फाल्गुन २, २०८२ शनिबार | ११:११:१२
प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा
शनिबारको दिन वर्ष २०७९

बक्सिङः रिङमा उजेलिएको वर्ष

काठमाडौं । ‘कराते, तेक्वान्दो र बक्सिङ खेललाई हामीले १९औं एसियाली खेलकुदमा सम्भावित पदक दिलाउने खेलको रूपमा लिएका छौं र तयारी पनि त्यसैअनुरुप भइरहेको छ ।’ 

यो भनाइ राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङको हो ।  

उनको भनाइले मात्र होइन, नेपाली खेलकुदको इतिहास साक्षी छ । यी खेलले आवश्यकता पर्दा नेपाली खेलकुदको शान सधैं उँचो नै बनाइरहेको छ ।  

विश्वमाझ नेपालीहरू बहादुर गोर्खालीको रूपमा परिचित छन् । यस अर्थमा ‘कम्ब्याट’ खेलहरू नेपाली खेलाडीलाई सुहाउँछ । यही कारण हो, ‘कम्ब्याट’ खेलको विशेषता अन्यको तुलनामा बढी बोक्ने बक्सिङसँग नेपाली खेलकुदको गाढा साइनो छ । इतिहासले त्यही भन्छ । बक्सिङ नेपालका लागि सधैं पदक दिलाइरहने खेल हो ।

सन् १९६४ मा नेपालले पहिलो पटक ओलम्पिकमा सहभागिता जनाउँदा कुल ६ खेलाडी सहभागी थिए । जसमध्ये ४ खेलाडी बक्सिङका थिए । यसले पनि नेपाली खेलकुदमा बक्सिङको महत्व प्रमाणित गर्दछ ।

सन् २०१० मा चीनमा सम्पन्न एसियाली खेलकुदमा जम्बो नेपाली टोली खाली हात घर फर्कने स्थितिमा पुगेको थियो । त्यस्तो निरीह अवस्थाबाट बक्सर दीपक महर्जनले कांस्य पदक जितेर नेपालको साख जोगाएको इतिहास पनि पुरानो भइसक्यो ।

गर्विला नतिजाको लामो शृंखलाबद्ध इतिहास बोकेको बक्सिङले बितेको वर्ष पनि नेपाली खेलकुदको शान उँचो बनायो । केही अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पदक जित्यो । तुलनात्मक रूपमा वर्ष २०७९ मा घरेलु बक्सिङमा पनि धेरै प्रतियोगिता भए ।

पुनम रावलले थाइल्यान्डमा सम्पन्न थाइल्यान्ड ओपन बक्सिङ च्याम्पियनसिपमा महिला ६० केजी तौल समूहमा कांस्य पदक जितिन् । अझ सुष्मा तामाङले थाइल्यान्डमा भएको एएसबिसी यु-२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेर नेपाली खेलकुदलाई नै गौरवान्वित बनाइन् ।

महिला ४८ केजी तौल समूहको फाइनलमा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग पराजित भएपछि एसियाली स्तरको औपचारिक प्रतियोगितामा स्वर्ण पदक जित्ने पहिलो नेपाली बक्सर बन्ने सम्भावनाबाट उनी टाढिएकी थिइन् ।

त्यस्तै ५४-५७ केजीतौल समूहमा हेमा राई, ७५-८१ केजी तौल समुहमात्रिसाजवेगुर पुरुष ८०-८६ केजीतौल समूहमा विजय बाटाले कांस्य पदक हासिल गरे । २० राष्ट्रका खेलाडीको सहभागिता रहेको प्रतियोगितामा नेपाल टोली एक रजत र तीन कांस्यसहित वरीयताको सातौं स्थानमा रहन सफल भएको थियो ।

थाइल्यान्ड ओपनको महिला ४८ केजीमा सुष्मा, ५४ केजीमा मिनु गुरुङ, ५७ केजीमा  चन्द्रकला थापा र पुरुष ६३.५ केजीमा भूपेन्द्र थापाले प्रतिस्पर्धा गरेका थिए । सुष्मा, पुनम, मिनु र चन्द्रकलाले मेमा टर्कीमा सम्पन्न आइबिए महिला बक्सिङ च्याम्पियनसिपमा पनि सहभागिता जनाएका थिए ।

त्यस्तै नेपालकी अञ्जनी तेली आइबिए महिला विश्व बक्सिङ च्याम्पियनसिप २०२३ मा दुई बाउट जित्दै इतिहास बनाउन सफल भइन् । यद्यपि उनको यात्रा क्वाटरफाइनलमा सीमित भयो ।

भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालका चार खेलाडी सहभागी थिए । नेपालबाट ६० केजीमा संगीता सुनार, ७० केजीमा सरस्वती राना, ४८ केजीमा सुष्मा तामाङ र ५४ केजी तौल समूहमा मिनु गुरुङले प्रतिस्पर्धा गरेका थिए ।

घरेलु गतिविधिमा पनि बक्सिङ बितेको वर्ष निकै चलायमान रह्यो । नेपाल बक्सिङ संघको प्राविधिक सहयोगमा विभिन्न संघ-संस्थाले थुप्रै प्रतियोगिता आयोजना गरे । चैतको अन्तिम सातामात्र वीर गणेशमानसिंह सिंह राष्ट्रिय बक्सिङ सम्पन्न भयो । जसअन्तर्गत पुरुषतर्फ वागमती र महिलातर्फ एपिएफ च्याम्पियन बन्यो ।

फागुन ३० देखि चैत ३ सम्म हेटौडामा नोभिस च्याम्पियनसिप, ओलम्पिक डेको अवसरमा पोखरामा राष्ट्रियस्तरको बक्सिङ च्याम्पियनसिप सम्पन्न भए ।