मंसिर १६, २०८२ मंगलबार | ०६:५०:४९
नेपाल र चाइनिज ताइपेइ पहिलोपटक खेल्दै एनपिएलमा मंगलबारः जितको दबाबमा चारवटै टोली एसिसी यु-१९ प्रिमियर कपः नेपाल उपविजेता साफ महिला क्लब च्याम्पियनसिपको टिकट दर तीन सय र पाँच सय साफ महिला यु-१९ च्याम्पियनसिपको छैटौं संस्करण पोखरामा राष्ट्रिय लिग सकिएको एक महिनापछि ‘ए’ डिभिजन लिग हुने विश्व ईस्पोर्टस च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई एसिसी यु-१९ प्रिमियर कप फाइनलः युएईले नेपाललाई दियो १४८ रनको लक्ष्य बराबरीमा रोकिए चेल्सी र आर्सनल रियाल मड्रिड र जिरोनाले अंक बाँडे नेपाल र चाइनिज ताइपेइ पहिलोपटक खेल्दै एनपिएलमा मंगलबारः जितको दबाबमा चारवटै टोली एसिसी यु-१९ प्रिमियर कपः नेपाल उपविजेता साफ महिला क्लब च्याम्पियनसिपको टिकट दर तीन सय र पाँच सय साफ महिला यु-१९ च्याम्पियनसिपको छैटौं संस्करण पोखरामा राष्ट्रिय लिग सकिएको एक महिनापछि ‘ए’ डिभिजन लिग हुने विश्व ईस्पोर्टस च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई एसिसी यु-१९ प्रिमियर कप फाइनलः युएईले नेपाललाई दियो १४८ रनको लक्ष्य बराबरीमा रोकिए चेल्सी र आर्सनल रियाल मड्रिड र जिरोनाले अंक बाँडे

एनपिएलमा मंगलबारः जितको दबाबमा चारवटै टोली

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा मंगलबार अंकतालिकाको पुछारमा रहेका टोलीहरु मैदानमा  उत्रिदैछन् । बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चार अंकसहित चौथो स्थानको चितवन राईनोजलाई पुछारमा रहेको जनकपुरको चुनौती हुनेछ । दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच तीन अंकका लागि रस्सा–कस्सी चल्नेछ । यो खेल दिउँसो ४ बजे हुनेछ ।

चितवनलाई जनकपुरसँग जितबाहेक विकल्प छैन । हार बेहोर्ने हो भने चितवनको प्लेअफ समीकरण कठिन मोडमा पुग्नेछ । किनभने तीन खेल खेल्न बाँकी रहँदा चितवनले मात्र ४ अंक जोडेको छ । अनि तीन टोलीले कम्तिमा ८ अंक जोडिसकेका छन् ।

उता चितवनविरुद्ध हार बेहोरे जनकपुर प्लेअफ समीकरणबाट बाहिरिने पहिलो टोली बन्नेछ । चितवनलाई हराए जनकपुरसँग झिनो आशा अझै बाकी रहनेछ । चार खेल खेल्दा जनकपुरले अंकको खाता खोल्न सकेको छैन ।

पाँच खेलमा कर्णालीले मात्र दुई अंक जोडेको छ । पोखरासँग हार्ने हो भने कर्णाली प्लेअफ समीकरणबाट बाहिरिनेछ । उता पोखराको हालत पनि उस्तै छ । चार खेलमा पोखराले दुई अंक जोडेको छ । दुबैलाई हार स्विकार्य छैन ।

कर्णालीविरुद्ध पोखरालाई न्युजिल्यान्डका ब्याटर जिमी निसमको अनुपस्थिति खड्किनेछ । शनिबार चौथो खेलमा लुम्बिनी लायन्सविरुद्ध निसमले अर्धशतक प्रहार गरेका थिए । निसमको यो यस सिजन अन्तिम खेल थियो । तर, पोखरासँग अर्को ‘बिग नेम’को उर्जा रहनेछ । सोमबार बिहान मात्र इङ्लिस ब्याटर जेसन रोयन टोलीसँग जोडिएका थिए ।
 


भिडियो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2
GULSHAN JHA || FIELDING मा चुकिरहेका छौं || NEPAL PREMIER LEAGUE || NPL SEASON 2 || KARNALI YAKS ||
ABINASH BOHARA || हाम्रो टिममा नेपाली खेलाडीले राम्रो गरिरहेका छन् || NEPAL PREMIER LEAGUE || NPL 2
ANIL MANDAL || ब्याटिङमा चुकिरहेका छौं, पार्नेललाई अनुभवी खेलाडी भएर कप्तानी जिम्मेवारी दिएका हौं ||
Subash Khakurel || राम्रो टिम हुँदैमा जितिन्छ भन्ने हुँदैन, RCB ले पनि बल्ल आइपिएल जितेको हो || NPL
JIMMY NEESHAM || NPL SEASON 2 मा मेरो यो अन्तिम खेल हो || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE