मंसिर २३, २०८२ मंगलबार | १०:१८:४८
एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’

जान निकोल लोफ्टी इएटन जनकपुरमा

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग(एनपिएल) को दोस्रो सिजनका लागि नामबियाका ब्याटर  जान निकोल लोफ्टी इएटनलाई अनुबन्ध गरेको छ ।

उनी जनकपुर भित्रिने चौथो विदेशी खेलाडी हुन् । यसअघि टोलीले विदेशी खेलाडीका रूपमा श्रीलंकन मुलका अमेरिकन क्रिकेटर लाहिरु मिलान्था तथा दक्षिण अफ्रिकाका वायने पार्नेल र इम्रान ताहिरलाई भित्र्याएको थियो  ।

इएटनले ५१ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा  समान एक शतक र अर्धशतकसहित ६५६ रन बनाएका छन् । यसैगरी उनको नाममा २३ अन्तर्राष्ट्रिय विकेट पनि छ ।

इएटनले पहिलो सिजनमा चितवन राइनोबाट खेलेका थिए ।

शिवनारायण चन्द्रपालको नेतृत्वमा रहेको जनकपुर बोल्ट्सले मार्की आसिफ शेखसहित अनिलकुमार साह, ललितनारायण राजवंशी, किशोर महतो, रुपेश सिंह र तुलबहादुर थापामगरलाई दोस्रो सिजनमा पनि निरन्तरता दिएको छ ।

यस्तै जनककपुले मिनी अक्सनबाट मयन यादव, आदित्य महता, विकास अग्री र सचिन भट्टलाई अनुबन्ध गरेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गतवर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यस सिजन पनि जनकपुरसँगै साविक उपाविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले  उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ ।


भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas