मंसिर १६, २०८२ मंगलबार | १५:३१:१६
चितवनविरुद्ध जनकपुरको सानदार जित चितवनविरुद्ध अनिलको पनि अर्धशतक चितवनविरुद्ध सदाकतको अर्धशतक, जनकपुर पहिलो जित नजिक जनकपुरको आक्रमक ब्याटिङ सुरुआत जनकपुरलाई चितवनको बलियो लक्ष्य अर्धशतक बनाउँदै पवेलियन फर्किए अर्जुन, चितवन बलियो योगफलतर्फ अग्रसर जनकपुरविरुद्ध मलानको अर्धशतक, चितवनको एक सय रन पूरा चितवनले पावरप्लेमा जोड्यो ३८ रन एनपिएलमा मंगलबारः जितको दबाबमा चारवटै टोली नेपाल र चाइनिज ताइपेइ पहिलोपटक खेल्दै चितवनविरुद्ध जनकपुरको सानदार जित चितवनविरुद्ध अनिलको पनि अर्धशतक चितवनविरुद्ध सदाकतको अर्धशतक, जनकपुर पहिलो जित नजिक जनकपुरको आक्रमक ब्याटिङ सुरुआत जनकपुरलाई चितवनको बलियो लक्ष्य अर्धशतक बनाउँदै पवेलियन फर्किए अर्जुन, चितवन बलियो योगफलतर्फ अग्रसर जनकपुरविरुद्ध मलानको अर्धशतक, चितवनको एक सय रन पूरा चितवनले पावरप्लेमा जोड्यो ३८ रन एनपिएलमा मंगलबारः जितको दबाबमा चारवटै टोली नेपाल र चाइनिज ताइपेइ पहिलोपटक खेल्दै

चितवनविरुद्ध जनकपुरको सानदार जित

काठमाडौं । बलिङ आक्रमणको धार हुत्तिए पनि ब्याटरहरुले प्रशंसनीय खेल प्रर्दशन गर्दा नेपाल प्रिमियर लिग (एनपिएल)मा साबिक विजेता जनकपुर बोल्ट्स चितवन राईनोजमाथि प्रभावशाली जितको हकदार बनेको छ ।

मंगलबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा अनुशासनहीन फिल्डिङ गर्दा जनकपुरले २० ओभरमा १७६ रन खर्चिएको थियो । तर, ओपनर माज सदाकत र तेस्रो नम्बरका ब्याटर अनिल शाह दुबैले अर्धशतकीय पारी खेल्दा जनकपुरले १७७ रनको लक्ष्य १७.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।

पछिल्ला चार खेलमा जनकपुरले विपक्षीलाई नतिजा सुम्पिनुको प्रमुख कारणमध्ये एक थियो, कम रनको साझेदारी । मंगलबार अवस्था फरक थियो । अनिल र सदाकतले तेस्रो विकेटका लागि ७९ रनको साझेदारी गरे । त्यस्तै पावरप्लेमा आक्रमक ब्याटिङ गर्नु जनकपुरको पहिलो जितको अर्को कारण रह्यो ।

पछिल्ला खेलहरुमा सस्तै आउट भइरहेका सदाकतले ३० बलमा ६ चौका र चार छक्कासहित ६३ रनको पारी खेले । त्यस्तै अनिलले ३६ बलमा चार चौका र तीन छक्कासहित ६१ रन बनाए । यसैगरी आसिफ शेख र आदित्य महताले समान १८ रनको योगदान गरे । यान निकोल लफ्टी इटनले ११ रन बनाउँदै पवेलियन फर्किएका थिए ।

चितवनका लागि सोहेल तनवीर, कमलसिंह ऐरि र अमर रौटेलाले समान एक विकेट लिए ।

जनकपुरले ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर)मा एक विकेट गुमाउँदै ५९ रन जोडेको थियो । आसिफलाई अन्तिम ओभरमा कमलले बोल्ड गरेका थिए ।

१२औं ओभरको पहिलो बलमा कप्तान कुशल मल्लले सदाकतलाई रौटेलाबाट क्याच गराउँदै चितवनलाई ‘ब्रेक थ्रु’ दिलाए । तर, त्यतिबेलासम्म ढिला भइसकेको थियो । स्कोरबोर्डमा १५६ रन हुँदा इटन सेफ जैब र तनवीरको ‘कम्बिनेसन’मा रनआउटको शिकार बने । एक रन जोड्न नपाउँदै अनिललाई तनवीरले कुशलबाट क्याच गराए । १८औं ओभरको तेस्रो बलमा महताले चौका प्रहार गर्दै जनकपुरलाई जित दिलाए ।

त्यसअघि इङ्लिस ओपनर डेविड मलानको ब्याटबाट रन निस्किँदा जनकपुरले १७७ रनको बलियो लक्ष्य प्रस्तुत गर्न सफल भएको थियो । टस जितेर ब्याटिङ निर्णय गरेका कप्तान कुशल मल्लको ब्याटबाट पनि अन्तिम ओभरहरुमा रनको वर्षा भयो । फलस्वरुप २० ओभरको समाप्तिमा चितवनले चार विकेट गुमाउँदै १७४ रनको योगफल खडा गर्यो ।

५४ बलमा चार चौका र पाँच छक्कासहित ८० रनको पारी खेलेका मलानलाई उनका ओपनिङ जोडी अर्जुन साउदले गतिलो साथ दिए । साउदले ३९ बलमा चार चौका र तीन छक्कासहित ५२ रन बनाए । १४ बलको सामना गरेका कुशलले ३० रनको योगदान गरे ।

पछिल्ला चार खेलमा सस्तैमा पवेलियन फर्किएका मलानले दुईपटक जीवनदान पाए । जसको फाइदा मलानले मज्जाले उठाए ।  जनकपुरले नवौं र १४औं ओभरमा मलानको क्याच ड्रप गरेको थियो ।

पहिलो विकेटका लागि अर्जुन र मलानले ११२ रनको साझेदारी गरे । एनपिएल इतिहासमा यो आठौं सर्वाधिक साझेदारी हो । १४औं ओभरमा यान निकोल लोफ्टी इटनले अर्जुनको विकेट लिँदै जनकपुरलाई ब्रेक थ्रु दिलाए । उनी संजय कृष्णमूर्तीबाट क्याच भए । त्यसअघिको बलमा अर्जुनले पनि जीवनदान पाएका थिए । एनपिएलमा मलानसँगै अर्जुनको पनि यो पहिलो अर्धशतक हो ।

स्कोरबोर्डमा १२८ रन हुँदा चितवनले सेफ जैबलाई गुमायो । अनिल शाहको बलमा जैब पनि कृष्णमूर्तीबाटै क्याच भए । जैबले सात रन जोडे । त्यसपछि एनपिएल सिजन २ मा सर्वाधिक रनकर्ताको दौडमा शीर्ष स्थानमा रहेका रवी भोपारा तीन रन बनाउन नपाउँदै पवेलियन फर्र्किए । रुपेश सिंहको बलमा भोपारा माज सदाकतबाट क्याच भए । १५६ रन हुँदा सदाकतले मलानलाई एलबिडब्लुको शिकार बनाए ।

कुशल र छैटौं नम्बरका ब्याटर अमर रौटेलाले पाँचौं विकेटका लागि २० रनको साझेदारी गरे ।

हारसँगै पाँच खेलमा चार अंक जोडेको चितवनको प्लेअफ सम्भावनामा धक्का पुगेको छ । अब चितवनले बाँकीका दुई खेल जित्नु त पर्यो नै अरुको नतिजामा पनि भर पर्नुपर्नेछ ।


भिडियो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2
GULSHAN JHA || FIELDING मा चुकिरहेका छौं || NEPAL PREMIER LEAGUE || NPL SEASON 2 || KARNALI YAKS ||
ABINASH BOHARA || हाम्रो टिममा नेपाली खेलाडीले राम्रो गरिरहेका छन् || NEPAL PREMIER LEAGUE || NPL 2
ANIL MANDAL || ब्याटिङमा चुकिरहेका छौं, पार्नेललाई अनुभवी खेलाडी भएर कप्तानी जिम्मेवारी दिएका हौं ||
Subash Khakurel || राम्रो टिम हुँदैमा जितिन्छ भन्ने हुँदैन, RCB ले पनि बल्ल आइपिएल जितेको हो || NPL
JIMMY NEESHAM || NPL SEASON 2 मा मेरो यो अन्तिम खेल हो || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE