन चाहनेमा पर्दथे । मोजमस्तीमै समय खेर फाले । नतिजा अहिले उनी साँच्चै निकै दयनीय स्थितिमा छन् । अझ यसलाई विजोग स्थितिभन्दा पनि हुन्छ । त्यसै कारण पनि केही पुराना क्रिकेट खेलाडी उनलाई सक्दो सहयोग गर्न अगाडि आएका छन् । विशेषतः कपिल देव र सुनिल गावस्कर जस्ता पूर्व खेलाडी ।

गुरु रमाकान्त आचरेकरका साथ सचिन र विनोद (दायाँ) । 

उनीहरुले काम्बलीलाई सहयोग गर्ने वचन नै दिइसकेका छन् । तर, यसका लागि एउटा सर्त अगाडि सारेका छन् । त्यो हो, काम्बलीले आफ्नो जीवनशैली सुधार्नुपर्ने हुन्छ । अझ भन्ने हो भने सुधारगृहमै जानुपर्ने ।

काम्बलीको सबै कथा सुन्ने हो भने लाग्छ, कोही एक उत्कृष्ट खेलाडी कसरी मात्रै निकै खराब स्थितिमा पुग्न सक्छ, त्यो प्रस्ट हुन्छ । ठ्याक्कै भन्ने हो भने तेन्दुलकर सबैका लागि आदर्श हुन सक्छन्, काम्बली भने बिर्सनलायक खेलाडी ।