चैत्र १६, २०८२ सोमबार | २२:५६:१९
राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट
शनिबारको दिन युराे २०२४

किन इङ्ल्यान्डलाई जहिल्यै सकस ?

काठमाडाै‌ । इङ्लिस फुटबलको कुरा गर्यो कि मान्छेहरू भावुक हुन्छन् र सन् १९६६ तिर फर्किहाल्छन् । त्यो त्यही वर्ष थियो, जतिबेला इङ्ल्यान्डले विश्वकप जितेको थियो । त्यसपछि के भयो त ? केही पनि भएन । त्यसैले त इङ्लिस फुटबललाई मन पराउने जति भावुक हुन्छन् । 

इङ्ल्यान्डसँग के छैन, सबथोक छ । विश्वमा सबैभन्दा लोकप्रिय लिग छ, एकसेएक खेलाडी छन् । अझ आधुनिक फुटबलको जन्म नै इङ्ल्यान्डमा भएको मानिन्छ ।अहिलेकै युरो २०२४ कै कुरा गरौं । आज इङ्ल्यान्ड क्वार्टरफाइनलमा भिड्दै छ, स्विट्जरल्यान्डविरुद्ध । कम्तीमा कागजमा त यो जित्ने इङ्ल्यान्डले नै हो । फेरि युरोमा यस्तो ‘ड्र’ खिचिएको छ कि इङ्ल्यान्ड सरासर फाइनल पुग्ने समीकरण छ ।

नकआउट चरणमा त इङ्ल्यान्डले स्लोभाकियासँग हारेर प्रतियोगिताबाटै बाहिरिने संघारमा थियो । धन्न, जुड बेलिङ्घमको जादुयी गोलले बचायो इङ्ल्यान्डलाई । 

अझ भनौं, यसपल्ट पनि भाग्य इङ्ल्यान्डको दाहिना परेको छ । तर, डर के हो भने इङ्ल्यान्ड फेरि एकपल्ट असफल हुने त होइन, एक अर्को ठूलो प्रतियोगितामा ?

यो डरको कारण हो, इङ्ल्यान्डको लिग चरण र अन्तिम १६ को खेल हेर्दा । इङ्ल्यान्ड लिग चरणको समूह ‘सी’ मा थियो । मरिहत्ते गरेर समूह विजेता बन्यो । सुरुकै खेलमा सर्बियालाई त हरायो, त्यसपछि न डेनमार्कलाई हराउन सक्यो, न त स्लोभेनियालाई । दुवै अन्तिम खेल बराबरीमा टुंगिएको थियो । निराशजनक नतिजा रहे यी दुवै खेलमा । इङ्ल्यान्डले ५ अंकमा समूह जितेको हो, बल्लतल्ल ।

नकआउट चरणमा त इङ्ल्यान्डले स्लोभाकियासँग हारेर प्रतियोगिताबाटै बाहिरिने संघारमा थियो । धन्न, जुड बेलिङ्घमको जादुयी गोलले बचायो इङ्ल्यान्डलाई । अहिलेसम्मको प्रदर्शनले प्रशिक्षक गारेथ साउथगेटमाथि चर्को न चर्को दबाब त परेकै छ । त्यसो त इङ्ल्यान्ड अहिलेसम्म अपराजित नै छ । तर, जसरी टोलीले खेलेको छ, त्यसले कसैको मन जित्न सकेको छैन ।

सायद इङ्ल्यान्डका स्टार खेलाडीले एक ढिक्का भएर खेल्दैनन् कि ? उनीहरूको ध्यान फुटबलमा भन्दा ग्ल्यामरतिरै बढी छ कि ? कारण जस्तै होस् यी सबै होइन भनेर सिद्ध गर्ने भनेको मैदानमै हो ।

यति हुँदा पनि तिनै साउथगेट दम्भ देखाउन पछाडि पर्दैनन् । भन्छन्, ‘सबै राम्रो भएको छैन । तर के भयो र ? हामी अगाडि पुगेकै छौं ।’ 

उनी आस के राख्छन् भने इङ्ल्यान्ड यो प्रतियोगितामा धेरै अगाडि पुग्नेछन् । ठूलो टिमले यस्तै किचकिच गर्दै उपाधि जित्ने त हो । यस्तै तर्कहरू हुन्छ । बेलिङ्घमले त आफूलाई साउथगेटलाई हेरर दबाब पनि लागेको बताउँछन् ।

त्यसो भए, इङ्ल्यान्डलाई जहिल्यै सकस किन त ? विश्व फुटबलमा कुनै टिमले किन जित्न सक्दैन भन्ने उत्तर नै कहाँ हुन्छ र ? फुटबलको नियम हो, यो खेलमा सबै प्रश्नको उत्तर हुन्न । केही भइरहेको हुन्छ, तर किन हुन्छ भन्न सकिन्न ।

सायद इङ्ल्यान्डका स्टार खेलाडीले एक ढिक्का भएर खेल्दैनन् कि ? उनीहरूको ध्यान फुटबलमा भन्दा ग्ल्यामरतिरै बढी छ कि ? कारण जस्तै होस् यी सबै होइन भनेर सिद्ध गर्ने भनेको मैदानमै हो । हेरौं, अब के हुने हो ।