मंसिर २३, २०८२ मंगलबार | ०९:३४:१३
एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’

स्कट कुगेलेइन र जोश ब्राउन नेपाल आइपुगे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि न्युजिल्यान्डका अलराउन्डर स्कट कुगेलेइन र अस्ट्रेलियन ब्याटर जोश ब्राउन नेपाल आइपुगेका छन् । 

दुवैले सुदूरपश्चिम रोयल्सबाट एनपिएल खेल्दैछन् । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनीहरूलाई सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्काले स्वागत गरेका थिए ।

कुगेलेइन लागातार दोस्रो पटक सुदूरपश्चिमबाट एनपिएल खेल्दैछन् । कुगेलेइनले पहिलो सिजनमा टोलीलाई फाइनलसम्म पुर्याउन उत्कृष्ट प्रदर्शन गरेका थिए । १७ विकेटका साथ उनी संयुक्त रूपमा सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका थिए ।

इन्डियन प्रिमियर लिगको अनुभव लिइसकेका कुगेलेइनले १८ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा १६ विकेट लिएका छन् ।

यता पहिलो पटक नेपाल आएका ब्राउनसँग ग्लोबल टी-ट्वान्टी लिग, बिग बास लिग (बिबीएल) र बंगलादेश प्रिमियर लिग खेलेको अनुभव छ ।  उनले ४० टी-ट्वान्टी खेलमा ९४५ रन बनाएका छन् ।

सुदूरपश्चिमले मार्की दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउदलाई रिटेन गरेको छ । यसैगरी टोलीले मिनी अक्सनबाट दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, टेक रावत, दीपेन्द्र थापालाई अनुबन्ध गरेको थियो ।

हिक्मत महरालाई ‘आइकोनिक खेलाडी’ मा छनोट गरेको टोलीले टोलीले विदेशी खेलाडीका रूपमा कुगेलेइन र ब्राउनसिहत अस्ट्रेलियाका क्रिस लिन, अमेरिकाका हर्मित सिंहलाई भित्र्याएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यस सिजन पनि सुदूरपश्चिमसहित साविक विजेता जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स उपाधिका लागि भिड्ने छन् ।

एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ । सुदूरपश्चिमले मंसिर ३ मा काठमाडौं गोर्खाजसँग खेल्दै लिगको सुरुआत गर्नेछ ।


भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas