पुस २२, २०८१ सोमबार | १५:४०:०९
‘राइट टु प्रोटिन’ दौड माघ १२ गते हुने संकटाको जितमा पेम्बाको ह्याट्रिक पुलिस समूह विजेता बन्दै सेमिफाइनलमा बराबरीमा रोकिए थ्री स्टार र एपिएफ साबालेन्का च्याम्पियन पिएसजीलाई ट्रफी डेस च्याम्पियन्सको उपाधि बराबरीमा रोकिए लिभरपुल र म्यानचेस्टर युनाइटेड लगातार दोस्रो जितको लक्ष्यमा एपिएफ नेपाली फुटबलमा यस्तो घटना फेरि दोहोरिरहनेछ गौतम र सुलेखालाई दोहोरो स्वर्ण ‘राइट टु प्रोटिन’ दौड माघ १२ गते हुने संकटाको जितमा पेम्बाको ह्याट्रिक पुलिस समूह विजेता बन्दै सेमिफाइनलमा बराबरीमा रोकिए थ्री स्टार र एपिएफ साबालेन्का च्याम्पियन पिएसजीलाई ट्रफी डेस च्याम्पियन्सको उपाधि बराबरीमा रोकिए लिभरपुल र म्यानचेस्टर युनाइटेड लगातार दोस्रो जितको लक्ष्यमा एपिएफ नेपाली फुटबलमा यस्तो घटना फेरि दोहोरिरहनेछ गौतम र सुलेखालाई दोहोरो स्वर्ण
शनिबारको दिन नेपाली फुटबल

मोफसलमा फुटबल माहोल, चर्च ब्वाइज हाबी

काठमाडौं । नेपाली फुटबल गतिविधि अहिले दयनीय अवस्थाबाट गुज्रिइरहेको छ । शीर्ष डिभिजन लिग फुटबल सहिद स्मारक लिग नभएको ५७६ दिन भइसकेको छ । नेपाली खेलाडीको अहिले जीविकोपार्जनको एकमात्रै स्रोत विभिन्न जिल्लामा हुने प्रतियोगिताहरू हो । शीर्ष डिभिजनका अधिकांश खेलाडीले अहिले मोफसलमा हुने प्रतियोगिताबाट रकम जोहो गरिरहेका छन् ।

नेपाली फुटबलमा विगतका दिनमा पनि यस्तो विकराल अवस्था नआएको होइन । त्यतिबेला पनि खेलाडीको आयस्रोत मोफसलका प्रतियोगिताले धानिदिएको थियो । अनि राष्ट्रिय टोली निर्माण पनि यही मोफसलका प्रतियोगितामा गरिएको प्रदर्शनका आधारमा हुन्थ्यो । अवस्था अहिले पनि यस्तै नै छ । फुटबल गतिविधि अस्तव्यस्त रहँदा खेलाडीहरू पूर्व मेचीदेखि पश्चिम महाकालीका विभिन्न स्थानमा हुने फुटबल प्रतियोगितामा दौडिरहेका छन् ।

अघिल्लो महिनातिरबाट मोफसलका प्रतियोगिताले गति लिन थालेको हो । अहिलेसम्म आधा दर्जनभन्दा बढी स्थानमा प्रतियोगिता भएको छ । त्यसमा ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड हाबी देखिएको छ । चर्च ब्वाइजले तीन फाइनल खेल्दा दुईमा उपाधि जितेको छ । एनआरटी एउटामा च्याम्पियन बन्दा विभागीय टोली एपिएफ क्लबको नाममा एउटा उपाधि रह्यो ।

मोफसलमा यसपालि पछिल्लो एक दशक नेपाली फुटबलमा उदाएका चर्च ब्वाइज र मछिन्द्र सक्रिय रहँदा गर्विलो इतिहास बोकेका क्लबहरु मनाङ मर्स्याङदी, थ्री स्टार र नेपाल पुलिस निस्क्रिय देखिएका छन ।

अनन्त तामाङ, कमल श्रेष्ठ, समीर तामाङ र एरिक विष्ट जस्ता चर्चित अनुहार रहेको चर्च ब्वाइजले गत नोभेम्बरमा गभर्नर्स गोल्डकपमा सहभागिता जनाएको थियो । सिक्किममा सम्पन्न ४०औं संस्करणको उक्त गोल्डकपमा चर्च ब्वाइज भारतीय आइएसएल क्लब चेन्नाइन एफसीसँग १-० ले पराजित भएकोे थियो । लगत्तै मंसिर अन्तिम साता भएको इलाम गोल्डकपको फाइनलमा चर्च ब्वाइज अर्को शीर्ष डिभिजन क्लब एनआरटीसँग ३-० ले निराश बन्यो ।

झापा कपको उपाधिका साथ चर्च ब्वाइज युनाइटेड ।

इलाम गोल्डकपलगत्तै सुरु भयो झापा कप । त्यसमा चर्च ब्वाइजले एनआरटीसँग पछिल्लो फाइनलमा बेहोरेको हारको बदला लियो । यसपालि चर्च ब्वाइजले विपक्षी पोस्टमा तीन गोल हान्यो । अञ्जन विष्टको कप्तानीमा रहेको एनआरटीले जवाफमा एक गोलमात्र फर्काउन सकेको थियो । अञ्जन मोफसलकै विभिन्न प्रतियोगिताका लागि भनेर चर्च ब्वाइजबाट एनआरटीसँग अनुबन्धित भएका थिए ।

पाँचथरको फिदिममा यही पुसमा सम्पन्न फाल्गुनन्द गोल्डकपमा चर्च ब्वाइजले शीर्ष डिभिजन क्लब मछिन्द्रलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराएर उपाधि हासिल गरेको थियो ।

यसबाहेक असोजमा भएको चितवन गोल्डकपमा बुटवल लुम्बिनीले बाजी मारेको थियो । बुटवलले विभागीय टोली नेपाल पुलिस क्लबलाई २-० ले हराएको थियो । मोफसलमा यसपालि पुलिसको यो एकमात्र सहभागिता रह्यो ।

इलाम गोल्डकपको फाइनलमा चर्च ब्वाइजविरुद्ध गोल गरेपछि खुसीयाली मनाउँदै एनआरटीका खेलाडी । 

चितवनमै भएको राइनो कप फुटबलमा विभागीय टोली एपिएफले नमोबुद्ध युवा क्लबलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै उपाधि जितेको थियो । अहिले लमजुङको बेंसीसहरमा त्रिवेणी कप चलिरहेको छ ।

मोफसलमा यसपालि पछिल्लो एक दशक नेपाली फुटबलमा उदाएका चर्च ब्वाइज र मछिन्द्र सक्रिय रहँदा गर्विलो इतिहास बोकेका क्लबहरु मनाङ मर्स्याङदी, थ्री स्टार र नेपाल पुलिस निस्क्रिय देखिएका छन । पुलिसले आफूलाई नकआउट किङको दर्जा दिन्थ्यो । त्यस्तै कुनै जमाना थियो मोफसलमा थ्री स्टार र मनाङको उपस्थिति नेपाली समर्थकलाई चाहिन्थ्यो नै । तर, अहिले अवस्था फेरिएको छ । मनाङ र थ्री स्टारमा अहिले चर्चित खेलाडीको बाहुल्य त रहेन नै । नाम चलेका खेलाडीको के कुरा गर्नु, यहाँ त टोली निर्माण गर्न नै क्लबलाई गाह्रो भइरहेको अवस्था छ ।