मंसिर ६, २०८१ बिहीबार | १५:३३:१०
खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग
शनिबारको दिन नेपाली क्रिकेट

टियूमा किन भइरहेछ टस नै निर्णायक ?

काठमाडौं । आइसिसी विश्वकप लिग २ को पहिलो त्रिकोणात्मक अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलामा अहिले नेपाल, नेदरल्यान्ड्स, नामिबिया प्रतिस्पर्धा गरिरहेका छन् ।

तीन बलिया टोलीबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अपेक्षा गरिए पनि हालसम्म हालसम्मका पाँचै खेल सहज रूपमा सकिएका छन् । पाँच खेल सकिँदा सबैमा एउटै समानता छ । र, त्यो हो टस ।

कीर्तिपुरस्थित त्रिवि (टियू) क्रिकेट मैदानमा जारी शृंखलाका पाँच खेल सकिँदा सबैमा टस जित्ने टोलीले नै पहिला फिल्डिङ रोजेका छन् । त्यसमा चार खेल पहिला फिल्डिङ गर्ने टाेलीकै पक्षमा गएकाे छ । 

खेल जित्न उत्कृष्ट प्रदर्शन आवश्यक पर्छ । तर, कतिपय मैदानहरू यस्ता हुन्छन्, जहाँ टस पनि कारक बन्ने गर्दछ । अहिले त्रिवि क्रिकेट मैदान यसैको एउटा उदाहरण बन्न पुगेको हो ।

कीर्तिपुरमा बिहानको समयमा शीत परेर विकेट ओसिलो हुने भएकाले बलमा स्विङ र टर्न बढी आउन सक्छ, जसले गर्दा ब्याटरलाई कठिन हुन्छ । घाम लाग्दै गएपछि विकेट फ्ल्याट (ब्याटिङ सहयोगी) हुँदै जान्छ, दोस्रो इनिङ्समा ब्याटरले खुलेर रन बनाउन सक्छन् । त्यसैले पहिलो इनिङ्समा बनेको मध्यम स्कोरलाई जवाफी टोलीले सजिलै पूरा गर्ने गरेको छ ।  

नेपाल र नामिबिया प्रतिस्पर्धा गर्दै

नामिबियाविरुद्धको पहिलो खेलमा टस हारेर ब्याटिङ निम्तो पाएको नेपाल ४१.१ ओभरमा १३३ रनमै समेटियो । भीम सार्कीले सर्वाधिक ४४ रनको योगदान गरे । नामिबियाका कप्तान जेरार्ड इरासमसले पाँच विकेट लिएका थिए ।

१३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । नामिबियाका जान फ्राइलिंकले सर्वाधिक ३४ रन बनाए । नेपालका सोमपाल कामीले सर्वाधिक तीन विकेट लिएका थिए ।

दोस्रो खेलमा टस जितेको नेपालले नेदरल्यान्ड्सलाई पहिलो ब्याटिङ गर्न बोलाएको थियो । नेदरल्यान्ड्स ३९ ओभरमा १३७ रनमै समेटियो । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्डसले सर्वाधिक ३३ रन बनाएका थिए । नेपालका कुशल भुर्तेलले सर्वाधिक चार विकेट लिए ।

१३८ रनको लक्ष्य नेपालले १५.२ ओभरमा मात्र एक विकेट गुमाउँदै पूरा गरेको थियो । नेपालका अनिल शाहले ५७ र आसिफ शेखले ५४ रनको योगदान दिएका थिए । नेदरल्यान्ड्सबाट एकमात्र विकेट भिभियन किङ्गमाले लिएका थिए । नेपाली ओपनिङ ब्याटर आसिफ शेख कीर्तिपुरमा बिहानी सत्रमा  ब्याटिङ गर्न गाह्रो हुने बताउँछन् । ‘हामीले जति पनि खेल त्रिवि मैदानमा खेलेका छौं, त्यसमा टसले एकदमै निकै अर्थ राख्छ । किनकि बिहानीसत्रमा ब्याटिङलाई अलिकति चुनौतीपूर्ण हुन्छ,’ आसिफले नेदरल्यन्ड्सविरुद्ध खेलेपछि भनेका थिए, ‘दोस्रो इनिङ्समा ब्याटिङ केही सहज हुन्छ । हामीले त्यसको भरपूर फाइदा उठाएका हौं ।’

आसिफ शेख 

नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्डस भने कीर्तिपुर मैदानमा बिहानीसत्रमा ब्याटिङ गर्न चुनौतीपूर्ण रहे पनि यही नै हारको प्रमुख कारण नभएको बताउँछन् । ‘यहाँ बिहान ब्याटिङ गर्न चुनौतीपूर्ण छ, तर यही नै हारको प्रमुख कारण भने होइन,’ एड्वार्डसले भने, ‘हामीले पावर-प्लेमा भन्दा मध्यम ओभरमा लय गुमायौं । सेट भएर पनि ठूलो योगफलसम्म पुग्न सकेनौं ।’

तेस्रो खेलमा पनि नेदरल्यान्ड्सले नामिबियाविरुद्ध उही शैलीलाई निरन्तरता दिँदै टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको थियो । पहिलो ब्याटिङ गरेको नामिबिया ३५.१ ओभरमा १२३ रनमै समेटियो । नामिबियाका जेजे स्मिथले सर्वाधिक २६ रन बनाए । नेदरल्यान्ड्सका आर्यन दत्तले सर्वाधिक ६ विकेट लिए ।

नेदरल्यान्ड्सले १२४ रनको लक्ष्य २७.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो । माइकल लेभिटले सर्वाधिक ५७ रनको योगदान गरेका थिए । नामिबियाबाट तीनै विकेट जेरार्ड इरासमसले लिएका थिए ।

चौथो खेलमा पनि नामिबियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । नेपाल ३७.१ ओभरमा १६८ रनमै समेटियो । नेपालका आसिफ शेखले सर्वाधिक ५८ रनको योगदान गरे । नामिबियाका बेर्नार्ड स्कोल्ट्जले सर्वाधिक चार  विकेट लिए ।

नामिबियाले १६९ रनको लक्ष्य ४० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । नामिबियाका जेरार्ड इरासमसले सर्वाधिक ५२ रन बनाएका थिए । नेपालका कुशल भुर्तेल तीन विकेट लिन सफल भएका थिए ।

नामिबिया र नेदरल्यान्ड्सबीचको खेलमा टस हुँदै

नेपालका कप्तान रोहितकुमार पौडेल भने टस नै खेल जितहारमा निर्णायक नभएको बताउँछन् । ‘त्रिविमा पहिलो ब्याटिङ गर्न केही असहज हुन्छ । तर, यसैलाई हारको प्रमुख कारण मान्न सकिँदैन । हामीले ठीकै सुरुआत गरेका थियौं । तर, पावर-प्लेभित्रै तीन विकेट गुमाउन पुग्यौं,’ रोहितले नामिबियासँगको खेलपछि भनेका थिए, ‘बीचमा पनि राम्रो साझेदारी भइरहेको थियो । आफ्नै कमजोरीका कारण ठूलो योगफलसम्म पुग्न सकेनौं । यसमा टसले खासै भूमिका खेले जस्तो लाग्दैन ।’

शुक्रबार सम्पन्न खेलमा भने टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले ४१.३ ओभरमा सबै विमेट गुमाउँदै २०३ रनको योगफल तयार पारेको थियो । प्रतियोगितामा २०० रन कटेको यो पहिलो पटक हो ।

नाबियाका लागि जान लोफ्टी इएटनले सर्वाधिक ४९ रनको योगदान गरे । नेदरल्यान्ड्सका लाथि भिभियन किंगमाले सर्वाधिक तीन विकेट लिए ।

२०४ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४३.५ ओभरमा १७९ रनमा समेटियो । लक्ष्य पछ्याउन टोलीले हार ब्यहोरेको यो पहिलो खेल थियो ।

नेदरल्यान्ड्सका लागि नोआ क्रसले सर्वाधिक ४६ रनको योगदान गरे । नामिबियाका लागि ज्याक ब्रसेल र कप्तान जोर्रार्ड इरास्मसले समान तीन विकेट लिए ।

तीन खेलाडीले यस्तो धारणाबाट पनि के बुझ्न सकिन्छ भने त्रिवि क्रिकेट मैदानमा बिहानी सत्रमा ब्याटिङ गर्न सहज छैन । त्यसैले टस जित्ने टोलीले दायाँबायाँ केही नसोची फिल्डिङ गर्ने निर्णय लिइरहेका छन् ।