मंसिर १९, २०८२ शुक्रबार | १६:२२:१३
लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै जनकपुर, कप्तानको जिम्मेवारी लोफ्टी इटनलाई राखेप सदस्यसचिव मेहताले गरे पदभार ग्रहण बालगोपाल आर्मीको प्रशिक्षक सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै जनकपुर, कप्तानको जिम्मेवारी लोफ्टी इटनलाई राखेप सदस्यसचिव मेहताले गरे पदभार ग्रहण बालगोपाल आर्मीको प्रशिक्षक सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत
शनिबारको दिन नेपाली किक्रेट

पुबुदु ल्याएपछि नेपालले अमेरिकामा लय फर्काउला ?

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ को तेस्रो शृंखलाका लागि नेपाली टोली यतिबेला अमेरिकामा छ । अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म हुने एकदिवसीय त्रिकोणात्मक शृंखलामा नेपाल, घरेलु टोली अमेरिका र स्कटल्यान्डले प्रतिस्पर्धा गर्नेछन् ।

भर्खरै क्यानाडामा शृंखला सकेर अमेरिका पुगेको नेपालका लागि यो आफ्नो लय समात्ने अवसर हुनेछ । क्यानाडा शृंखलामा नेपाल जितविहीन बनेको थियो । क्यानाडा र ओमानसम्मिलित शृंखलामा नेपालले तीन हार बेहोर्दा १ खेल वर्षाका कारण रद्द भएको थियो ।

लगातार हारका कारण यस शृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले पूर्व प्रशिक्षक पुबुदु दासानायकेलाई मेन्टरको रुपमा नियुक्त गरेको छ । उनलाई टोलीमा समावेश गरेपछि अमेरिकी राष्ट्रिय टोली र त्यहाँको कन्डिसन बुझ्न सजिलो विश्वास लिइएको छ ।

नेपालले अमेरिकासँग अक्टोबर २७ र नोभेम्बर २ मा तथा स्कटल्यान्डसँग अक्टोबर २९ र नोभेम्भर ४ मा खेल्नेछ । नेपालले हालसम्म लिग-२ का ८ खेल खेल्दा १ मात्र जित निकालेको छ । तीन अंक जोडेको नेपाल सातौं स्थानमा छ । 

नेपाल र नेदरल्यान्ड्स प्रतिस्पर्धा गर्दै, फाइल तस्विर । 

नेपालले घरेलु मैदानमा भएको पहिलो शृंखलामा नेदरल्यान्ड्सविरुद्ध एउटा मात्र जित निकालेको थियो । एक खेल विना नतिजा टुंगिँदा ४ हारको नतिजा बेहोरेको छ । क्यानडा शृंखलामा ओमानविरुद्धको खेल वर्षाका कारण हुन सकेको थिएन ।

लिग २ मा नेपालले नामिबिया र क्यानडासँग समान २ तथा नेदरल्यान्ड्स र ओमानसँग समान १ हार बेहोरेको हो ।

यस्ता छन् नेपालको लिग-२ (तेस्रो शृंखला)का प्रतिद्वन्द्वी

अमेरिकाअमेरिकाले आइसिसी विश्वकप क्रिकेट लिग-२ मा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । टोली ८ खेलमा १२ अंकसहित दोस्रो स्थानमा छ । अमेरिकाले पाँचौं स्थानमा रहेर संस्करणको अन्त्य गरेको थियो । अमेरिका घरेलु मैदानको फाइदा उठाउँदै शीर्षस्थानमा उक्लिने लक्ष्यमा हुनेछ ।

नेपाल र अमेरिका प्रतिस्पर्धा गर्दै, फाइल तस्विर । 

स्टुआर्ट लको नेतृत्वमा रहेको अमेरिकालाई मोनान्क पटेल, आरोन जोन्स, आन्द्रेस गौस, सौरभ नेत्रावल्कर जस्ता खेलाडीले साथ दिने छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल र अमेरिकाबीच ६ खेल भएको छ । त्यसमा नेपाल ३ र अमेरिका २ खेलमा विजयी भएका छन् । एक खेल ‘टाइ’ भएको थियो ।

स्कटल्यान्डगत संस्करण च्याम्पियन स्कटल्यान्डले यस पटक भने आफ्नो स्वाभाविक लय समात्न सकेको छैन । उपाधि रक्षा गर्ने अभियानमा रहेको टोली ७८ खेलमा ४ जित, २ हार र १ विना नतिजासहित ९ अंक जोडेर पाँचौं स्थानमा छ । स्कटल्यान्ड यो शृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो लय फर्काउने प्रयासमा हुनेछ । शेन बर्गरको नेतृत्वमा रहेको स्कटल्यान्डलाई रिची बेरिङ्टन, जर्ज मुन्से, ब्रेन्डन म्याकलन, क्रिस ग्रेभेस जस्ता खेलाडीले साथ दिने छन् ।

नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै, फाइल तस्विर । 

नेपाल र स्कटल्यान्डबीच हालसम्म ६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएको छ । जसमा दुवै टोलीले समान ३ जित निकालेका छन् । पछिल्ला दुई खेलमा भने नेपाल विजयी भएको छ । नेपाल स्कटल्यान्डविरुद्ध यही लय कायम राख्ने लक्ष्यमा हुनेछ ।

लगातार हारका कारण यस शृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले पूर्व प्रशिक्षक पुबुदु दासानायकेलाई मेन्टरको रुपमा नियुक्त गरेको छ । उनलाई टोलीमा समावेश गरेपछि अमेरिकी राष्ट्रिय टोली र त्यहाँको कन्डिसन बुझ्न सजिलो विश्वास लिइएको छ ।

उनकै प्रशिक्षणमा विश्व क्रिकेट लिगको संरचनामा डिभिजन-५ मा रहेको नेपाल डिजिभन-२ मा पुगेर एकदिवसीय विश्वकप छनोटसम्म पुगेको थियो । विश्वकप लिग-२ खेल्नुअघि ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा शुक्रबार घरेलु टोली अमेरिकामाथि नेपालले १७ रनको जित निकालेको छ ।

नेपाली टोलीका मेन्टर पुबुदु दासानायके, फाइल तस्विर ।