भारत र दक्षिण अफ्रिका शृंखला

भारत र दक्षिण अफ्रिकाबीचकाे तेस्रो दिनको खेल सुरु

सेन्चुरियन । भारत र दक्षिण अफ्रिकाबीच जारी दोस्रो टेस्टको तेस्रो दिनको खेल सुरु भएको छ ।

वर्षाका कारण सोमबारको खेल सुरु हुन सकेको थिएन । तेस्रो दिनको सेसन वान चलिरहदा भारतले ९७.४ ओभरमा ६ विकेट गुमाएर दुई सय ९६ रन बनाएर खेलिरहेको छ ।

भारत अहिले तीन टेस्ट र तीन एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको शृंखलाका लागि दक्षिण अफ्रिका भ्रमणमा छ । शृंखलाको पहिलो टेस्टको पहिलो दिन भारतले सानदार सुरुआत गर्दा दक्षिण अफ्रिकाका लुंगी एनगिडीमात्र विपक्षी ब्याटरमाथि हावी भए । एनगिडीले ४५ रन खर्चेर तीन विकेट लिएका थिए ।

शीर्ष वरियताको भारत दक्षिण अफ्रिकामा टेस्ट शृंखला जित्ने लामो समयदेखिको प्रतिक्षा यसपाली पूरा हुने अपेक्षामा छ ।