चैत्र २, २०८१ शनिबार | ०५:५६:२५
एन्जिलाको कथा: चलचित्रभन्दा गहकिलो विश्व क्रिकेटमा भारतको दादागिरी पहिलो पटक च्याम्पियन बन्ने दाउमा आयोजक काँकरभिट्टा र चर्च ब्वाइज युगान्डामा महिला क्रिकेटरको कमजोर प्रदर्शन लिभरपुलको अनुभव, न्युकासलको उत्साह विश्वकप फुटबल र ट्रम्पको नीति प्रीति राई सम्मानित आइजिपी कप क्रिकेटः उपाधिका लागि लुम्बिनी र मधेश प्रतिस्पर्धा गर्ने क्षितिज भण्डारी च्याम्पियन एनएसएलः उद्घाटन खेलमा ललितपुर र काठमाडौं भिड्ने एन्जिलाको कथा: चलचित्रभन्दा गहकिलो विश्व क्रिकेटमा भारतको दादागिरी पहिलो पटक च्याम्पियन बन्ने दाउमा आयोजक काँकरभिट्टा र चर्च ब्वाइज युगान्डामा महिला क्रिकेटरको कमजोर प्रदर्शन लिभरपुलको अनुभव, न्युकासलको उत्साह विश्वकप फुटबल र ट्रम्पको नीति प्रीति राई सम्मानित आइजिपी कप क्रिकेटः उपाधिका लागि लुम्बिनी र मधेश प्रतिस्पर्धा गर्ने क्षितिज भण्डारी च्याम्पियन एनएसएलः उद्घाटन खेलमा ललितपुर र काठमाडौं भिड्ने
शनिबारको दिन नेपाली फुटबल

एन्जिलाको कथा: चलचित्रभन्दा गहकिलो

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बापो सुब्बा त विशुद्ध खेलाडी मात्रै हुन् ।

उनले एक दशकभन्दा बढी समयदेखि नेपाली पोस्ट सम्हाल्दै आएकी छन् । एन्जिलालाई नजिकबाट चिन्नेहरूलाई थाहा छ कि उनी लजालु स्वभावकी खेलाडी हुन् । अन्तरमुखी छिन् र आवश्यक परेका बेलामा मात्र मुख खोल्छिन् ।

यस्तोमा उनले सिनेमाको पर्दामा अभिनय गर्नेछिन् भनेर कमैलाई मात्र विश्वास लाग्न सक्छ । तर, अचम्मको कुरा उनले अभिनय गरिन् । त्यो पनि आफ्नै वायोपिक चलचित्र ‘अञ्जिला’ मा ।

त्यसमा पनि उनको अभिनय गजबकै ‘उम्दा’ रहेको छ । चिनिने नाम ‘एन्जिला’ र वास्तविक नाम ‘अन्जिला’ ले गरेको यो अभिनयसँगै उनको नाममा दुर्लभ इतिहास पनि रचिएको छ ।

आफ्नो वायोपिकमा अभिनय गर्नेहरू विश्वमा कमै मात्र छन् । विश्व चर्चित मुक्केबाज मोहम्मद अलीले आफ्नो वायोपिक चलचित्र ‘द ग्रेटेस्ट’ मा खेलेका थिए ।

एन्जिला अभिनय गर्न तयार बनिन्, त्यसका लागि अभिनयको तालिम लिइन् र त्यसलाई पूरा गरेरै छाडिन् ।

अधिकांश खेलाडीको जीवनीमा बनेका चलचित्रमा कलाकारले नै अभियन गर्छन् । भारतीय मुक्केवाज मेरी कोमको वायोपिकमा प्रियंका चोपडाले खेलिन् । ‘भाग मिल्का भाग’ चलचित्रमा मिल्काको रोल फरहान अख्तरले निभाएका छन् ।

महेन्द्रसिंह धोनीको बायोपिक सुशान्त सिंह राजपुतले खेलेका थिए । भारतले विश्वकप क्रिकेट जितेको कथामा आधारित ‘८३’ मुभीमा कपिल देवको भूमिका रणवीर सिंहले निभाएका थिए ।

चलचित्र हेर्न सिनेमा हल पुगेका दर्शन, तस्विरः चलचित्र अञ्जिलाको फेसबुक पेजबाट । 

नेपालमा त खेलाडीको जीवनीमा चलचित्र बनेको यो पहिलो पटक हो । एन्जिला अभिनय गर्न तयार बनिन्, त्यसका लागि अभिनयको तालिम लिइन् र त्यसलाई पूरा गरेरै छाडिन् ।

उनकै भाषामा यो उनले आफ्नो जीवनमा भोगेको यस्तो अनुभव हो, जो एकबारको जुनीमा ‘सधैंको लागि नौलो अनुभव बनेको छ।’

फुटबल खेल्न गाह्रो कि अभिनय गर्न ? यो प्रश्नमा एन्जिलाको सहज जवाफ छ, ‘पक्कै पनि अभिनय गाहो हो । किनकि हामी मैदानका खेलाडी हौं । क्यामरा बेग्लै विषय रहेछ ।’

अब कुरा गरौं अञ्जिला चलचित्रको । चलचित्र अन्जिला फुटबल खेलाडी बन्न गरेको संघर्षको वरीपरी घुम्छ ।

सिनेमालाई निर्देशक मिलन चाम्स ड्रामाट्रिक बनाउन सफल देखिन्छन् । केही दृश्यहरूले फिल्मलाई भावुक बनाउँछ ।

त्यसमा उनको परिवारमा देखिएको विखण्डन, त्यसले बालक एन्जिलाको मनस्थितिमा परेको असर अनि उनले फुटबलको यात्रामा बेहोर्नुपरेको अप्ठेरोलाई गहिरोसँग प्रस्तुत गरिएको छ । दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, बुद्धि तामाङ, सुनिल थापा जस्ता नेपालमा चलेका कलाकारको उपस्थितिले चलचित्रको वजन त्यति नै बढेको छ । 

तर सिनेमा हलमा पुग्ने दर्शकको आँखा भने एन्जिलाकै अभिनयमै केन्द्रित हुने पक्का छ । एन्जिलाले पनि अविश्वसनिय अभिनय गरेकी छिन् । कोही पनि दर्शकले एन्जिलाले गरेको अभिनयको तारिफ नै गर्नेछन् । प्रिमियर शो हेरेपछि अधिकांस दर्शकले सन्तुष्ट हुँदै भनेका छन्, ‘सोचेभन्दा चलचित्र राम्रो बनेको रहेछ ।’

फुटबल बुझेका र लामो समयदेखि एन्जिलालाई पछ्याइरहेका दर्शक समर्थकका लागि भने कथामा केही नपुगे नपुगे जस्तो भान हुनसक्छ ।

चलचित्र अञ्जिलाको पोस्टर ।

किनकि उनीहरूले एन्जिलाको व्यावसायिक खेलजीवनलाई नजिकबाट नियालिरहेका हुन्छन् । जबकि चलचित्रमा उनको संघर्षलाई केन्द्रमा राखिएर निर्माण गरिएको छ ।

प्रिमियर शो हेर्न पुगेका खेल पत्रकार अभिनव जोशी भन्छन्, ‘हामीलाई एन्जिलाको किपिङबारे थाहा छ । उनको खेल क्षमता थाहा छ । उनको प्रोफाइल थाहा छ । रेकर्ड थाहा छ । इतिहास रच्दै युरोपमा पुगेर ब्यावसायिक फुटबल खेलेको थाहा छ । तर उनले विगतमा गरेको संघर्ष कहाँ थाहा थियो र । त्यो पाटो पर्दामा एन्जिला आफैंले निभाएको हेर्न पाइयो । बडा मज्जा आयो ।’

चलचित्र निर्माणकै क्रममा एन्जिलाको जीवनमा एकपछि अर्को कथा पनि थपिँदै गएको देखिन्छ । फिल्मको सुटिङकै दौरान उनले आफ्नो जन्म दिने बुवासँग जीवनमा पहिलो पटक भेटेकी रहिछन् ।

सिनेमालाई निर्देशक मिलन चाम्स ड्रामाट्रिक बनाउन सफल देखिन्छन् । केही दृश्यहरूले फिल्मलाई भावुक बनाउँछ ।

जस्तो कि एक समय फुटबल त्याग्दै एन्जिलाले आफ्नो जर्सी बुट जलाउन पछि पर्दिन, बस चढ्न पैसा नहुँदा हिँडेर प्रशिक्षण मैदानसम्म पुग्छिन्, आफ्नो बुवा भेट्दा दुवै जना एकअर्कालाई हेर्छन् तर कोही बोल्न सक्दैनन् ।

संघर्षको क्रममा एन्जिलाको एउटा मन छुने डायलग छ । उनी भन्छिन्, ‘जबसम्म म आफैं लड्दिनँ, तबसम्म मेरो सहारा कोही हुँदैन ।’

सिनेमा अहिले हलहरूमा चलिरहेको छ । र यसको सफलता र असफलताले भविष्यमा बन्ने खेलाडीको वायोपिक चलचित्रको भविष्य निर्धारण गर्नेछ ।

फिल्मका निर्देशक मिलन चाम्सले प्रिमियरमा भनेका छन्, ‘खेलाडीको जीवनीमा चलचित्र बनाउने हिम्मत गरेको छु । दर्शकले यसलाई कसरी स्वीकार्छ, त्यसले भोलिका दिनमा खेलाडीको वायोपिक बनाउने वा नबनाउने विषयमा निर्णय गर्नेछ । यसलाई दर्शकले मनपराए भोलिका दिनमा अन्य खेलाडीको पनि वायोपिक बनाउन हिम्मत दिनेछ।’

 हङकङमा चलचित्र अञ्जिलाको प्रिमियर गरिँदै, तस्विरः निर्देशक मिलन चाम्सको फेसबुकबाट ।

एन्जिलाको फुटबल यात्रा जारी नै छ । त्यसैले भन्न सकिन्छ, भविष्यमा एन्जिला २ बन्नसक्ने कथा अझै धेरै बाँकी छ । 

चलचित्रका निर्माता प्रेम श्रेष्ठले फिल्मको आम्दानीबाट एन्जिलालाई घर बनाइदिने घोषणा गरिसकेका छन् । चलचित्रको सुरुको व्यापारबाट उनी उत्साहित देखिन्छन् । उनी भन्छन्, ‘एन्जिला जस्तै कथा बोकेका थुप्रै खेलाडी नेपालमा छन् । उनीहरूको कथालाई पनि देखाउनुपर्छ । भविष्यको लक्ष्य यही नै हो । हेरौं के हुन्छ ।’

चलचित्र निर्माणकै क्रममा एन्जिलाको जीवनमा एकपछि अर्को कथा पनि थपिँदै गएको देखिन्छ । फिल्मको सुटिङकै दौरान उनले आफ्नो जन्म दिने बुवासँग जीवनमा पहिलो पटक भेटेकी रहिछन् ।

जन्म दिने बुवाको माया नलाग्ने को नै होला र । एन्जिलासँग उनको भावना जोडिने भइहाल्यो । उनले आफ्नो थर पनि जन्म दिने बुवाकै राखेकी हुन् ।

बुवा सम्पन्न छैनन् । त्यसैले उनले ठानेकी छन्, ‘भविष्यमा पैसा कमाइएमा बुवाका लागि एउटा घर बनाइदिन्छु ।’यो भने चलचित्रमा उल्लेख नभएको कथा हो ।

एन्जिलाको फुटबल यात्रा जारी नै छ । त्यसैले भन्न सकिन्छ, भविष्यमा एन्जिला २ बन्नसक्ने कथा अझै धेरै बाँकी छ । 

राष्ट्रिय टोलीको जर्सीमा एन्जिला, तस्विरः केशव कटवाल/ खेलाडी ।