काठमाडौं । फरर्वाड किलियन एमबाप्पको उत्कृष्ट प्रदर्शनप्रेरित लिग लिडर रियाल मड्रिडले स्पेनिस ला लिगामा शनिबार भ्यालेन्सियाविरुद्ध ४(० को सहज जित दर्ता गरेको छ ।
जितसँगै शीर्ष स्थानमा अग्रता बढाएको रियालले ११ खेलबाट ३० अंक जोडेको छ । पराजित भ्यालेन्सिया समान खेलबाट ९ अंकका साथ १६औं स्थानमा छ ।
स्यान्टियागो बर्नाबेउमा घरेलु टोली रियाललाई जित दिलाउन एमबप्पेले दुई तथा जुड बेलिङघम र अल्भारो क्यारेरसले समान एक गोल गरे ।
खेलको १९औं मिनेटमा एमबाप्पेको पेनाल्टी गोलमार्फत रियालले अग्रता लिएको थियो । ३६औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
भिनिसिय जुनियर ४२औं मिनेटमा पेनाल्टीमा चुक्दा रियालले अग्रता फराकिलो बनाउने सुनौलो अवसर गुमायो । पहिलो हाफको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा बेलिङघमले टोलीका लागि तेस्रो गोल गरे ।
क्यारेरसले ८२औं मिनेटमा गोल गर्दा रियालले ४-० को एकतर्फी जित दर्ता गर्यो ।
