भाद्र २३, २०८१ आइतबार | ०८:३४:३३
इङ्ल्यान्डको विजयी सुरुआत जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने इङ्ल्यान्डको विजयी सुरुआत जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने
शनिबारको दिन अनिता बस्नेत

लयमा फर्किएकी अनिता

काठमाडौं । बढ्दो उमेर र खस्कँदो प्रदर्शनसँगै दशरथ रंगशालामा हुने साफ च्याम्पियनसिपमा स्थान पक्का गर्न अनिता बस्नेतका लागि निकै कठिन अवस्था थियो । ०७८ सालमा महिला राष्ट्रिय लिगमा अनिताको प्रदर्शन खासै लायकको थिएन । सबैले मानेका थिए । अनिताको लय खस्किएछ । उनको समेत विकल्प खोज्ने समय आयो ।

अनिता आबद्ध विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले युवा टोलीबाट विकल्पखोज्यो । रौतहटबाट उत्कृष्ट प्रदर्शन गर्दै आएकी राइट विंगर सविता रानामगरलाई करारमा भित्रायो । सवितालाई केही खेलमा मौका पनि दियो ।

अनिताको मनमा इख बस्यो । मिहिनेतबिना काम छैन । आफ्नो खस्केको प्रदर्शन सुधार गर्न अग्रसर भइन् । चितवनमा सम्पन्न पहिलो चरणको महिला लिगमा आफूलाई सुधार गर्दै राम्रो प्रदर्शन दिन सफल भइन् ।

लगत्तै ०७८ साल भदौमा बंगलादेशविरुद्ध भएको दुई मैत्रीपूर्ण खेलमा प्रशिक्षक ग्यारी फिलिप्सले अनिताको स्थानमा सवितालाई डेब्यु गराए । साविताले प्रमाणित गर्दै १४औं मिनेटमा नेपाललाई अग्रता समेत दिलाइन् । यसपछि भने अनिताको मनमा इख बस्यो । मिहिनेतबिना काम छैन । आफ्नो खस्केको प्रदर्शन सुधार गर्न अग्रसर भइन् । चितवनमा सम्पन्न पहिलो चरणको महिला लिगमा आफूलाई सुधार गर्दै राम्रो प्रदर्शन दिन सफल भइन् ।

यसपछि भने प्रशिक्षक कुमार थापाले दशरथ रंगशालामा सम्पन्न छैटौं साफ च्याम्पियनसिपमा सवितालाई टोलीबाहिरै राखे भने, अनितालाई स्थान दिए । यो निर्णय केही हदसम्म विवादास्पद पनि मानियो । तर, प्रशिक्षक थापाको निर्णयलाई राइट विंगर अनिताले न्याय गरिन् । प्रभावशाली प्रदर्शन गरिन् । सबैको मन जित्न सफल भइन् ।

साफसँगै अनिताले फेरि एक पटक आफू उच्च लयमा रहेको जानएकी छन् । करिब ८ हजार घरेलु दर्शकसामु नेपाल फाइनलमा पुग्यो । करिब १६ हजार दर्शकसामु नेपाल फेरि एकपटक उपाधिबाट वञ्चित भयो ।  यसपटक बंगलादेश तगारो बन्यो । तर, अनिताले भने आफू लयमा फर्किएको जनाउ दिइन् ।

‘गत वर्ष अलि सहज थिएन । अब, पहिलाकै लयमा फर्किएको पक्कै हो ! प्रमाणित पनि गरें होला,’ अनिताले साफ खेलिरहँदा भनेकी थिइन् । साफसँगै अनिताको गोलसंख्या राष्ट्रिय टोलीमा ७ पुगेको छ । क्याप भने ४२ पुगिसकेको छ । साफमा चार खेल खेल्दा अनिताले तीन गोल गरिन् ।

फेरि एक पटक अनिताले नेपाललाई उपाधि जिताउने योजना सफल बनाउन सकिनन् । यस पटक त अनिता निकै उच्च लयमा थिइन् । सायद यो कतै उनको जीवनकै उच्च लय थियो होला । उद्घाटन खेलमा भुटानविरुद्ध अनिताले दुई गोल गरिन् । सधैं भुटानविरुद्ध एकोहोरो दबाब बनाउँदै आएको नेपाल यसपटक भने त्यस्तो देखिएन ।

अर्जेन्टिनी युवा स्टार युवा पाउलो डिबालालाई ‘आइडल’ मान्ने अनिताले नेपाललाई साफ र सागको उपाधि जिताउने योजना भने सफल बनाउन सकेकी छैनन् । साफको अघिल्ला पाँच संस्करण भारतसँग चुकेको नेपाल घरेलु मैदानमा यसपालि बंगलादेशसँग पराजित हुँदा उपाधिबाट फेरि टाढा रह्यो । नेपाल साफको फाइनलमा भारतसँग चार र बंगलादेशसँग एक पटक पराजित भएको छ । यसपटक त अनिताले फाइनलमा समेत गोल गरिन् । तर, त्यो गोल नेपाललाई च्याम्पियन बनाउन पर्याप्त थिएन । बंगलादेशले तीन गोल गरेको थियो ।

फेरि एक पटक अनिताले नेपाललाई उपाधि जिताउने योजना सफल बनाउन सकिनन् । यस पटक त अनिता निकै उच्च लयमा थिइन् । सायद यो कतै उनको जीवनकै उच्च लय थियो होला । उद्घाटन खेलमा भुटानविरुद्ध अनिताले दुई गोल गरिन् । सधैं भुटानविरुद्ध एकोहोरो दबाब बनाउँदै आएको नेपाल यसपटक भने त्यस्तो देखिएन ।

सावित्रा भण्डारीको गोलमा पहिलो हाफमा १–० को अग्रताबनाएको नेपाल सावित्राले नै ६८औं मिनेटमा गोल गर्दा २–० को अग्रता बनायो । खेल हेर्दा लाग्थ्यो, नेपाल अब गोलबाट टाढा रहने छ । तर, अनिताले उत्कृष्ट प्रदर्शन देखाएपछि नेपाल त्यतिकैमा रोकिएन । तीन खेलाडीलाई छक्याएर बक्सबाहिर प्राप्त बललाई अनिताले ७३औं मिनेटमा लामो प्रहार गर्दै उच्चस्तरीय गोल गर्न सफल भइन् ।

भुटानविरुद्ध प्लेयर अफ द म्याच चुनिएकी २८ वर्षीया अनिताले लेफ्ट विंगर अनिता केसीको पासमा बक्सभित्रबाट उत्कृष्ट गोल गर्दै नेपालको ४–० को जित सुनिश्चित गरेकी थिइन् ।

विस्तारै तेह्रथुङ पनि महिला खेलमैत्री हुँदै गयो । अनितालाई समेत सजिलो हुँदै गयो । माध्यमिक तह (एसएलसी) आउँनै लाग्दा घरबाट भागेर फुटबल खेल्न पुगिन् । हातसमेत भाँचियो । उपचारका लागि धरान नै पुगिन् ।

तेह्रथुङको सन्दुमा जन्मिएकी अनिता अहिले त महिला फुटबल टोलीको स्टार खेलाडी भइसकेकी छन् । घरमा दैनिक फुटबल खेल्न बाआमालाई सोध्न पर्ने अवस्था थियो । तर, पनि खेल्न कहिल्यै खेल्न छाडिनन् । बाआमाको आज्ञाविना पनि भागेर खेल्न जान थालिन् । जिल्लामा समेत महिला खेलाडी कमै हुन्थे । यस्तो अवस्थामा अनिताले समेत दाइहरूसँग मिलेर अन्य खेलाडीझै मोजाकै बलमा खेल सुरुवात गरिन् ।

विस्तारै तेह्रथुङ पनि महिला खेलमैत्री हुँदै गयो । अनितालाई समेत सजिलो हुँदै गयो । माध्यमिक तह (एसएलसी) आउँनै लाग्दा घरबाट भागेर फुटबल खेल्न पुगिन् । हातसमेत भाँचियो । उपचारका लागि धरान नै पुगिन् । २०६८ सालमा पूर्वाञ्चलबाट छैटौ राष्ट्रिय खेलकुद प्रतियोगिता खेलिन् । छैटौं राष्ट्रिय खेलकुदपछि विभागीय टोली एपिएफ क्लबले करारमा राख्ने भयो । यसपछि अनिताको व्यावसायिक फुटबल अघि बढेको थियो । नेपाली फुटबलमा अहिले झै सुरुवातमा समेत राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता थियो । प्लेइङ सेटमा मौका बनाउन निकै प्रयास गरिन् ।

सन् २०१४ मा पाकिस्तानमा भएको महिला साफ च्याम्पियनसिपबाट अनिताले राष्ट्रिय टोलीबाट डेब्यु गरिन् । यसपछि टोलीमा नियमित छिन् । उनले पाकिस्तानपछि भारतमा आयोजना भएको सन् २०१६ र नेपालमै लगातार आयोजना भएको सन् २०१९ र २०२२ को साफमा नेपालको प्रतिनिधित्व गरिसकेकी छिन् ।

दक्षिण एसियाली खेलकुद (साग) मा समेत नेपालको प्रतिनिधित्व गरेकी छन् । यसबाहेक ओलम्पिक छनोट, एसिया छनोट, नादेझ्दा कप, हिरो गोल्डकपमा नेपालको जर्सी लगाएकी छन् । नेपालमा मात्रै हैन भारतीय घरेलु लिगसमेत खेलेकी छन् । दुई सिजन सेथु एफसीबाट खेल्दा एक सिजनभने सेथुलाई आई लिग च्याम्पियन बनाइन् । यस्तै, माल्दिभ्स पुलिसलाई माल्दिभ्समा फुटसल उपाधि जिताएकी छन् ।