मंसिर ८, २०८१ शनिबार | २०:३२:१२
काठमाडौंमा कुनै पनि कमजोरी छैनः शाहब आलम नेत्रहीन क्रिकेट विश्वकपः नेपाल श्रीलंकासँग पराजित काठमाडौंको बलियो पक्ष एकता होः भीम सार्की एनपिएलको प्रत्यक्ष प्रशारण ‘फ्यानकोड’ मा पनि हुने रविन चन्दले हेल्प नेपालबाट खेल्ने सरस्वती क्लबले थ्री बाइ थ्री स्ट्रीट विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने ग्वार्डिओलालाई सफलताको भोक उस्तै के भइरहेछ एसियाली विश्वकप छनोटमा ? साधुवाद मिस्टर नाडाल २५ वर्षअघि ब्रान्डीको त्यो ‘आइकोनिक सेलिब्रेसन’ काठमाडौंमा कुनै पनि कमजोरी छैनः शाहब आलम नेत्रहीन क्रिकेट विश्वकपः नेपाल श्रीलंकासँग पराजित काठमाडौंको बलियो पक्ष एकता होः भीम सार्की एनपिएलको प्रत्यक्ष प्रशारण ‘फ्यानकोड’ मा पनि हुने रविन चन्दले हेल्प नेपालबाट खेल्ने सरस्वती क्लबले थ्री बाइ थ्री स्ट्रीट विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने ग्वार्डिओलालाई सफलताको भोक उस्तै के भइरहेछ एसियाली विश्वकप छनोटमा ? साधुवाद मिस्टर नाडाल २५ वर्षअघि ब्रान्डीको त्यो ‘आइकोनिक सेलिब्रेसन’

गब्बरलाई स्वागत गर्न आतुर छौंः सोमपाल कामी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सका मार्की खेलाडी सोमपाल कामीले भारतीय टोलीका पूर्व ओपनर शिखर धवन (गब्बर)लाई स्वागत गर्न आतुर रहेको बताएका छन् ।

आसन्न एनपिएलका लागि शुक्रबार मुलपानी मैदानमा अभ्यासका दौरान सोमपालले खेलाडी डट कमसँगको कुराकानीमा भने, ‘शिखर धवन जस्ता विश्व क्रिकेटका ठूला स्टार खेलाडीसँग ड्रेसिङ रुम सेयर गर्न पाउँनु हाम्रा लागि गौरवको कुरा हो । उहाँलाई स्वागत गर्न हामी उत्साहित छौं । मलाई लाग्छ पूरा नेपाल नै शिखरको आगमनको प्रतिक्षामा छ ।’

सोमपालले शिखरलगायत अन्य विदेशी खेलाडीको आगमनले टोली अझै बलियो बन्ने बताए ।

‘शिखर मात्र नभएर अन्य विदेशी खेलाडीले पनि आ-आफ्नो देशका लागि राम्रो योगदान गर्नुभएको छ । उहाँहरुको अनुभवले टाेलीअझै बलियो बन्ने छ ,’ सोमपालले थपे, ‘उहाँहरुसँग ड्रेसिङ रुम सेयर गर्ने, सँगै होटलमा बस्ने, अभ्यास गर्ने, म्याच खेल्ने, ब्रेकफास्ट, लन्च र डिनर गर्ने क्रममा हामीले धेरै कुरा सिक्न पाउनेछौं । हामीले मात्र नभई पूरा नेपाली क्रिकेटले उहाँजस्ता खेलाडीको आगमनबाट फाइदा उठाउन सक्छ ।’

हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको टोलीले शिखरसहित वेस्ट इन्डिजका चाडविक वाल्टन, पाकिस्तानका मोहम्मद हुसेन तलात र हङकङका बाबर हायतलाई अनुबन्ध गरेको छ ।

यही मंसिर १५ गतेबाट पुस ६ गतेसम्म कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा चल्ने एनपिएलको पहिलो संस्करणमा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । कर्णालीले पहिलो खेलमा मंसिर १७ गते जनकपुर बोल्टससँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली राष्ट्रिय टोलीका तिब्र गतिका स्टार बलर सोमपालले आफ्नो टोली सबै पक्षमा बलियो रहेको बताउँदै उपाधि जित्ने दाबी गरे ।

‘हामीले राम्रो अभ्यास गरिरहेका छौं । टोलीमा हरेक खेलाडीको लक्ष्य एउटै छ, उपाधि जित्ने,’ सोमपालले भने, ‘सुर्खेतमा जाँदा समर्थकले पनि जितेर आउनु भन्नु भएको थियो । हामी उपाधि जित्दै उहाँहरुलाई खुसी बनाउन चहान्छौं । टोली सन्तुलित भएकाले त्यो सम्भव पनि छ ।’

राष्ट्रिय टोलीका पूर्व कप्तान एवं नेपाल ‘ए’का प्रशिक्षक ज्ञानेन्द्र मल्ललाई मुख्य प्रशिक्षक तथा क्रिकेट निर्देशकको भूमिकामा पाउनु टोलीको लागि सबभन्दा फाइदाजनक कुरा भएको सोमपालको भनाई थियो ।

‘हाम्रो टिमको सबभन्दा बलियो पक्ष भनेको ज्ञानेन्द्र दाइ हो । उहाँको अनुभव, क्रिकेट ज्ञान र क्षमताले हामीलाई सफलताको बाटोमा डोर्याउनेछ,’ कमजोर पक्ष के हो नी भन्दा उनको उत्तर थियो, ‘हाम्रो टिममा केही कमजोरी छ जस्तो नै लाग्दैन ।’


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DEEPAK lAMA, Member Secretary, Bagmati Province Sports Council
Kathmandu Gurkhasका Iconic खेलाडी Krish Karki भन्छन्ः सिनियर दाइहरुसँग धेरै कुरा सिकिरहेको छु
Shahab aalam भन्छन्ः @Kathmandu9898Kathmandu Gurkhasमा कुनै कमजोरी नै छैन । उपाधि हाम्रै हो
KHELADI TALKS WITH AJAY PHUYAL II Gyanendra Malla Head Coach , @KarnaliYaks
तयारी राम्रो भइरहेको छ Shikhar Dhawan 13 गते आइपुग्छन् , उपाधि जित्छौं : RAJU BASNYAT Karnali Yaks
टिभीमा हेरेको दाइहरुसँग @KarnaliYaks को ड्रेसिङ रुम सेयर गर्न पाउँदा गौरव लागिरहेछ : BIPIN SHARMA
नेटमा भए पनि Shikhar Dhawan को विकेट लिन्छु : NANDAN YADAV PLAYER @KarnaliYaks @OfficialNPLT20