दिल्लीका लागि पृथ्वी र धवनको उच्च प्रदर्शन

दुबई, (खेलाडी)- इन्डियन प्रिमियर लिग (आइपिएल) को खेलमा शुक्रबार शीर्ष टोली दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेङलोरलाई एक सय ६५ रनको लक्ष्य दिएको छ । 

टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीका लागि ओपनिङ जोडी पृथ्वी शाँ र शिखर धवनले पहिलो विकेटका लागि ८८ रनको साझेदारी गरेपछि टोली निर्धारित २० ओभरमा पाँच किवेट गमुाउँदै एक सय ६४ रनको योगफल बनाउन सफल भएको थियो । 

३१ बल खेलेका पृथ्वीले चार चौका र दुई छक्कासहित ४८ रनको योगदान गर्दा धवनले ३५ बलमा तीन चौकार दुई छक्कासहित ४३ रन बनाए । 

दिल्लीका लागि शिमरोन हेटमायरले २२ बलमा दुई चौका र दुई छक्कासहित २९ रन बनाए भने श्रेयर ऐरले १८ तथा कप्तान ऋषव पन्तले १० रनको योगदान गरे । 

आरसिबीका मोहम्मद सिराजले दुई विकेट लिँदा युजभेन्द्र चहल, हर्शल पटेल र डन क्रिस्टियनले एक/एक विकेट लिए ।  

१३ खेल खेलेको दिल्ली २० अंकका साथ अकतालिकाको शीर्ष स्थानमा रहँदा बेङलोर १६ अंकका साथ तेस्रो स्थानमा छ ।