मंसिर १६, २०८२ मंगलबार | १८:२६:५६
पोखराविरुद्ध वाटको अर्धशतक पावरप्लेमा कर्णालीको आक्रमक ब्याटिङ चाइनिज ताइपेइविरुद्ध मीना र मनमाया पहिलो रोजाईमा, गोलपोस्ट र कप्तानको जिम्मेवारी अञ्जिलालाई रसिङ्टन चम्किँदा पोखराले कर्णालीलाई दियो विशाल लक्ष्य कर्णालीविरुद्ध रसिङ्टनको शतक रसिङ्टनको लगातार दोस्रो खेलमा अर्धशतक जेसन रोयको पहिलो खेलमा पोखराको आक्रमक ब्याटिङ सुरुआत चितवनविरुद्ध जनकपुरको सानदार जित चितवनविरुद्ध अनिलको पनि अर्धशतक चितवनविरुद्ध सदाकतको अर्धशतक, जनकपुर पहिलो जित नजिक पोखराविरुद्ध वाटको अर्धशतक पावरप्लेमा कर्णालीको आक्रमक ब्याटिङ चाइनिज ताइपेइविरुद्ध मीना र मनमाया पहिलो रोजाईमा, गोलपोस्ट र कप्तानको जिम्मेवारी अञ्जिलालाई रसिङ्टन चम्किँदा पोखराले कर्णालीलाई दियो विशाल लक्ष्य कर्णालीविरुद्ध रसिङ्टनको शतक रसिङ्टनको लगातार दोस्रो खेलमा अर्धशतक जेसन रोयको पहिलो खेलमा पोखराको आक्रमक ब्याटिङ सुरुआत चितवनविरुद्ध जनकपुरको सानदार जित चितवनविरुद्ध अनिलको पनि अर्धशतक चितवनविरुद्ध सदाकतको अर्धशतक, जनकपुर पहिलो जित नजिक

चाइनिज ताइपेइविरुद्ध मीना र मनमाया पहिलो रोजाईमा, गोलपोस्ट र कप्तानको जिम्मेवारी अञ्जिलालाई

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत चाइनिज ताइपेइविरुद्ध खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको पहिलो रोजाई सार्वजनिक भएको छ ।

मंगलबार मुख्य प्रशिक्षक नवीन न्यौपानेले स्ट्राइकर मीना देउवा र लेफ्ट ब्याक मनमाया दमाईलाई पहिलो रोजाईमा मौका दिएका छन् । त्यस्तै गोलपोस्टको जिम्मेवारीमा अञ्जिला तुम्बापो सुब्बालाई दिइएको छ ।

इन्डोनेसियाविरुद्ध मीना र मनमायाले बेन्चबाट मैदानमा प्रवेश गर्ने मौका पाएका थिए । मनमायाले अट्याकिङ मिडफिल्डर अनिता बस्नेतलाई प्रतिस्थापन गर्दा मीनाले रश्मिकुमारी घिसिङ ठाउँ लिएकी हुन्  । इन्डोनेसियासँग गोलपोस्टको जिम्मेवारी अञ्जना रानामगरलाई दिइएको थियो ।

रक्षापङ्क्तिमा मनमायासँगै हिराकुमारी भुजेल, समीक्षा घिमिरे, पूजा राना र विमला विक छन् । त्यस्तै दीपा शाही, रेनुका नगरकोटे र प्रीति राई मिडफिल्डमा हुनेछन् । अग्रपङ्क्तिमा मीनालाई रेखा पौडेलको साथ रहनेछ ।

नेपाल र चाइनिज ताइपेइ अन्तर्राष्ट्रिय मञ्चमा पहिलो पटक आमने–सामने हुँदैछन् । फिफा वरियतामा नेपालभन्दा ४५ स्थान माथि रहेको चाइनिज ताइपेइले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण श्रृंखलाको पहिलो खेलमा इन्डोनेसियालाई ५–० ले हराएको थियो । नेपालले भने आफूभन्दा कम वरियताको इन्डोनेसियासँग २-१ को अनपेक्षित पराजय बेहोर्यो । श्रृंखलाको उपाधि जित्न चाइनिज ताइपेइलाई नेपालविरुद्ध बराबरीको नतिजा पर्याप्त हुनेछ ।

इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ६ः१५ बजे हुनेछ ।


भिडियो
DAWID MALAN || हामीले JANAKPUR लाई जितको CREDIT दिनैपर्छ । JANAKPUR ले राम्रो BATTING गर्यो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2
GULSHAN JHA || FIELDING मा चुकिरहेका छौं || NEPAL PREMIER LEAGUE || NPL SEASON 2 || KARNALI YAKS ||
ABINASH BOHARA || हाम्रो टिममा नेपाली खेलाडीले राम्रो गरिरहेका छन् || NEPAL PREMIER LEAGUE || NPL 2
ANIL MANDAL || ब्याटिङमा चुकिरहेका छौं, पार्नेललाई अनुभवी खेलाडी भएर कप्तानी जिम्मेवारी दिएका हौं ||
Subash Khakurel || राम्रो टिम हुँदैमा जितिन्छ भन्ने हुँदैन, RCB ले पनि बल्ल आइपिएल जितेको हो || NPL