मंसिर ६, २०८१ बिहीबार | १५:४०:४०
खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग
शनिबारको दिन युरोपियन च्याम्पियनसिप

युरोपियन च्याम्पियनसिपः यस्ता छन् छनोट २१ राष्ट्र, अझै तीन बाँकी

काठमाडौं । जर्मनीले सन् २०२४ को युरोपियन च्याम्पियनसिप फुटबलको आयोजना गर्दै छ । प्रतियोगितामा २४ टोलीले प्रतिस्पर्धा गर्नेछ । जर्मनीले आयोजकका रूपमा सिधै युरोपियन च्यापिम्पयनसिप खेल्ने हुँदा २० टोलीले छनोटबाट प्रतियोगितामा स्थान पक्का गरिसकेका छन् । बाँकी तीन टोलीको टुंगो भने प्लेअफ खेलबाट लाग्ने छ ।

गत संस्करणमा सहभागिता जनाएका वेल्स र फिनल्यान्डले यसपालि प्लेअफ खेल्नुपर्ने छ । यस्तै अल्वानिया र स्लोभेनियाले युरोपियन च्याम्पियनसिपमा पुनरागमन गरेका छन् ।

युरोपियन च्याम्पियनसिपमा छनोट टोली

समूह ‘ए’ छनोटको समूह ‘ए’ बाट स्पेन र स्कटल्यान्डले युरोपियन च्याम्पियनसिपमा स्थान पक्का गरे । स्पेन स्पेनले ८ खेल खेल्दा ७ जित र एक हार नतिजासहित २१ अंकसाथ शीर्षस्थानमा रह्यो ।  

दोस्रो स्थानको स्कटल्यान्डले ८ खेलमा ५ जित, २ बराबरी र १ हारको नतिजासहित १७ अंक जोड्यो । यो समूहको तेस्रो स्थानमा रहेको नर्वेले प्लेअफ खेल्नेछ ।

समूह ‘बी’समूह ‘बी’ बाट फ्रान्सले विजेता र नेदरल्यान्ड्सले उपविजेताका रूपमा युरोपियन च्याम्पियनसिपका लागि स्थान पक्का गरे । 

फ्रान्सले ८ खेल खेल्दा ७ जित र १ बराबरी नतिजासहित २२ अंक जोड्यो । नेदरल्यान्ड्सको समान खेलबाट ६ जित र २ हारको नतिजासहित १८ अंक रह्यो । समूहको तेस्रो स्थानको ग्रिसले प्लेअफ खेल्नेछ ।

समूह ‘सी’समूह ‘सी’ बाट साबिक उपविजेता इङ्ल्यान्ड र विजेता इटाली युरोपियन च्याम्पियनसिपमा छनोट भएको छ । समूह विजेता बनेको इङ्ल्यान्डले ८ खेलमा ६ जित र २ बराबरी नतिजासहित २० अंक जोड्यो । 

उपविजेता बनेको इटाली भने भाग्यमानी साबित भयो । ८ खेलमा ४ जित, २ बराबरी र २ हारको नतिजा निकालेको इटालीले १४ अंक जोड्यो । 

तेस्रो स्थानको युक्रेनसँग समान अंक रहे पनि ‘हेड टु हेड’ मा अगाडि रहँदा इटालीले सिधै युरोपियन च्याम्पियनसिपमा स्थान पक्का गरेको हो । तेस्रो स्थानको युक्रेनले भने प्लेअफ खेल्नुपर्ने भएको छ ।

समूह ‘डी’समूह ‘डी’ बाट टर्की र क्रोएसियाले प्रतियोगिताका लागि स्थान सुरक्षित गरे ।  शीर्षस्थानको टर्कीले ८ खेलमा ५ जित, २ बराबरी र १ हारको नतिजा निकाल्दै १७ अंक जोड्यो । 

समान खेलबाट ५ जित, १ बराबरी र २ हार नतिजासहित १६ अंक जोडेको क्रोएसिया दोस्रो स्थानमा रह्यो । तेस्रो स्थान हासिल गरेको वेल्सले प्लेअफमा आफ्नो चुनौती पेस गर्नेछ ।

समूह ‘इ’

यो समूहबाट अल्वानियाले विजेता र चेक गणतन्त्रले उपविजेताका हैसियतमा युरोका लागि स्थान सुरक्षित गरेको थियो । सन् २०१६ पछि युरोपियन च्याम्पियनसिप खेल्न लागेको अल्वानियाले ८ खेलमा ४ जित, ३ बराबरी र १ हार नतिजासहित १५ अंक जोड्यो ।

समान अंक भए पनि ‘हेड टु हेड’ मा पछि पर्दा चेक गणतन्त्र दोस्रो स्थानमा रह्यो ।  तेस्रो स्थानको पोल्यान्डले भने युरोपियन च्याम्पियनसिपमा स्थान बनाउन प्लेअफको सहारा लिनुपर्ने भएको छ ।

समूह ‘एफ’यो समूहबाट बेल्जियम र अस्ट्रियाले प्रतियोगितामा स्थान सुरक्षित गरेको थियो । शीर्षस्थानको बेल्जियमले ८ खेल खेल्दा ६ जित र २ बराबरी नतिजासहित २० अंक जोड्यो । समान खेलमा ६ जित एक बराबरी र एक हारको नतिजा निकालेको अस्ट्रिया १९ अंकसाथ दोस्रो स्थानमा रह्यो । तेस्रो स्थानको स्विडेनले प्लेअफ खेल्नुपर्नेछ ।

समूह ‘जी’समूह ‘जी’ बाट हंगेरी र सर्बिया प्रतियोगितामा स्थान बनाउन सफल रहे । शीर्ष स्थानको हंगेरीले ८ खेलमा ५ जित र ३ बराबरीसहित १८ अंक जोड्यो । 

समान खेलमा ४ जित, २ बराबरी र २ हारको नतिजासहित १४ अंक जोडेको सर्बिया दोस्रो स्थानमा रह्यो । तेस्रो स्थानको मोन्टनेग्रोले प्लेअफमा आफ्नो चुनौती प्रस्तुत गर्नेछ ।

समूह ‘एच’यो समूहबाट डेनमार्कले विजेता र स्लोभेनियाले उपविजेताका रूपमा युरोपियन च्याम्पियनसिपमा स्थान सुरक्षित गरे ।  डेनमार्कले १० खेलमा ७ जित, १ बराबरी र २ हारको नतिजासहित २२ अंक जोड्यो । 

समान अंक भए पनि स्लोभेनिया ‘हेड टु हेड’ मा पछाडि पर्दा दोस्रो स्थानमा रह्यो । स्लोभेनियाले २४ वर्षपछि युरोपियन च्याम्पियनसिप खेल्न लागेको हो । स्लोभेनियाले पछिल्लो पटक सन् २००० मा यो प्रतियोगितामा खेलेको थियो । 

यो समूहबाट तेस्रो स्थानको फिनल्यान्डले प्लेअफ खेल्नेछ ।

समूह ‘आइ’यो समूहबाट रोमानिया र स्विट्जरल्यान्डले प्रतियोगितामा स्थान सुरक्षित गरे । समूहमा शीर्षस्थानको रोमानियाले १० खेलमा ६ जित र ४ बराबरी नतिजासहित २२ अंक जोड्यो । 

स्विट्जरल्यान्ड समान खेलमा ४ जित, ५ बराबरी र १ हारको नतिजा निकाल्दै १७ अंकसाथ दोस्रो स्थानमा रह्यो । तेस्रो स्थानको इजरायलले प्लेअफ खेल्नेछ । 

समूह ‘जे’यो समूहबाट पोर्चुगलले विजेता र स्लोभाकियाले उपविजेताका रूपमा युरोपियन च्याम्पियनसिप खेल्ने पक्का गरेको थियो । छनोटमा शतप्रतिशत जित निकाल्ने एक्लो टोली पोर्चुगलले १० खेलमा ३० अंक जोड्यो । 

स्लोभाकियाले १० खेलमा ७ जित, १ बराबरी र २ हारसहित २२ अंक जोडेको थियो । तेस्रो स्थानको लक्जेम्बर्गले प्लेअफमा आफ्नो चुनौती पेस गर्नेछ । 

 शनिबारका अन्य स्टोरीः भारत विश्व क्रिकेटको नयाँ चोकर हो ?एनएसएलले ‘मिस’ गर्ने खेलाडीहरूएनएसएलको केन्द्रबिन्दुमा विदेशी खेलाडीनेपाल सुपर लिगः ओलामाउको गोलदेखि गोलसम्म पहिलो संस्करण