मंसिर ८, २०८१ शनिबार | २२:५३:३८
त्रिज्योतिको दोहोरो जित अन्तरविद्यालय बास्केटबलः जेसिस र केभिसी सेमिफाइनलमा चेल्सीको रोमाञ्चक जित मुकेश र सन्तोषी च्याम्पियन काठमाडौंमा कुनै पनि कमजोरी छैनः शाहब आलम नेत्रहीन क्रिकेट विश्वकपः नेपाल श्रीलंकासँग पराजित काठमाडौंको बलियो पक्ष एकता होः भीम सार्की एनपिएलको प्रत्यक्ष प्रशारण ‘फ्यानकोड’ मा पनि हुने रविन चन्दले हेल्प नेपालबाट खेल्ने सरस्वती क्लबले थ्री बाइ थ्री स्ट्रीट विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने त्रिज्योतिको दोहोरो जित अन्तरविद्यालय बास्केटबलः जेसिस र केभिसी सेमिफाइनलमा चेल्सीको रोमाञ्चक जित मुकेश र सन्तोषी च्याम्पियन काठमाडौंमा कुनै पनि कमजोरी छैनः शाहब आलम नेत्रहीन क्रिकेट विश्वकपः नेपाल श्रीलंकासँग पराजित काठमाडौंको बलियो पक्ष एकता होः भीम सार्की एनपिएलको प्रत्यक्ष प्रशारण ‘फ्यानकोड’ मा पनि हुने रविन चन्दले हेल्प नेपालबाट खेल्ने सरस्वती क्लबले थ्री बाइ थ्री स्ट्रीट विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने

काठमाडौंमा कुनै पनि कमजोरी छैनः शाहब आलम

शाहब आलम, तस्विरः सरोज सापकोटा/ खेलाडी ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमाडौं गुखार्जका बलर शाहब आलमले टोलीमा कुनै पनि कमजोरी नरहेको बताएका छन् ।

आसन्न एनपिएलका लागि शनिबार त्रिवि क्रिकेट मैदानमा अभ्यासका दौरान शाहबले खेलाडी डट कमसँगको कुराकानीमा टोली सबै पक्षमा बलियो भएको र उपाधि जित्ने लक्ष्य रहेको प्रतिक्रिया दिए ।

‘प्रशिक्षण राम्रो भइरहेको छ । हाम्रो ब्याटिङ र बलिङ दुवै राम्रो छ । प्रशिक्षकले सबै पक्षमा मिहिनेत गरिरहनु भएको छ । हाम्रो कमजोरी केही पनि छैन,’ शाहबले भने, ‘हाम्रो लक्ष्य भनेको जसरी भए पनि एनपिएल जित्ने हो ।’

त्यस्तै साहावले विदेशी खेलाडीलाई लिएर उत्साहित भएको पनि बताए । शाहबले भने, ‘विदेशी खेलाडीसँग खेल्नु हाम्रो लागि नयाँ अनुभव हुनेछ । हामीले उनीहरुबाट धेरै कुरा सिक्छौं जस्तो लाग्छ ।’

काठमाडौंले विदेशी खेलाडीमा इङ्लिस अलराउन्डर डेनियल एलेक्जेन्डर डौथवेइट, अस्ट्रेलियन ब्याटर स्टेफन इस्किनाजी र नामिबियन अलराउन्डर जेर्हार्ड इरस्मसलाई अनुबन्ध गरेको छ ।

यही मंसिर १५ गतेबाट पुस ६ गतेसम्म कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा हुने एनपिएलको पहिलो संस्करणमा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । काठमाडौंले पहिलो खेलमा मंसिर १७ गते चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ ।

काठमाडौंको मार्की खेलाडीमा बलिङ अलराउन्डर करण केसी र मुख्य प्रशिक्षकमा बसन्त शाही छन् ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DEEPAK lAMA, Member Secretary, Bagmati Province Sports Council
Kathmandu Gurkhasका Iconic खेलाडी Krish Karki भन्छन्ः सिनियर दाइहरुसँग धेरै कुरा सिकिरहेको छु
Shahab aalam भन्छन्ः @Kathmandu9898Kathmandu Gurkhasमा कुनै कमजोरी नै छैन । उपाधि हाम्रै हो
KHELADI TALKS WITH AJAY PHUYAL II Gyanendra Malla Head Coach , @KarnaliYaks
तयारी राम्रो भइरहेको छ Shikhar Dhawan 13 गते आइपुग्छन् , उपाधि जित्छौं : RAJU BASNYAT Karnali Yaks
टिभीमा हेरेको दाइहरुसँग @KarnaliYaks को ड्रेसिङ रुम सेयर गर्न पाउँदा गौरव लागिरहेछ : BIPIN SHARMA
नेटमा भए पनि Shikhar Dhawan को विकेट लिन्छु : NANDAN YADAV PLAYER @KarnaliYaks @OfficialNPLT20