फाल्गुन १२, २०८२ मंगलबार | ००:१३:३५
फागुन अन्तिम साता स्टार क्रिकेट आयोजना हुने संकटाविरुद्ध प्लानिङ ब्वाइजको सानदार जित साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो फागुन अन्तिम साता स्टार क्रिकेट आयोजना हुने संकटाविरुद्ध प्लानिङ ब्वाइजको सानदार जित साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो
शनिबारको दिन नेपाली फुटबल

एन्फा महिला लिगः एपिएफको वर्चस्व, उपाधि छिनोफानो बाँकी नै

काठमाडौं । एपिएफ क्लबका प्रशिक्षक जीवेश पाण्डेले ठीकै भनेका हुन्, एन्फा महिला लिग फुटबल त्यसरी चलेको छ, जस्तो अन्यत्र कतै हुन्न । तर खेल्नु त परेकै छ । किनभने यसले अहिलेसम्म च्याम्पियन पाएकै छैन ।

प्लेअफको नियमले गर्दा लिग साँच्चै लिग जस्तै रहेन । एउटा इलिमिनेटर त सकिसकेको छ, आज शनिबार क्वालिफायर–वान हुँदै छ । यसमा भिड्न लागेका छन्, तिनै एपिएफ र त्रिभुवन आर्मी क्लब ।

यो प्लेअफमा के कस्तो भयो । त्यो चर्चा पछि नै हुनेछ । अहिले भने प्रतियोगिताको त्यो चरणको कुरा गर्नेछौं, जसलाई लिगकै भन्न सकिन्छ । दोस्रो चरणमा ५ टिम थिए । तिनले डबल राउन्ड रोबिनको आधारमा खेलेका थिए ।

लिगका दुई चरणमा गरेर यी तीन टिमले एक आपसमा तीन तीन पटक भिडेका छन् । नेपाली महिला फुटबलमा यी टिमले एकै वर्ष यति धेरै खेलेको यो नै पहिलो पटक हो ।

त्यस अगाडि पहिलो चरणमा १० टिमले एक आपसमा एक चरण खेलेका थिए । यी दुवै चरण मात्र आधार मान्ने हो भने एपिएफ च्याम्पियन टिम नै रह्यो । टोली लिगमा पूरापूर हाबी रह्यो ।

अहिले हामीले ती दुई चरणको मात्र पनि चर्चा गर्ने छैनौं । चर्चा त तीन विभागीय टिम र तिनले खेलेका खेलको मात्र गर्नेछौं । किनभने यिनै ती तीन टिम हुन्, जसका बीच खास प्रतिस्पर्धा चल्यो । यसमा पनि एपिएफ पूरापूर हाबी रह्यो ।

एएिफ र नेपाल पुलिस प्रतिस्पर्धा गर्दै, तस्विर सरोज सापकोटा/ खेलाडी । 

लिगका दुई चरणमा गरेर यी तीन टिमले एक आपसमा तीन तीन पटक भिडेका छन् । नेपाली महिला फुटबलमा यी टिमले एकै वर्ष यति धेरै खेलेको यो नै पहिलो पटक हो ।

त्यसमा एपिएफले पाँच खेल जित्यो र एक मात्र बराबरी खेल्यो । त्यस अर्थमा एपिएफले ६ खेलमा १६ अंक बटुल्यो । यी खेलहरूमा एपिएफले गरेको गोलसंख्या हो, १५ । तीन गोल मात्र सामना गरेको छ । यसरी एपिएफ अपराजित नै रह्यो । आर्मीले ६ खेलमा ५ अंकमात्र बटुल्न सक्यो । यसमा एकै जित मात्र रह्यो अनि दुई बराबरी र बाँकी तीन खेलमा हार ।

यो महिला लिग फुटबलले अबका तीन खेलपछि च्याम्पियन पाउने छ । त्यो एपिएफ भएन भने त्यसलाई दोहोर्याएर भने हुन्छ, यो त अन्याय नै भयो । 

आर्मीले ५ गोल गर्दा उल्टै ८ गोल खायो । अब भनिरहनुपर्दैन । आर्मीको तीन हार एपिएफसँग नै रह्यो । पुलिसले ६ खेलमा बटुलेको भनेको तीन अंकमात्रै हो । यो तीन अंक पनि ३ बराबरीबाट हो । त्यस अर्थमा पुलिसले आफ्ना विभागीय प्रतिद्वन्द्वीमाथि एउटै पनि जित निकाल्न सकेन । त्यो पनि सुरुका तीन खेल बराबरी खेलेको हो, पुलिसले ।

त्यसपछि त पुलिस लगातार ३ खेलमा पराजित रह्यो । अझ पुलिसले यी ६ खेलमा एकै गोलमात्र गर्न सक्यो भने उल्टै १० गोल खाएको छ । यी खाएका गोलमध्ये एकै खेलका ६ गोल पर्छ । यो खेल थियो एपिएफसँग ।

वालिङविरुद्ध बल अगाडि बढाउँदै प्रीति राई, तस्विरः सरोज सापकोटा/खेलाडी । 

यस्तोमा मज्जाले भन्न सकिन्छ, यसपल्ट आर्मी र पुलिसले पनि एपिएफसामू बलियो चुनौती पेस गर्न सकेन । उनीहरू वास्तवमै एपिएफभन्दा धेरै पछाडि रहे । कहाँ १६ अंक अनि कहाँ ५ र ३ अंक ।

पुलिस क्लबका प्रशिक्षक भोला सिलवालले पनि ठीकै भनेका छन्, विभागीय टिमबीच हुने खेल र त्यसको नतिजाको विशेष अर्थ हुन्छ । यसमा वास्तविक प्रतिष्ठाको खेल पनि हुने गर्छ । त्यस अर्थमा जति प्रतिष्ठाको खेल रह्यो, त्यो सबै एपिएफको नाममै गयो । यो महिला लिग फुटबलले अबका तीन खेलपछि च्याम्पियन पाउने छ । त्यो एपिएफ भएन भने त्यसलाई दोहोर्याएर भने हुन्छ, यो त अन्याय नै भयो ।