मंसिर ८, २०८१ शनिबार | १८:२९:५९
रविन चन्दले हेल्प नेपालबाट खेल्ने सरस्वती क्लबले थ्री बाइ थ्री स्ट्रीट विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने ग्वार्डिओलालाई सफलताको भोक उस्तै के भइरहेछ एसियाली विश्वकप छनोटमा ? साधुवाद मिस्टर नाडाल २५ वर्षअघि ब्रान्डीको त्यो ‘आइकोनिक सेलिब्रेसन’ भ्याली पब्लिकका तीनै टोली विजयी जुनियर टेनिसः भारतका अभी च्याम्पियन द एक्सेल्सियर, रेडियन्ट पब्लिक र मर्स्याङ्दी क्वार्टरफाइनलमा स्वदेश फर्किए च्याम्पियन सद्भाव आर्चाय रविन चन्दले हेल्प नेपालबाट खेल्ने सरस्वती क्लबले थ्री बाइ थ्री स्ट्रीट विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने ग्वार्डिओलालाई सफलताको भोक उस्तै के भइरहेछ एसियाली विश्वकप छनोटमा ? साधुवाद मिस्टर नाडाल २५ वर्षअघि ब्रान्डीको त्यो ‘आइकोनिक सेलिब्रेसन’ भ्याली पब्लिकका तीनै टोली विजयी जुनियर टेनिसः भारतका अभी च्याम्पियन द एक्सेल्सियर, रेडियन्ट पब्लिक र मर्स्याङ्दी क्वार्टरफाइनलमा स्वदेश फर्किए च्याम्पियन सद्भाव आर्चाय

संकटाको सहज जित

मछिन्द्रविरुद्ध गोल गरेपछि खुसीयाली मनाउँदै संकटाका खेलाडी, तस्विरः एन्फा ।

काठमाडौं । संकटा क्लबले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा शुक्रबार मछिन्द्र क्लबविरुद्ध ४-२ को सहज जित दर्ता गरेको छ ।

जितसँगै ११ खेलमा १८ अंक जोडेको संकटा पाँचौं स्थानमा उक्लिएको छ । पराजित मछिन्द्र समान खेलबाट समान अंकका साथ छैटौं स्थानमा छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा संकटालाई जित दिलाउन कृष्णबहादुर आलेमगरले दुई तथा  सविनकुमार लुंगेलीमगर र सुदीप लामाले समान एक गोल गरे । मछिन्द्रका लागि कविर तामाङ र रोनिक रानामगरले गोल गरे ।

खेलको २७औं मिनेटमा कविरको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो । ५७औं मिनेटमा सविनले खेललाई बराबरीमा ल्याए ।

 संकटा र मछिन्द्र प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा । 

रोनिकले ७८ मिनेटमा गोल गर्दा मछिन्द्र २-१ ले अगाडि बढ्यो । ६ मिनेटपछि नै कृष्णले गोल गर्दा संकटा २-२ को बराबरीमा आयो ।

सविनय कटवालले दोहोरो पहेंलो कार्ड ब्यहोर्दै मैदान छाडेपछि मन्छिन्द्र १० खेलाडीमा समेटियो । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा कृष्णले व्यक्तिगत दोस्रो गोल गर्दै संकटालाई ३-२ ले अगाडि बढाए ।

इन्जुरी समयमा सुदीपले गोल गर्दै संकटालाई  ४-२ को सहज जित दिलाए ।

शुक्रबारै सम्पन्न पहिलो खेलमा त्रिभुवन आर्मी र एपिएफ फुटबल क्लब २-२ को र बराबरीमा रोकिए । 


भिडियो
Private video
Kathmandu Gurkhasका Iconic खेलाडी Krish Karki भन्छन्ः सिनियर दाइहरुसँग धेरै कुरा सिकिरहेको छु
Shahab aalam भन्छन्ः @Kathmandu9898Kathmandu Gurkhasमा कुनै कमजोरी नै छैन । उपाधि हाम्रै हो
KHELADI TALKS WITH AJAY PHUYAL II Gyanendra Malla Head Coach , @KarnaliYaks
तयारी राम्रो भइरहेको छ Shikhar Dhawan 13 गते आइपुग्छन् , उपाधि जित्छौं : RAJU BASNYAT Karnali Yaks
टिभीमा हेरेको दाइहरुसँग @KarnaliYaks को ड्रेसिङ रुम सेयर गर्न पाउँदा गौरव लागिरहेछ : BIPIN SHARMA
नेटमा भए पनि Shikhar Dhawan को विकेट लिन्छु : NANDAN YADAV PLAYER @KarnaliYaks @OfficialNPLT20