जेष्ठ २०, २०८२ सोमबार | १६:४९:३५
थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल
शनिबारको दिन महिला फुटबल

महिला फुटबलमा चपुरको चमक

रौतहट । नेपाली महिला फुटबलको चर्चा गर्दा छुटाउनै नसकिने एउटा ठाउँ छ, रौतहटको चपुर । त्यसमा पनि रौतहट फुटबल एकेडेमी अनि दिवंगत प्रशिक्षक शेरबहादुर दर्लामी नेपाली महिला फुटबलका सम्मानित संस्था र नाम हुन् ।

पूर्व-पश्चिम राजमार्गको चन्द्रनिगाहपुर (चपुर) मा दर्लामीले २०५० को दशकमा महिला खेलाडीकै लागि भनेर स्थापना गरेको एकेडेमी हो, रौतहट महिला फुटबल एकेडेमी । फुटबलप्रतिको लगनका कारण दर्लामीले पहाडबाट बसाइँ सरेर आएको बस्तीबीच हुर्किँदै गरेका बालबालिकामा गजबको सम्भावना देखेर आफूलाई यसैमा समर्पित गरेका थिए ।

दर्लामी दिवंगत भएको सात वर्ष भइसक्यो । तर उनले रोपेका बिरुवाहरू नेपाली फुटबलमा राम्ररी झाँगिइसकेका छन् । हो, उनको व्यक्तिगत प्रयासमा थालिएको महिला फुटबल सशक्तीकरणको अभियानले अहिलेसम्म दर्जनौं राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको छ ।

रेनुकामात्र होइनन्, वर्तमान राष्ट्रिय टोलीका पुनम जर्घामगर, मञ्जली योञ्जन, अनिता केसी, रश्मी घिसिङ, सविता राना, रजनी ठोकर, निशा ठोकर र अञ्जना रानामगर पनि त्यही चपुर मैदानमा खेलेर हुर्केका खेलाडी हुन् ।

राष्ट्रिय महिला टोलीकी कप्तान रेनुका नगरकोटी चन्द्रनिगाहपुर बजारमै राजमार्गबाट मुस्किलले एक किलोमिटरको दुरीमा रहेको यही एकेडेमीकी उत्पादन हुन् । एकेडेमी पनि के भन्नु स्थानीयले अपनत्वका साथ भन्ने त्यही ‘चपुर’ मैदानबाट खारिएकी खेलाडी हुन् । एकेडेमी भन्न त त्यहीअनुसारको सुविधा पनि हुनुपर्यो नी ।

रेनुकामात्र होइनन्, वर्तमान राष्ट्रिय टोलीका पुनम जर्घामगर, मञ्जली योञ्जन, अनिता केसी, रश्मी घिसिङ, सविता राना, रजनी ठोकर, निशा ठोकर र अञ्जना रानामगर पनि त्यही चपुर मैदानमा खेलेर हुर्केका खेलाडी हुन् । वर्तमान राष्ट्रिय टोलीलाई ९ खेलाडी दिएको यो मैदानले यसअघि पनि थुप्रै खेलाडी नेपाली फुटबललाई दिइसकेको छ ।

राष्ट्रिय टोलीमा सधैंजसो यही मैदानका खेलाडीको बाहुल्य रहने गरेको छ भने क्लब फुटबल पनि एक अर्थमा रौतहटले नै धानेको छ भन्नलाई कन्जुस्याइँ गर्नु आवश्यक छैन ।

‘व्यक्तिगत प्रयासमा शेरबहादुर गुरुले सुरु गर्नुभएको महिला फुटबल अभियानले निरन्तरता पाउँदा हामीले राष्ट्रिय टोलीलाई यति ठूलो संख्यामा प्रतिभाहरू दिन सकेका छौं । क्लब स्तरमा पनि हाम्रा धेरै खेलाडी छन्,’ एकेडेमीका प्रशिक्षक नूरराज काफ्ले भन्छन्, ‘स्थानीयको सहयोग र फुटबल लगावकै भरमा हामीले नेपाली महिला फुटबललाई यति योगदान गर्न सक्यौं भन्ने सोच्दा पनि गौरव लाग्छ ।’

दर्लामीले यो मैदानमा महिला खेलाडीका लागि फुटबल प्रशिक्षण सुरु गरेको दुई दशक भइसक्यो । दर्लामीको निधनपछि प्रशिक्षण जिम्मेवारी लिइरहेका नूरराज १९ वर्षमुनिको राष्ट्रिय टोलीबाट खेलिसकेका फ्रेन्ड्स क्लबका पूर्वरक्षक हुन् ।

यहाँ प्रत्येक दिन बिहान र बेलुका प्रशिक्षण हुने गर्दछ । बिहान स्कुल पढ्नेहरू प्रशिक्षणमा आउँछन् भने बेलुका कलेज पढ्नेहरू । दर्लामीको निधन भएपछि नूरराजले यो एकेडेमीको प्रशिक्षण जिम्मेवारी सम्हालेका थिए । त्यसअघि दर्लामी स्वयंले दिनहुँ महिला खेलाडीको सीप तिखार्ने काम गर्थे ।

दर्लामीले यो मैदानमा महिला खेलाडीका लागि फुटबल प्रशिक्षण सुरु गरेको दुई दशक भइसक्यो । दर्लामीको निधनपछि प्रशिक्षण जिम्मेवारी लिइरहेका नूरराज १९ वर्षमुनिको राष्ट्रिय टोलीबाट खेलिसकेका फ्रेन्ड्स क्लबका पूर्वरक्षक हुन् । उनका अनुसार २०५८ सालमा त यहाँबाट उत्पादित खेलाडीको टोलीले पहिलो प्रतियोगिता नै खेलिसकेको थियो ।

‘स्वर्गीय शेरबहादुर गुरुले मलाई ०५८ सालमै एकेडेमी टिमको पहिलो खेल हेर्न बोलाउनुभएको थियो । उहाँको सोच र फुटबलप्रतिको लगनले राष्ट्रिय टोलीमा अतुलनीय योगदान पुगेको छ,’ प्रशिक्षक काफ्लेले खेलाडीसँग भने, ‘अहिले हामीले गर्वसाथ राष्ट्रिय टोलीमा हाम्रा ९ जना खेलाडी छन् भन्न पाएको उहाँकै कारण हो ।’

एउटा व्यक्तिको प्रयासले देशकै फुटबललाई ठूलो भरथेग पुगे पनि त्यसमा इँटा थप्ने काम फुटबल प्रशासन र सरकारी निकायबाट खासै भएको छैन । जसका कारण एकेडेमीको नाम दिइए पनि वास्तविकतामा चपुरको त्यो मैदान एउटा अत्यन्तै निम्न स्तरको सुविधा भएको ट्रेनिङ सेन्टरमै सीमित छ । तथापि नूरराज, दर्लामीका छोरा चित्रबहादुर अनि अरू केही स्थानीयको इच्छाशक्तिको भरमा एकेडेमी नामको प्रयास जारी छ । राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरका प्रतिभा उत्पादनको सफलता पनि निरन्तर छ ।

नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को आन्तरिक राजनीतिक किचलोको सिकार बन्दा रौतहटको महिला फुटबल अभियान अहिले अप्ठेरोमा परेको वर्षौं बितिसक्यो । तर समाधानका लागि न कुनै प्रयास भएको छ न त तत्काल सम्भावना नै देखिन्छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको ‘फिफा फरवार्ड प्रोजेक्ट’ अन्तर्गत यही मैदानमा महिला फुटबल एकेडेमी बन्ने भनिएको थियो । खासमा नेपाली महिला फुटबलमा यो मैदानले गरेको गुन सम्झिएर त्यसो भनिएको हुनुपर्छ । तर पछिल्ला केही वर्ष कानुनी झमेलामा अल्झिएका कारण एकेडेमी निर्माणको अभियान अन्योलमा परेको छ ।

प्रशासनको सहयोगविना मैदानमा खटिएर महिला फुटबल अभियानको साँचो अर्थमा नेतृत्व गरिरहेका प्रशिक्षक नूरराज र व्यवस्थापक चित्रबहादुरलाई कानुनी, प्रशासनिक र राजनीतिक किचलोबारे केही जानकारी छैन । उनीहरू त निरन्तर चपुरको मैदानमा किशोरी चेलीहरूसँग धुलो उडाउँदै फुटबलकर्ममा मस्त जो छन् ।

तर, प्रचार गरिएजस्तो सुविधासम्पन्न एकेडेमी निर्माणको काम अन्योलमा पर्दा थुप्रै प्रतिभाशाली खेलाडी पछि परिरहेको उनको बुझाइ छ ।

एकेडेमीको सम्पूर्ण काम एन्फाले नै गरिरहेकाले त्यसबारे आफूहरूलाई कुनै जानकारी नभएको नूरराज बताउँछन् । भन्छन्, ‘एकेडेमीको भवन बनिसकेको छ । तर केही कानुनी झमेला आइपर्यो भन्ने सुनेको छु । यसबारे अन्य जानकारी भने छैन । त्यो मेरो कार्य क्षेत्र पनि होइन् । म फुटबल खेल्न आउने बालिकाहरूलाई प्रशिक्षित गर्छु । मेरो काम यही हो र यसमै रमाइरहेको छु ।’

तर, प्रचार गरिएजस्तो सुविधासम्पन्न एकेडेमी निर्माणको काम अन्योलमा पर्दा थुप्रै प्रतिभाशाली खेलाडी पछि परिरहेको उनको बुझाइ छ ।

‘फुटबलको विकास हुने नै ग्रासरुटबाट हो । ग्रासरुटमा बनाएको आधारले नै राष्ट्रिय टोलीको छानो थेग्ने हो । पहिला एकेडेमी बन्छ भन्दा हाम्रो खुसीको कुनै सीमा थिएन । तर, अहिले अन्योलका कारण धेरै प्रतिवावान खेलाडी पछि परिरहेका छन् । समयमा एकेडेमी बनेको भए नेपाली महिला फुटबललाई अझ माथिल्लो स्तरको योगदान गर्न सकिन्थ्यो,’ उनले भने ।

रौतहट जिल्ला फुटबल संघका अध्यक्ष भगवान दर्लामी एकेडेमी एन्फाको राजनीतिक किचलोमा फसेको बताउँछन् ।

‘सर्वोच्च अदालतमा पछिल्लो एक वर्षदेखि एकेडेमीको मुद्दा विचाराधीन छ । एकेडेमी गैरकानुनी रूपमा बनिरहको भन्दै एन्फा राजनीतिको एउटा समूहले मुद्दा हालेको छ । एकेडेमीमा राजनीति प्रवेश गरेको छ,’ अध्यक्ष दर्लामीले भने, ‘सामुदायिक वनको जग्गा भएकाले वनले हस्तक्षेप गरेको भन्ने सुनेको छु । तर, त्यो सत्य होइन । हामीसँग सामुदायिक वनले तीसवर्षे सम्झौता गरेको कागजपत्र पनि छ ।’

तथापि कानुनी झमेला सकिएर एकेडेमी निर्माणको काम फेरि सुरु हुनेमा अध्यक्ष दर्लामी आशावादी छन् । भन्छन्, ‘मुद्दा कसले, किन र के कारण हाल्यो त्यसबारे मलाई पनि राम्रो जानकारी छैन । तर, मुद्दाले एक निर्णय पाएपछि एकेडेमीको कार्य पुनः सुचारु हुन्छ भन्ने आशा छ ।’

एन्फाका प्रोजेक्ट म्यानेजर गोकुल थापाले एकेडेमीविरुद्ध सर्वोच्चमा मुद्दा एन्फाकै पूर्वकानुनी सल्लाहकार सुजित केसीले हालेको जानकारी गराए ।

‘हामीलाई एकेडेमी निर्माणका लागि स्थानीय चन्द्रपुर नगरपालिका र रौतहट जिल्ला फुटबल संघले निकै सहयोग गरेको हो । एकेडेमी राष्ट्रिय योजनामा समेत परेको हो,’ म्यानेजर थापाले भने, ‘तर वनको जग्गा अतिक्रमण गरेर भौतिक पूर्वाधार निर्माण गरेको भन्दै एन्फाकै पूर्वकानुनी सल्लाहकार अधिवक्ता सुजित केसीले मन्त्रिपरिषदबाट स्वीकृत लिनुपर्ने मागसहित सर्वोच्चमा मुद्दा हाल्नुभयो । त्यसपछि काम रोकिएको अवस्था छ ।’

थापाले स्थानीय चन्द्रपुर नगरपालिका र रौतहट जिल्लाबाट मात्रै स्वीकृति लिएको भने स्वीकारे ।

‘हामीले पनि स्थानीय सरकार र जिल्लाबाट मात्रै स्वीकृति लिएका थियौं । तर एकेडेमीको निर्माणस्थलमा पर्ने हातेमालो सामुदायिक वनसँग पनि फुटबल मैदान र भौतिक पूर्वाधार निमार्णका लागी २५ वर्षे सम्झौता गरेका छौं,’ म्यानेजर थापाले भने ।

एकेडेमी निर्माणका लागि एन्फाले ई-बिडिङमार्फत २०७५ साल मंसिर १४ गते न्यू ड्रयागन नयाँ युग प्रालि र कन्सल्ट्यान्टमा नेपाल टेक इन्जिनियरिङ कन्सल्टयान्ट प्रालिसँग सम्झौता गरेको थियो । थापाका अनुसार एकेडेमी निर्माणका लागि फिफाले ‘फिफा फरवार्ड प्रोग्राम’अन्तर्गत ३ लाख २९ हजार २ सय ६२ डलर उपलब्ध गराउने सम्झौता छ ।

योजनाअनुसार एकेडेमीमा ४० देखि ६० जनासम्म खेलाडीका लागि छात्रावाससहित शिक्षा, स्वास्थ्य र प्रशिक्षणको सम्पूर्णको सुविधा हुनेछ ।

फिफाले उपलब्ध गराउने रकममध्ये पहिलो पटक १४ हजार ५ सय ८८ डलर, दोस्रो पटक एक लाख ४७ हजार ८ सय ५ र तेस्रो पटक एक लाख ३३ हजार २ सय २३ डलर गरी दुई लाख ९५ हजार ६ सय १६ डलर आइसकेको छ । अब ३३ हजार ६ सय ४६ डलरमात्र आउन बाँकी छ । यसबाहेक एकेडेमी निर्माणमा स्थानीय चन्द्रपुर नगरपालिकाको पनि ५० हजार डलर सहयोग रहने बताइएको छ ।

योजनाअनुसार एकेडेमीमा ४० देखि ६० जनासम्म खेलाडीका लागि छात्रावाससहित शिक्षा, स्वास्थ्य र प्रशिक्षणको सम्पूर्णको सुविधा हुनेछ ।

६ महिनाभित्र सक्नेगरी निर्माण कम्पनीसँग सहमति भए पनि सुरुमै अदालतमा मुद्दा परेपछि निर्माणले गति लिन नपाएको प्रोजेक्ट म्यानेजर थापा बताउँछन् ।

‘सुरुमै स्थानीय सामुदायिक वनका सदस्यहरूबाट अदालतमा मुद्दा परेपछि काम रोकियो । मुद्दाको किनारा लागेपछि हामीले तत्काल काम सुरु गर्यौं‍ र हालसम्म एकेडेमीको भवन निमार्णको कार्य पूरा भइसकेको छ,’ थापाले भने, ‘लगभग सबै काम पूरा भइसकेको थियो तर एकेडेमी वन नजिकै भएकाले हात्तीले दुःख दिने बताएपछि हामीले फेरि पर्खाल बनाउन सुरु गरेका थियौं । त्यसै बेला सर्वोच्चमा मुद्दा परेपछि अहिले काम रोकिएको हो । चाडै मुद्दाको किनार लागे आउने वैशाखसम्म एकेडेमी सञ्चालनमा ल्याउने छौं ।’